बैतडीमा ६४ प्रतिशत रोपाइँ सम्पन्न
जलसरोकार
बैतडी – बैतडीमा रोपाइँ आधाभन्दा बढी भइसकेको छ। कृषि ज्ञान केन्द्र बैतडीका सूचना अधिकारी मिलन कँडेलका अनुसार जिल्लामा ६४ प्रतिशत रोपाइँ सकिएको हो। तर समयमै वर्षा नहुँदा यो वर्ष रोपाइँ गर्न ढिलाइ भएको छ। गत वर्ष असार मध्यसम्म ८५ प्रतिशत धान रोपाइँ भइसकेको बैतडीमा यो वर्ष वर्षा नहुँदा ६४ प्रतिशतमात्रै रोपाइँ भएको छ।
उनले भने, “यो वर्ष समयमा पानी नपर्दा सिँचाइ सुविधा भएका ठाउँमा मात्रै रोपाइँ भएको छ। आकाशे पानीको भरमा रोपाइँ गर्ने ठाउँमा अझै रोपाइँ हुन बाँकी छ।” बैतडीमा जेठको अन्तिम सातादेखि रोपाइँ गर्न थालिएको र असारभित्रै रोपाइँ सक्ने भए पनि यो वर्ष वर्षा नहुँदा समस्या भएको हो।
बैतडीमा पछिल्लो समय धानखेती हुने जमिनसमेत घट्दै गएको छ। पछिल्लो कृषि गणनाको तथ्यांकअनुसार बैतडीमा ५ हजार २२५ हेक्टर जमिनमा मात्रै धानखेती हुने गरेको छ। ९ हजार हेक्टर जमिनमा धानखेती हुँदै आएको बैतडीमा रोपाइँ हुने क्षेत्रफल घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ। धानखेती हुने क्षेत्रमध्ये ४० प्रतिशतमा मात्रै सिँचाइ सुविधा उपलब्ध छ।
सिँचाइ सुविधा नभएका ठाउँमा आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने बाध्यता रहेको दोगडाकेदार-३ श्रीकोटका प्रेमसिंह धामीले बताए। उनले भने, “सिँचाइ सुविधा छैन, आकाशे पानीको भरमै रोपाइँ गर्नुपर्छ।”
जिल्लाको पाटन नगरपालिका क्षेत्रको पाटन सेरा, डिलाशैनीको गोकुलेश्वर क्षेत्र, सिगासको ढुंगाड क्षेत्र, मेलौलीको सलेना, पञ्चेश्वरको महाकालीसँग जोडिएको क्षेत्र, दशरथचन्द नगरपालिकाको महाकालीसँग जोडिएको क्षेत्र, सुर्नयाको सुर्नया नदीसँग जोडिएको क्षेत्रलाई धान पकेट क्षेत्रका रुपमा लिने गरिएको छ। यहाँ जेठ १५ गतेदेखि असार मसान्तसम्म रोपाइँका लागि उत्तम समय मानिन्छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
माथिल्लो त्रिशूली-३ 'ए' मा उद्धारको महत्वपूर्ण प्रगति, ४० मिटर अपस्ट्रिमबाट ७ मिटर तल सुरुङको मुख भेटियो
-
त्रिशूली थ्री–ए उद्धारमा चुनौती, चट्टान भेटिएपछि कर्मचारीको अवस्थाप्रति चिन्ता बढ्दै
-
भोटेकोशी बाढी : त्रिशूली– थ्री 'बी' जलविद्युत्को सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली
-
भोटेकोशी बाढीले जलविद्युत् आयोजनामा ठूलो मानवीय संकट, अझै ८९८ जना सम्पर्कविहीन
-
सुन र चाँदीको मूल्यमा भारी गिरावट,आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
भोटेकोशी बाढीपछि खोज र उद्धारलाई उच्च प्राथमिकता दिएका छौँ : मन्त्री श्रेष्ठ