१३२ केभीबाट पहिलोपटक उत्तर प्रदेश जोडिएको प्रसारण लाइन के हो ?
जलसरोकार
काठमाडौं :भारतको उत्तर प्रदेशसँग हिजोबाट १३२ किलोभोल्ट (केभी) को प्रसारण लाइन जोडियो । नेपाल भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन आएका भारतीय विदेश मन्त्री एस जयशंकर र नेपालका परराष्ट्र मन्त्री नारायणप्रसाद साउदले हिजो पुस १९ गते संयुक्त रुपमा उद्घाटन गरे ।
डब्बल सर्किटको यो प्रसारण लाइन सञ्चालनमा आएसँगै अब नेपालले यही लाइनबाट २ सय मेगावाटसम्म बिजुली निर्यात गर्न सक्छ भने हिउँदयाममा आवश्यक परेको बेला त्यति नै परिमाणको बिजुली आयात गर्न सक्छ ।
अन्तर्देशीय सीमापार विद्युत् प्रसारण लाइन निर्माण गर्दै जाने नेपाल र भारत सरकारको नीति अनुरुप यो आयोजना निर्माण गर्नेसम्बन्धी निर्णय दुवै देशका ऊर्जा सचिवस्तरीय बैठक संयुक्त सञ्चालन समितिले गरेको थियो । सन् २०१९ को जनवरी २४ मा नेपालको पोखरामा भएको ऊर्जा सचिव स्तरीय (जेएससी) को नेपालतर्फ मैनहिया र भारततर्फ न्यू नौतनवासम्म निर्माण गर्ने निर्णय भएको थियो ।
यो आयोजनामा नेपाल सरकारको लगानी छ । यसको लागत एक अर्ब १६ करोड १३ लाख रुपैयाँ रहेको प्राधिकरणले जनाएको छ । यो आयोजना २०७५÷७६ मा निर्माण सुरु भई २०७९÷८० (गत जेठ १३ गते) मा निर्माण सम्पन्न भएको हो ।
रुपन्देही जिल्लाको सियारी गाउँपालिकस्थित मैनहिया भन्ने ठाउँमा १३२÷२२÷११ केभीको सवस्टेशन बनाइएको छ । नेपालतर्फ रुपन्देही जिल्लाकै मर्चवार गाउापालिकास्थित श्रीरामपुरसम्म २८ किलोमिटर लामो यो प्रसारण लाइनमा ९६ वटा टावर छन् । यसमध्ये ३९ वटा एंगल टावर र ५७ वटा सस्पेन्स टावर छन् ।
यो सहित १३२ केभीका निर्माण सम्पन्न तथा चालू रहेका प्रसारण लाइनहरुमा कटैया–कुशाहा, रक्सौल–परवानीपुर, गण्डक–रामनगर, टनकपुर–महेन्द्रनगर, नेपालगञ्ज–नानपारा छन् । यी १३२ केभीमा जम्मा ११ सर्किट छन् । प्रत्येक सर्किटले सय मेगावाट बिजुली प्रवाह गर्न सक्छ । यसअनुसार यी १३२ केभीका प्रसारण लाइनबाट अब नेपालले ११ सय मेगावाट बिजुली निर्यात तथा आयात गर्न सक्ने भएको छ ।
यसैगरी दुई देशबीच सीमापार अन्तर्देशीय प्रसारण लाइनको सबैभन्दा ठूलो ४०० केभीको ढल्केबर–मुजफ्फपुरबाट पनि कारोबार हुँदै आएको छ । यसको प्राविधिक क्षमता २ हजार मेगावाट भए पनि हाल ‘एन माइनस वान’ अन्तर्गत ८ सय मेगावाट कायम गरिएको छ ।
‘एन माइनस वान’ भनेको एउटा बिग्रे अर्काेले काम गर्ने बन्दोबस्ती हो । तर ‘एन माइनस वान’ गरे पनि ढल्केबर–मुजफ्फपुरको क्षमता १२ सय मेगावाट हुनेछ । नेपालको आन्तरिक प्रसारण लाइन निर्माण सम्पन्न भई १२ सय मेगावाटको बिजुली प्रवाह गर्न सक्ने क्षमता आर्जन गरिसकेपछि ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनको पनि क्षमता थप गरिने सहमति यसअघि प्राविधिक सहसचिवस्तरीय बैठकमा भइसकेको छ ।
ढल्के र अन्य १३२ केभीसमेत गरी नेपालको सीमापार विद्युुत् प्रसारण क्षमता २३ सय मेगावाट पुगेको छ ।

[

लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
आज पनि तराईका केही जिल्लामा तातो हावाको चेतावनी, देशभर वर्षाको सम्भावना
-
प्राधिकरण टुक्र्याउने प्रस्तावविरुद्ध एकजुट भए पाँच कर्मचारी संगठन
-
पश्चिम नेपालका २,५०० मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोड्न २० अर्बको वेस्ट सेती प्रसारण लाइन अघि बढ्यो
-
विद्युत्मा ५ प्रतिशत कर त लाग्छ, तर उपभोक्तालाई असर नपर्ने गरी समायोजन गर्न खाेज्दैछाैं : अर्थमन्त्री वाग्ले
-
५० युनिटमाथिको विद्युत् उपभोगमा भ्याट लगाउने निर्णयप्रति कुलमान घिसिङको आपत्ति
-
भोजपुरको लुङ्गिनमा पुगे राष्ट्रिय प्रसारण लाइनको विद्युत्