तोलामा ३ सय रुपैयाँले बढ्यो सुन, हेर्नुहोस् आजको मुल्य कति ?
जलसरोकार
काठमाडौं: सुनको मूल्य सोमबार तोलामा ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख ५३ हजार ५ सय रुपैयाँ कायम गरिएको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ५३ हजार २ सय रुपैयाँ थियो ।
यस्तै, चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेको छ। अघिल्लो दिन प्रतितोला ३ हजार २७५ रुपैयाँ रहेको चाँदी सोमबार ३ हजार २८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।
हाल अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढावसँगै स्थानीय बजारमा पनि मूल्य क्रमशः बढ्ने क्रममा रहेको व्यवसायीहरूले बताएका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विद्युत प्राधिकरण र काठमाडौं महानगरपालिकाको समन्वयमा विद्युतीय तार भूमिगत काम अगाडि बढाइने
-
लगातार पाँचौं दिन पनि घट्यो सेयर बजार, २३.५० अंकले घट्यो नेप्से
-
अपर म्याग्दी जलविद्युत् आयोजनाको क्षमता बढेर ४६.२५ मेगावाट पुग्यो
-
सरकार–निजी क्षेत्र सँगै नहिँडे अर्थतन्त्रले गति लिँदैन : अध्यक्ष ढकाल
-
बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत् मर्मतपछि सञ्चालनमा
-
पश्चिमी वायुको आंशिक प्रभाव, देशभर आंशिक बदली