कीर्तिपुर क्रिकेट मैदानमा फ्लडलाइटका ६ वटै टावर ठड्याइए
जलसरोकार
काठमाडौं: त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसर, कीर्तिपुरमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानमा फ्लडलाइटका सबै ६ वटै टावर ठड्याउने काम सम्पन्न गरिएको छ । फ्लडलाइट निर्माण व्यवसायीले आइतबार एकैदिन दुईवटा पोल उठाएपछि कुल ६ वटा पोल ठड्याउने काम पूरा भएको हो ।
रंगशालामा ४५ मिटर र ६० मिटर उचाइका गरी ३०÷३० टनका हाइमास्ट लाइट जडान गरिएका छन्। पोल नम्बर १, ४, ५ र ६ मा फ्लडलाइट आंशिक रूपमा जडान भइसकेको छ भने बाँकी दुई पोलमा अब लाइट जडानको काम सुरु हुने आयोजना प्रमुख चक्रवर्ती कण्ठले जानकारी दिए ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले गत २३ असोजमा रंगशालाको निर्माण प्रगति अनुगमन गर्नुभएको थियो। दुवै निर्माण व्यवसायीले नेपाल प्रिमियर लिग (एनपिएल) सुरू हुनु अगावै प्यारापेट र फ्लडलाइट जडान पूरा गर्ने प्रतिबद्धता जनाएका थिए । हाल प्यारापेट निर्माण कार्य पूरा भइसकेको छ। एनपिएल आगामी १ मंसिरदेखि सुरु हुने तय भएको छ ।
यससँगै सरकारले रंगशालाको गुरुयोजना स्वीकृत गर्दै यस आयोजनालाई राष्ट्रिय प्राथमिकता परियोजना घोषणा गरेको छ । मन्त्रिपरिषद्को ३० असोजको बैठकले शहरी विकास मन्त्रालयको प्रस्तावमा गुरुयोजना स्वीकृत गर्दै करिब १० अर्ब रुपैयाँको बजेट सुनिश्चित गरेर दोस्रो चरणको निर्माण अघि बढाउने निर्णय गरेको हो ।
कीर्तिपुरस्थित यो रंगशाला पूर्ण रूपमा सम्पन्न भएपछि नेपालमा अन्तर्राष्ट्रिय मापदण्डको खेलकुद आयोजना गर्न सक्ने क्षमतायुक्त मुख्य खेलस्थलका रूपमा विकसित हुने अपेक्षा गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई आउन आग्रह, सहकार्य गर्न प्राधिकरण तयार : कार्यकारी निर्देशक श्रेष्ठ
-
नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, परिसूचक ७९ अंकभन्दा बढीले उकालो
-
ऊर्जा सुरक्षाका लागि निजी क्षेत्रसँगको सहकार्य अझ सुदृढ बनाइन्छ : महानिर्देशक श्रेष्ठ
-
४९७.६ मेगावाटका २० जलविद्युत् र १३ मेगावाटका दुई सौर्य आयोजना सम्मानित (सूचीसहित)
-
राष्ट्रिय विद्युत् प्रणालीमा योगदान पुर्याएको भन्दै मादमेखोला जलविद्युत् आयोजना सम्मानित
-
राष्ट्र बैंकलाई थप स्वायत्त र प्रविधिमैत्री बनाउन ऐन संशोधन आवश्यक : अर्थमन्त्री वाग्ले