तोलामा ३ सय रुपैयाँले बढ्यो सुन, हेर्नुहोस् आजको मुल्य कति ?
जलसरोकार
काठमाडौं: सुनको मूल्य सोमबार तोलामा ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख ५३ हजार ५ सय रुपैयाँ कायम गरिएको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ५३ हजार २ सय रुपैयाँ थियो ।
यस्तै, चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेको छ। अघिल्लो दिन प्रतितोला ३ हजार २७५ रुपैयाँ रहेको चाँदी सोमबार ३ हजार २८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।
हाल अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढावसँगै स्थानीय बजारमा पनि मूल्य क्रमशः बढ्ने क्रममा रहेको व्यवसायीहरूले बताएका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य