वर्षातपछि मेलम्चीको पानी काठमाडौँ ल्याइयो, दैनिक १७ करोड लिटर आपूर्ति सुरु
जलसरोकार
काठमाडौं: वर्षातका कारण बन्द रहेको मेलम्ची खानेपानी पुनः काठमाडौँमा ल्याइएको छ । मेलम्ची नदीमा आएको बाढी–पहिरोले आयोजना क्षतिग्रस्त भएपछि गत वर्ष असार १० गतेबाट पानी आपूर्ति रोकिएको थियो ।
मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगरनाथ दासका अनुसार, वर्षातले क्षति पुगेको स्थान मर्मत गरी अहिले दैनिक १७ करोड लिटरभन्दा बढी पानी सुन्दरीजलमा सङ्कलन भइरहेको छ ।
काठमाडौँ उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग रहेको छ भने मेलम्ची बन्द हुँदा विभिन्न स्रोतबाट मात्र १३–१४ करोड लिटर पानी आपूर्ति भइरहेको थियो ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का कार्यकारी निर्देशक अशोककुमार पौडेलले बताए अनुसार, मेलम्चीबाट दैनिक १७ करोड लिटरभन्दा बढी पानी आएपछि वितरण प्रक्रिया सुरु गरिएको छ । विगतमा ६ दिनमा एक दिन मात्र पानी आउने व्यवस्था अहिले सुधारिएर प्रत्येक घरमा ३–३ दिनको फरकमा पानी उपलब्ध हुने भएको छ ।
विसं २०७८ असार १ गतेको बाढी–पहिरोले आयोजनाको हेडवक्र्स पूर्णरूपले क्षतिग्रस्त भएपछि त्यसयता हिउँदमा मात्र पानी वितरण हुँदै आएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता
-
आज देशभर बदली, छ प्रदेशमा वर्षा र हिमपातको सम्भावना
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग
-
विकास हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने
-
दुई महिनामै सरकारको खर्च दुई खर्ब, आम्दानीभन्दा खर्च १० अर्ब बढी