एकैदिन सुन तोलामा ८ हजार ३०० रुपैयाँ सस्तियो, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
जलसरोकार
काठमाडौं : नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एकैदिन प्रतितोला ८ हजार ३०० रुपैयाँले घटेको हो ।
मूल्यमा आएको गिरावटसँगै आइतबार सुनको भाउ प्रतितोला २ लाख ७२ हजार रुपैयाँ कायम भएको छ । गत शुक्रबार सुन प्रतितोला २ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । दुई कारोबार दिनको मूल्य तुलना गर्दा सुनको भाउमा उल्लेख्य गिरावट देखिएको हो ।
त्यस्तै, चाँदीको मूल्यमा पनि ठूलो गिरावट आएको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १७५ रुपैयाँले घटेर ३ हजार ६५० रुपैयाँ कायम भएको छ । गत शुक्रबार चाँदी प्रतितोला ३ हजार ८२५ रुपैयाँमा किनबेच भएको थियो ।
पछिल्लो मूल्य घटाइसँगै सुन र चाँदी दुवैको बजार भाउमा उल्लेख्य कमी आएको छ । आइतबार सुन प्रतितोला ८ हजार ३०० रुपैयाँ र चाँदी १७५ रुपैयाँले सस्तिएका हुन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
३० करोडको लगानीमा खेतखेतमा बिजुली, डिजेलको महँगो सिँचाइबाट किसानलाई मुक्ति
-
विद्युतीय गाडी आयातले चम्कियो कोरलानाका, १५ दिनमै भित्रिए २ हजारबढी ईभी
-
नहर बन्यो, पानी आएन : भारतीय अवरोधले पाँच हजार हेक्टर जमिन बाँझै
-
एकैदिन सुन तोलामा ८ हजार ३०० रुपैयाँ सस्तियो, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
सिक्टामा २७ ठेक्का आह्वान, १४ वटाको सम्झौता; १३ अझै बाँकी
-
नेपालको जलवायु विपद् अन्तर्राष्ट्रियकरण गर्दै ऊर्जामन्त्री श्रेष्ठ, हिमाली उत्थानशीलताका लागि विश्वसँग सहकार्यको आह्वान