केपी ओली जस्तो जालीझेली, फटाहा मान्छे प्रधानमन्त्री भएपछि देशले सुख पाउँछ त ? : प्रचण्ड
जलसरोकार
काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले जस्तो जालीझेली र ढाँटछल अरु कसैले गर्न नसक्ने बताएका छन् ।
म्याग्दीको बेनीमा आयोजित खबरदारीसभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री तथा अध्यक्ष प्रचण्डले ओली संविधानविपरीत प्रधानमन्त्री बनेको आरोप लगाए ।
आफूले प्रतिनिधिसभामा विश्वासको मत नपाएपछि ठूलो दलको हैसियतले कांग्रेस सभापति प्रधानमन्त्री बन्नुपर्नेमा संविधान मिचेर ओलीलाई बनाइएको प्रचण्डले दाबी गरे ।
उनले भने, ‘यो गठबन्धन बनाउने बेलामा एमालेको नेता, जो अहिले प्रधानमन्त्री हुनुहुन्छ । उहाँले यति धेरै ढाँटछल, जालझेल गर्नुभयो । मलाई त गर्नसम्म गर्नुभयो । तपाईंहरुले सुन्नुभएकै छ स्वर्ग र नर्कको कुरा । उहाँ हस्ताक्षर गरेर आएर गरेकै छैन भन्ने, यस्तो जालीझेली, यस्तो फटाहा मान्छे प्रधानमन्त्री भएपछि देशले सुख पाउँछ त ? देशको लागि यो भन्दा ठूलो दुर्भाग्य के होला ।’
प्रचण्डले बाहिर कांग्रेस र एमाले मिलेर सरकार बनाए पनि बिचौलिया र दलालहरुले बनाएको आरोप लगाए ।
उनले भ्रष्टाचारविरुद्धको अभियान चलाएपछि कांग्रेस–एमालेका ठूला नेताहरु पर्ने देखेपछि रातारात मिलेको दाबी गरे
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित स्थानीयवासीले मागे मुआब्जा
-
राहुघाट जलविद्युत् आयोजनाको काम ९० प्रतिशत सकियो, मार्चमा परीक्षण उत्पादनको तयारी
-
ठेक्का तोडिएका सडक–पुल योजनामा तत्काल नयाँ टेण्डर प्रक्रिया अघि बढाउन मन्त्री घिसिङको निर्देशन
-
देशभर आंशिक बदली, तराई र उपत्यकामा हुस्सु/कुहिरो
-
स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड
-
निःशुल्क सेयर र अवैध रकम मागले ऊर्जा क्षेत्रमा निजी लगानीलाई जोखिम