कुलमान घिसिङ सुनको मूल्य सेयर बजार दीपक खड्का नबिल बैंक ग्लोबल आइएमई बैंक सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की मेलम्चीको पानी बितरण नदी कटान रोकथाम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

भोटेकोशी पावर कम्पनीले जेन जी समूहलाई १० प्रतिशत शेयर बेच्ने

जलसरोकार
सोमबार, असोज २७, २०८२ | १३:५०:५६ बजे

 

सिन्धुपाल्चोक : अन्ततः भोटेकोशी पावर कम्पनी प्रा.लि.ले प्रतिकित्ता एक सय रुपैयाँमा १० प्रतिशत शेयर दिन मञ्जुर भएको छ । 
भाटेकोसी पावर कम्पनी र भोटेकोशीका स्थानीय वासिन्दाहरुको प्रतिनिधित्व गर्ने ‘भोटेकोशी जेनजी पब्लिक इन्भेष्टमेन्ट पब्लिक लिमिटेड’ बीच हिजो आइतबार ऊर्जा मन्त्रालयको अग्रसरतामा शेयर खरिदसम्बन्धी सम्झौता भएको हो ।
सम्झौता अनुसार भोटेकोशी पावर कम्पनीले प्रालि.ले आफ्नो शेयरमध्येबाट १० प्रतिशत शेयर आयोजनाको जलविद्युत् उत्पादन क्षेत्रका थानीय तहका प्रत्यक्ष प्रभावित स्थानीय जनता समेटी खडा भएको उक्त पब्लिक लिमिटेड कम्पनीलाई दिनेछ ।
उक्त १० प्रतिशत शेयर उक्त पब्लिक लिमिटेड कम्पनीले बैंकसँग कर्जा लिई लगानी गर्नेछ । यसका लागि भोटेकोशी पावर कम्पनी प्रा.लि. ले कर्जाको जमानी बसिदिने र उक्त कर्जा तथा ब्याज आगामी एक वर्षको लाभांश (१० प्रतिशत शेयरको) बाट तिरिदिने सम्झौता भएको छ ।
भोटेकोशी पावर कम्पनीले दिने १० प्रतिशत शेयरको लाभांशबाटै शेयरका लागि बैंकले दिएको ऋण र ब्याज भुक्तानी गर्न पुग्ने छ ।
सम्झौतामा उक्त लाभांशबाट बैंकको सावाँ र ब्याज फछ्र्याेट नभएमा भोटेकोशी पावर कम्पनीले बाँकी कर्जा बराबरको रकम सकार्ने उल्लेख छ । 
यसैगरी भोटेकोशी पावर कम्पनीले भोटेकोशी गाउँपालिकालाई सामाजिक उत्तरदायित्व बापत दिंदै आएको साविकको रकममा थप गरी वार्षिक रुपमा दुई करोड ५० लाख रुपैयाँ दिने पनि सहमति भयो ।
उक्त सम्झौतापछि अब उप्रान्त साविकमा विभिन्न शीर्षकमा दिंदै आएको रकम स्थानीयवासी वा उक्त इन्भेष्टमेन्ट कम्पनीलगयत कसैले पनि दाबी गर्न पाउने छैनन् । 
यसैगरी भोटेकोशी पावर कम्पनीको आयोजनामा  विभिन्न पक्षहरुबाट भविष्यमा आउन सक्ने मागहरु तथा समस्याहरुको समाधानका लागि जेन जीको कम्पनीको समेत पूर्ण साथ र सहयोग रहने सहमति भएको छ ।
आयोजनाले पावर प्लान्ट हिजैका मितिबाट सञ्चालन गर्ने सहमति पनि भएको छ । स्थानीय प्रभावितहरुलाई सहमतिको जानकारी दिई आयोजनाका कर्मचारीहरुको सुरक्षा समेत गरी शान्तिपूर्वक सञ्चालन गर्ने जिम्मेवारी जेन जी कम्पनीले लिने पनि सहमति भएको छ । 
भोटेकोशी पावर कम्पनीले जुरेको पहिरोमा परी ढलेका आफ्ना दुई टावर ठड्याउन खोज्दा तत्कालीन नेपाली कांग्रेस, एमाले, माओवादी लगायतका राजनीतिक दलका स्थानीय नेताहरुले करिब ११ अर्ब रुपैयाँ बराबरको शेयर सिंत्तैमा पाउनुपर्ने माग राखी उक्त ढलेका टावर उठाउन रोकेका थिए ।
पछि २०७१ पुस ९ गते ६ प्रतिशत शेयर दिने सहमति गरिएको थियो । हिजो भएको सहमतिमा साविकको ६ प्रतिशत शेयरमा ४ प्रतिशत थप गरी १० प्रतिशत पु¥याइएको हो ।
यसअघि गत भदौ २ गते जेन जी समूहका प्रतिनिधि र भोटेकोशी पावर कम्पनीबीच १० प्रतिशत शेयर निःशुल्क दिने सहमति भएको थियो । सिंत्तैमा शेयर दिंदा त्यसले मुलुकका अन्य जलविद्युत् आयोजना तथा कम्पनीहरुलाई पनि आन्दोलनका नाममा सिंत्तैमा शेयर दिनुपर्ने बाध्यता आइलाग्ने भन्दै ऊर्जा मन्त्रालयको रोहवरमा पैसा तिरेर (ऋण दिलाएर) किन्ने गरी सहमति गरिएको मन्त्रालयका एक अधिकारीले बताए । 
सहमति पत्रमा स्थानीय प्रतिनिधिहरू र कम्पनीका अधिकारीहरूले संयुक्त हस्ताक्षर गरेका छन्।

प्रकाशित मिति : सोमबार, असोज २७, २०८२ | १३:५०:५६ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया