पूर्वाञ्चल विश्वविद्यालयमा बीएलएलबी विद्यार्थीका माग सम्बोधन
जलसरोकार
काठमाडौं : लामो समयदेखि नेपाल विद्यार्थी संघ (नेवि संघ) ले उठाउँदै आएको पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतको कानून (बीएलएलबी) संकायसँग सम्बन्धित विभिन्न मागहरू आज औपचारिक सहमतिमा परिणत भएका छन्। मेनुका श्रेष्ठको संयोजकत्वमा बसेको वार्ता टोली र विश्वविद्यालय पक्षबीचको छलफलमा सहमति भएको हो ।
वार्तामा नेवि संघका केन्द्रीय सदस्य अभिनव सिंह राठौर, भातृ संगठनका प्रतिनिधि तथा स्वतन्त्र विद्यार्थी नेताहरूको सक्रिय सहभागिता रहेको थियो। सहमतिका मुख्य बुँदाहरू यसप्रकार छन् :
१) BLLB पाँचौं वर्षको Chance परीक्षा रिक्त रहेको डिन पद पूर्ति भएपछि यही शैक्षिक सत्रदेखि सञ्चालन गरिनेछ। यसमा 2019 मा भर्ना भैई 2081 मा पाचौं वर्षको परिक्षा दिने विधार्थिहरुले समावेश हुन पाउने गरि विश्वविद्यालयमा सिफारिस गर्ने साथै, अन्य सबै वर्ष/सत्रहरूमा पनि यस्तो व्यवस्था लागू गर्ने तयारी गरिनेछ।
२) कोभिड–१९ का कारण पाँच वर्षे BLLB कार्यक्रमलाई सात वर्ष पुर्याइएको अवधिलाई पुनः संशोधन गर्दै, विद्यार्थीले पाँच वर्षमै अध्ययन सम्पन्न गर्न मिल्ने व्यवस्था गरिनेछ।
३ ) BLLB चौथो वर्षको नतिजा बार परीक्षा अगावै सार्वजनिक गरिनेछ, जसबाट विद्यार्थीहरूलाई समयमै तयारी गर्ने अवसर मिल्नेछ।
४) Retotaling (पुनः गणना) को नतिजा ३० दिनभित्र प्रकाशित गरिनेछ, जसले नतिजामा पारदर्शिता र समयसीमा सुनिश्चित गर्नेछ।
५) परीक्षाका प्रश्नपत्रहरू नेपाली र अंग्रेजी दुवै भाषामा तयार पार्नका लागि पूर्वाञ्चल प्राज्ञिक परिषद्मा औपचारिक पहल गरिनेछ।
नेवि संघका केन्द्रीय सदस्य अभिनव सिंह राठौरले भने, “वर्षौँदेखिको हाम्रो निरन्तर प्रयास आज साकार भएको छ। विद्यार्थीको हकहितका लागि लड्ने हाम्रो अठोट झन् बलियो बनेको छ।” उनले यस अभियानमा साथ दिने अध्यक्ष दुजाङ शेर्पा, नेवि संघ इकाई, क्याम्पस परिवार, पूर्वाञ्चल विश्वविद्यालयका पदाधिकारी तथा नेता–कार्यकर्ताहरूलाई विशेष धन्यवाद ज्ञापन गरे।
उनले थपे, “नेवि संघले विद्यार्थीका अधिकार र हितका पक्षमा गरेको संघर्षको यो एउटा अध्याय हो। आगामी दिनमा पनि विद्यार्थीका आवाज बुलन्द पार्न हामी अझ दृढ भएर लाग्नेछौँ ।



लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
काठमाडौं उपत्यकामा एलपी ग्यास अभावको हल्ला निराधार, आपूर्ति पर्याप्त रहेको निगमको प्रष्टीकरण
-
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले पहाड-हिमालमा वर्षा र हिमपातको सम्भावना
-
सेयर बजारमा सामान्य सुधार, कारोबार साढे आठ अर्ब नाघ्यो
-
कञ्चनपुरका सीमसार क्षेत्रको अस्तित्व सङ्कटमा
-
कर्णालीमै पहिलो पटक १३२ केभी प्रसारण लाइन चार्ज, कोहलपुर–सुर्खेत–दैलेख लाइन सञ्चालनमा
-
दमौली २२० केभी प्रसारण लाइनका लागि जग्गा प्राप्ति प्रक्रिया अघि बढ्यो, प्रभावितलाई दाबी–प्रमाण पेश गर्न आग्रह