आर्थिक वर्षको पहिलो त्रैमासमा मेची भन्सारको उल्लेखनीय राजस्व वृद्धि
जलसरोकार
काठमाडौं: मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक अवधिमा राजस्व असुलीको लक्ष्यको ९५ प्रतिशत प्राप्त गरेको छ । पूर्वी नाका काँकडभिट्टास्थित भन्सार कार्यालयले साउन, भदौ र असोज महिनामा कुल चार अर्ब ३६ करोड २८ लाख ५५ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । उक्त अवधिमा कार्यालयले चार अर्ब १५ करोड २० लाख आठ हजार रुपैयाँ राजस्व असुली गर्न सफल भएको सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिए ।
उनका अनुसार सबैभन्दा बढी राजस्व आयातित वस्तुको भन्सार महसुलतर्फबाट आएको छ। सो शीर्षकमा एक अर्ब ८० करोड ५३ लाख ७९ हजार ५४९ रुपैयाँ असुली भएको छ। त्यसपछि आयातित सामानको मूल्य अभिवृद्धि करतर्फ एक अर्ब ४९ करोड २३ लाख ६४ हजार ३९३, सडक मर्मत तथा सुधार दस्तुरतर्फ १३ करोड १७ लाख १२ हजार, आयात अन्तःशुल्कतर्फ ११ करोड तीन लाख ५९ हजार ९३, निर्यात भन्सार महसुलतर्फ १० करोड ६२ लाख १० हजार १२४ र पूर्वाधार करतर्फ ३९ करोड ५३ लाख ६० हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।
जेनजी आन्दोलनको असरका बीच पनि भन्सारले असोज महिनामा राजस्व लक्ष्यभन्दा बढी असुली गरेको छ । असोज महिनाको लक्ष्य एक अर्ब ५० करोड ४९ लाख २४ हजार रुपैयाँ रहेकोमा भन्सारले एक अर्ब ५२ करोड २४ लाख ९० हजार रुपैयाँ राजस्व संकलन गरी लक्ष्यको १०१ प्रतिशत प्राप्त गर्न सफल भएको छ ।
भन्सार कार्यालयका अनुसार राजस्व असुलीमा निरन्तर सुधार देखिएको छ र आगामी महिनाहरूमा पूर्ण लक्ष्य हासिल गर्ने अपेक्षा गरिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्ज नाकाबाट विद्युतीय सवारी आयात १४४ प्रतिशतले बढ्यो, १० महिनामै चार अर्बभन्दा बढीको कारोबार
-
प्रतिनिधिसभामा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
सानिगाड हाइड्रोको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला
-
देशका विभिन्न भूभागमा मौसम बदली र केही स्थानमा वर्षाको सम्भावना
-
जीडीपीको अनुपातमा बजेट सानो, विद्युत् पूर्वाधार विस्तारका लागि कर आवश्यक : अर्थमन्त्री वाग्ले
-
विद्युत् प्रणाली अपग्रेड नगरी विद्युतीय युग सम्भव छैन : प्रधानमन्त्री शाह