जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

के हो डेडिकेटेड फिडर र ट्रंक लाइनमार्फत सप्लाई भएको बिजुली ?

जलसरोकार
बुधबार, साउन ३०, २०८१ | १४:३६:४१ बजे

नेपाल विद्युत् प्राधिकरण विद्युत् महसुल संकलन विनियमावली, २०७३ को विनियम २ को उपविनिमय (ग), (घ) र (ङ) मा निम्नानुसार व्यवस्था रहेको छ :
विनियम २ (ग) : ट्रंक  लाइन (Trunk Line)  भन्नाले प्राधिकरणको एक  सवस्टेशनबाट अर्काे सवस्टेनसम्म जोड्ने ३३ केभी वा सोभन्दा माथिको लाइनलाई सम्झनुपर्छ ।
विनियम २ (घ) : डेडिकेटेड फिडर (Dedicated Feeder)  भन्नाले नेविप्राको सवस्टेशनबाट ग्राहकको घर कम्पाउण्डसम्म विद्युत् आपूर्तिको लागि निर्माण गरिएको लाइनलाई बुझाउनेछ ।
विनियम २ (ङ) : डेडिकेटेड लाइन (Dedicated Line)  भन्नाले ग्राहक स्वयं वा अन्य निकायको स्रोबाट छुट्टै निर्माण भएको वितरण लाइनलाई बुझाउनेछ । 
डेडिकेटेड फिडर तथा ट्रंक लाइन
प्रणालीमा जडान भएका अन्य ग्राहकहरुबाट विद्युत् सप्लाईमा हुने Disturbance   तथा अनियमितताको अन्त्य गर्दै ठूला/महत्वपूर्ण ग्राहकहरुलाई उच्च गुणस्तर र Highly Reliable  सप्लाई प्रदान गर्नको लागि नै डेडिकेटेड फिडर तथा ट्रंक लाइनको अवधारणा आएको हो । 
डेडिकेटेड लाइन/फिडरबाट सप्लाई लिइरहेका ग्राहकहरुले अन्य साधारण फिडरबाट सप्लाई लिइरहेका ग्राहकहरुले भन्दा उच्च गुणस्तर (तोकिएको भोल्टेज), नियमित (Rare Tripping)  र भरपर्दाे विद्युत् सप्लाई लिइरहेका हुन्छन् ।
ट्रंक लाइनमा जडान भएका ग्राहकहरुले Switching Equipment  ग्राहकको हाताभित्र नै जडान हुने हुँदा सोको नियन्त्रण प्राधिकरणसँग हुँदैन ।
ट्रंक लाइनमा जडान भएका ग्राहकहरुले डेडिकेटेड फिडर/लाइनबाट सप्लाइ लिइरहेका ग्राहकहरुले भन्दा उच्च गुणस्र, नियमित र भरपर्दाे  विद्युत् सप्लाई पाइरहेका हुन्छन् । डेडिकेटेड लाइन/फिडरको मूल श्रोत नै ट्रंक लाइन हो । तसर्थ ट्रंक लाइनमा जडान भएका ग्राहकहरुलाई पनि डेडिकेटेड ग्राहकको महसुल दर अनुसारकै महसुल दर लगाइएको हो । 
डेडिकेटेड लाइनका ग्राहकहरुको विवरण
जम्मा डेडिकेटेड लाइनका ग्राहक संख्या : २३७
सरकारी अस्पताल, खानेपानीका ग्राहक संख्या : ५४ वटा
डेडिकेटेड महसुल भुक्तानी गरिरहेका ग्राहक संख्या : १७५ वटा
बाँकी बक्यौता भएकाा डेडिकेटेड ग्राहकहरु : ८ वटा
नेपाल विद्युत् प्राधिकरणलाई डेडिकेटेड फिडर बापतको भाडा बुझाइरहेका ग्राहकहरु :
१. रिलयान्स स्पीनिङ मिल्स
२. कसमस सिमेन्ट
३. सम्राट सिमेन्ट


 

ट्रंक लाइनबाट विद्युत् आपूर्ति लिइरहेका ग्राहकहरुको विवरण
जम्मा ट्रंक लाइनका ग्राहक संख्या : ८४
सरकारी अस्पताल, खानेपानीका ग्राहक संख्या : ५ वटा
डेडिकेटेड महसुल भुक्तानी गरिरहेका ग्राहक संख्या : ३० वटा
अन्य बाँकी बक्यौता भएका ग्राहकहरु :  ४९ वटा
ट्रंक लाइनमा जडान भई नियमित बि र किस्ताबन्दीमा छुट बिलको रकम बुझाइरहेका ग्राहकहरु : सूर्य नेपाल र हिमाल आइरन
 

बाँकी बक्यौता भएका ट्रंक लाइनका ग्राहकहरु
सि.नं.    नाम    स्वीकृत क्षमता (केभीए)
१.    बाबा जुट मिल१,०००
२.    लक्ष्मी स्टील    २५,०००
३.    निगाले सिमेन्ट    २,०००
४.    अरिहन्त मल्टिफाइबर    २,२००
५.    अरिहन्त पोलिप्याक    १,३५०
६.    मारुती सिमेन्ट    ७,०००
७.    त्रिवेणी सिन्थेटिक यार्न इण्डष्ट्रिज    २,५००
८.    हिमाल आइरन एण्ड स्टील    ३,६०१
९.    त्रिवेणी स्पिनिङ मिल्स    ६,५००
१०.    नारायणी स्पात मिल्स    २५,०००
११.    जगदम्बा स्टील प्रा.लि.    ३४,४००
१२.    अशोक स्टील    २०,५००
१३    हुलास स्टील    ७,५००
१४.    हामा आइरन    ४,०००
१५.    सूर्य नेपाल    १,५००
१६.    एभरेष्ट पेपर मिल    ४,०००
१७.    युनाइटेड सिमेन्ट फ्याक्ट्री    १०,०००
१८.    हेटौंडा सिमेन्ट    ८,१२५
१९.    जि.वि. टेक्सटाइल    १००
२०.    जि.वि. टेक्सटाइल    १९३्.७५
२१.    नारायणा रबर उद्योग    १७५
२२.    अर्घाखाँची सिमेन्ट इण्डष्ट्रिज    २०,०००
२३.    विशाल सिमेन्ट इण्डष्ट्रिज    २,२००
२४.    एभरेष्ट रोलिङ मिल    १,६००
२५.    सोना पोलिमर्स    ५००
२६.    विनायक स्पात प्रा.लि.    ३,५००
२७.    जगदम्बा सिन्थेटिक    ४,५००
२८.    एस.आर फुड्स    ७५०
२९    घराना फुड्स    १,२३०
३०    सिद्धार्थ पेटप्लान्ट    ५००
३१.    सोना प्याकेजिङ    १,०५०
३२.    गोयन्का फुड्स    ४३५
३३.    भलवारी स्वचालित कारखाना    २२०
३४.    श्याम प्लाष्टिक उद्योग    २५०
३५.    पञ्चकन्या प्लाष्टिक इण्डष्ट्रिज    १,५००
३६.    पञ्चकन्या स्टिल इण्डष्ट्रिज    ४,९००
३७.    एस.आर स्टील इण्डष्ट्रिज    २,०००
३८.    नव नेपाल प्लाष्टिक इण्डष्ट्रिज    २५०
३९.    शुभ लक्ष्मी पोलिमर्स    ४००
४०.    नेशनल रबर इण्डष्ट्रिज    २५०
४१.    जयदुर्गा प्लाष्टिक इण्डष्ट्रिज    १५०
४२.    यशोधा फुड प्रा.लि.    १,०००
४३.    ए.जी. हेल्थ इण्डष्ट्रिज    ६५०
४४.    सर्वाेत्तम सिमेन्ट    ५,०००
४५.    बुटबल सिमेन्ट    ५,०००
४६.    सिद्धि लक्ष्मी स्टील    ५,०००
४७.    सोनापुर मिनरल एण्ड आयल    ६,०००
४८.    रोल्पा सिमेन्ट    २,७००
४९.    जगदम्बा इन्टरप्राइजेज    ४८,८००
    जम्मा    २८६,९७९.७५

टीओडी मिटर डाटा डाउनलोडको सम्बन्धमा कानुनी व्यवस्था
– नेविप्रा विद्युत् महसुल संकलन विनियमावली २०६९ मा टीओडी मिटर डाटा डाउनलोड को सम्बन्धमा कुनै व्यवस्था नरहेको ।
– नेविप्रा विद्युत् महसुल संकलन विनियमावली २०७३ को विनियम १० मा टीओडी मिटर जडान भएका ग्राहकहरुको हकमा हरेक वर्षको चैत महिनामा मिटर रिडिङको अतिरिक्त अनिवार्य रुपले डाटा डाउनलोड गरी सोको प्रतिवेदन सम्बन्धित क्षेत्रीय कार्यालय र उपकार्यकारी निर्देशकको कार्यालय वितरण तथा ग्राहक सेवा निर्देशनालयमा पठाउनुपर्ने व्यवस्था रहेको ।
– नेविप्र विद्युत् महसुल संकलन विनियमावली, २०७७, विनियम ५ को उपविनियम ५ मा टीओडी मिटर जडान भएका ग्राहकहरुको हकमा लोड प्रोफाइल सहितको डाटा डाउनलोड गर्नुपर्ने व्यवस्था रहेको ।
– नेविप्रा विद्युत् महसुल संकलन विनियमावली २०७८, विनियम ५ को उपविनियम ५ टीओडी मिटर जडान भएका ग्राहकहरुको हकमा लोड प्रोफाइल सहितको डाटा डाउनलोड गर्नुपर्ने व्यवस्था रहेको ।
– नेविप्रा विद्युत् वितरण विनियमावली २०६९, विनियम १८ मा सीटी/पीटी जडान भएको मिटर निरीक्षणसम्बन्धी व्यवस्था रहेको ।
– नेप्रिा विद्युत् वितरण विनियमावली २०७८, विनियम २५ मा सीटी/पीटी जडान भएको मिटर निरीक्षणसम्बन्धी व्यवस्था रहेको ।

 

टीओडी मिटरको लोड प्रोफाइल  सहितको डाटा डाउनलोड किन गरिन्छ ?
–सीटी/पीटीको कनेक्समा त्रुटि देखिएमा, फेज आउटेज भएमा, पावर रिभर्स भएमा तथा अन्य कैफियत देखिएमा कुन समयदेखि सो कैफियत देखिएको हो, सो यकिन गरी छुट बिल जारी गर्न मात्र लोड प्रोफाइलसहितको डाटा डाउनलोड गरिन्छ ।
– लोड प्रोफाइलको आंशिक डाउनलोड गर्नको लागि मात्र पनि करिब ३ देखि ४ घण्टाको समय लाग्छ ।
– डेडिकेटेड तथा ट्रंक लाइनमा जडान भएका उल्लेखि ६१ ग्राहकहरुको रिभर्स कनेक्सन, फेज आउटेज, सीटी/पीटी मा समस्या आदि कारणबाट मासिक मिटर रिडिङको समयमा खपत युनिटको यकिन गर्न नसकी छुट बिलिङ हुन गएको होइन, यो त केवल यकिन भइसकेको खपत युनिटको प्रतियुनिट महसुल दरमा (डेडिकेटेड महसुल दर) फरक पर्न गई हुन गएको छुट रकम हो । यसका लागि कुनै लोड प्रोफाइलसहितको डाटा डाउनलोड आवश्यकता पर्दैन । यद्यपि प्राधिकरणसँग स्याम्पल डाटा डाउनलोड तथा सवस्टेशनको आवर्ली लस सिट सुरक्षित नै छ । 

 


डेडिकेटेड महसुल दर अनुसार विलिङ भएका ग्राहकहरुको प्रतियुनिट औसत रकम
सि.नं.    ग्राहकको नाम    प्रतियुनिट औसत रकम रु.
१.    जगदम्बा स्टील    ११.८४    
२.    सोनापुर मिनरल्स एण्ड आयल    १३.६१
३.    रिलायन्स स्पीनिङ मिल्स    १३.४४
४.    रघुपति जुट मिल    १३.५५
५.    पञ्चकन्या स्टील    ११.४९
६.    त्रिवेणी स्पीनिङ मिल्स    ११.९५
७.    अशोक स्टील    ११.८१
८.    शिवम् सिमेन्ट १३.३९
९.    अरिहन्त पोलिप्याक्स    १०.९९
नोट : सो अवधिमा ४०० युनिटभन्दा बढी खपत गर्ने गार्हस्थ्य वर्गका ग्राहकहरुले प्रतियुनिट रु. १३ का दरले महसुल बुझाउने प्रावधान रहेको 
 

प्रकाशित मिति : बुधबार, साउन ३०, २०८१ | १४:३६:४१ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया