जंगल नै जलाउने हाइड्रोपावरलाई नेपालको कानुनले के गर्छ ?’ : सांसद बस्नेत
जलसरोकार
काठमाडौं: सांसद मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ स्थित राङ्बुसा जंगलमा लागेको आगलागीमा हाइड्रोपावरलाई कारबाही गर्नेबारे संसद्को ध्यानाकर्षण गराएका छन् ।
गत १८ गतेदेखि लागेको आगो तीन दिनपछि मात्रै नियन्त्रणमा आएको भन्दै उनले देशभर आगलागीका घटनाबारे ध्यान दिनुपर्ने बताए । उनले भोटेकोशीमा लागेको आगलागीको कारण भने एक हाइड्रोपावरको करेन्ट सर्ट भएको जानकारी दिए ।
‘हिमरिभर हाइड्रोपावरमा करेन्ट सर्ट भएर त्यो आगलागी भएको अवस्था रहेछ । लामो समयसम्म आगलागी भएपछि हाइड्रोपावरलाई नै हेलिकप्टरबाट पानी खन्याएर नियन्त्रणमा ल्याइयो,’ उनले भने, ‘एउटा गरिबले आफ्नो बारिको डिलको रुख काट्दा वन मुद्दामा जेल जानुपर्छ । हाइड्रोपावरले आफ्नै कारणले आगलागी भएको स्वीका¥यो । त्यहाँ ठूलो नोक्सानी भइरहेको छ । ३५ हजार हेक्टर लगभग जमिनको रुख नोक्सान भएका छन् । भने अब नेपालको कानुनले के भन्ने हो ?’
गरिब जनतालाई लाग्ने मुद्दा हाइड्रोपावरलाई पनि लाग्नुपर्ने उनको भनाइ थियो ।
‘बारीको डिलमा रुख काट्नेलाई चाहिँ जेल हाल्ने । हाइड्रोपावरको कारणले यत्रो ठूलो नोक्सानी भएको छ,’ उनले भने ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना