देशभर ६७.३ प्रतिशत रोपाइँ सकियो
जलसरोकार
काठमाडौं - हालसम्म देशभर ६७.३ प्रतिशत रोपाइँ सकिएको छ । अहिलेसम्म नौ लाख ४० हजार पाँच सय हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ । कोशी प्रदेशमा ६१.७, मधेस प्रदेशमा ६१.५, बागमती प्रदेशमा ६९.२, गण्डकी प्रदेशमा ७५, लुम्बिनी प्रदेशमा ६६.७, कर्णाली प्रदेशमा ७८ र सुदूरपश्चिम प्रदेशमा ८६ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले जानकारी दिए । यो हप्ता पानी परेकाले गत हप्ताको भन्दा बढी क्षेत्रफलमा रोपाइँ भएको हो । असारको तेस्रो हप्तासम्म पनि देशभर राम्रोसँग वर्षा नभएकाले धेरै ठाउँमा रोपाइँ हुन सकेको थिएन । चौथो हप्तापछि वर्षा निरन्तर भएको थियो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
गलत काम गर्नेमाथि कारबाही नहुँदा दण्डहीनता बढ्ने चिन्ता बढेको छ : अध्यक्ष ढकाल
-
भारतबाट ६५४ मेगावाट विद्युत आयात अनुमति नवीकरण
-
शीतलहरले दाउन्ने खण्ड अझै असहज, तीन दिनदेखि नारायणगढ–बुटवल सडकमा सवारी जाम
-
हितेन्द्रदेव शाक्यले कराउँदै आएको ब्याट्री स्टोरेज र पम्प स्टोरेज के हो ?
-
आज सुनको मुल्य २ लाख ६१ हजार रुपैयाँ
-
अवरुद्ध पूर्व–पश्चिम राजमार्ग २४ घण्टापछि सञ्चालन