जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

६० दिन बन्द रहेको सुनकोसी मरिन डाइभर्सन आयोजनाको काम पुनः सुरु

जलसरोकार
शनिबार, फागुन १२, २०८० | १६:२३:०० बजे

 

काठमाडौं– रुपान्तरणकारी सिँचाई आयोजनाको रुपमा लिइएको सुनकोसी मरिन डाइभर्सन आयोजनाको सुरुङ खन्ने काम पुनः सुचारु भएको छ । कमजोर भौगर्भिक अवस्थाका कारण सुख्खा पहिरो र पानी खस्ने समस्याले ६० दिनदेखि अवरुद्ध सुरुङको काम पुनः सुरु भएको हो । १०.५४४ किमिमा समस्या आइएपछि बिहीबार रातिदेखि काम सुचारु गरिएको परियोजना निर्देशक मित्र बरालले जलसरोकारलाई जानकारी दिए ।

सुरुङमा आएको समस्या समाधान गरी १०.५४४ मिटरबाट टनेल बोरिङ मेसिन (टिबिएम) ले सामान्यरूपमा काम सुरु गरिएको हो । ‘महाभारत श्रृङ्खलाकोे जटिल एवं प्रतिकुल भौगर्भिक अवस्थाले गर्दा समस्या आएपछि २ महिना रोकिएको काम बिहीबार रातिदेखि सुचारु भएको छ,’ उनले भने, ‘सुख्खा पहिरो र पानी चुहिने समस्या आएपछि टिबिएम बन्द गरिएको थियो अस्तिदेखि पुन सुरु भएको छ ।’

महाभारत श्रृङखलाको जटिल एवं प्रतिकूल भौगर्भिक अवस्था, सोही अवस्थामा भूमिगत पानीको संयोजनले समस्या थप जटिलता उन्मुख रहेको  परियाेजनाकाे टिबिएम बनाउने कम्पनी रोबिन्स अमेरिकनका विज्ञ प्रतिनिधि, स्मेक अष्ट्रेलियाका विज्ञ प्रतिनिधि, कोभेक चाइनाका विज्ञका विज्ञहरु तथा आयोजना स्थलमा रहेका स्वदेशी एवं विदेशी विज्ञहरुको संयुक्त अध्ययन, सुझाव तथा निष्कर्ष  निकालेर परियाेजनाकाे काम सुरू गरिएकाे बरालले जनाए ।
 

सुनकोशी मरिन डाइभर्सन आयोजना टीबीएम प्रयोग भएको दोस्रो आयोजना हो । यसअघि टिबिएमबाट टनेल खन्ने काम भेरी बबईमा भइसकेकाे छ । सुनकोशी मरिन डाइभर्सन आयोजनाको मुख्य उद्देश्य बागमतीमा पानी थप गर्ने हो ।

सुनकोशी मरिन डाइभर्सन आयोजनाले एक लाख २२ हजार हेक्टर क्षमतालाई पानी पुग्ने गरी व्यारेज निर्माण गर्नेछ । यसमा पूर्वी र पश्चिमी नहरका केही भागहरु निर्मित छन् । यसमा ६७ क्यू मेक पानी १३.३ किमि सुरुङ मार्फत मरिन हुँदै बागमतीमा भरेर त्यसबाट जलविद्युत् निकालेर सिँचाई गर्ने योजना आयोजनाको छ । यस आयोजना २०७६ देखि प्रभावकारी कार्यन्वयनमा गएको र लक्ष्य अनुसार २०८४ सालको असोजसम्म सम्पन्न गर्ने गरी सुरुङ निर्माण दु्रत गतिमा निर्माण भइरहेको छ । सुरुङ खन्ने कार्य १६ महिनमा १३.३ किमि सुरुङ मध्ये १०.५४४ किमि सुरुङ खनिसकिएको छ । आयोजनाको पहिलो प्याकेजअन्र्तगत टीबीएमबाट टनेल खन्ने कार्य र दोस्रो प्याकेज अन्तर्गत ब्यारेज, विद्युत गृह लगायतका छन् ।

 

प्रकाशित मिति : शनिबार, फागुन १२, २०८० | १६:२३:०० बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया