तनहुँ–२ मा उनेपाका उम्मेदवार गुरुङले लिए उम्मेदवारी फिर्ता, रास्वपाका उम्मेदवार न्यौपानेलाई समर्थन गर्ने घोषणा
जलसरोकार
काठमाडौं : तनहुँ निर्वाचन क्षेत्र नम्बर–२ मा उज्यालो नेपाल पार्टी (उनेपा) का उम्मेदवार मनराज गुरुङले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उनले मंगलबार उनेपाबाट उम्मेदवारी दर्ता गराएका थिए ।
उम्मेदवारी फिर्ता लिएसँगै गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार श्रीराम न्यौपानेलाई समर्थन गर्ने घोषणा गरेका छन् । उनी दुलेगौंडास्थित रास्वपा पार्टी कार्यालयमा पुगेर अब रास्वपाका उम्मेदवारलाई सघाउने बताएका हुन् ।
गुरुङले भने, “मेरो उम्मेदवारी कायम रहँदा फेरि उही पार्टीले जित्ने सम्भावना देखियो । परिवर्तनका लागि चालेको कदमका रूपमा यो निर्णय उचित ठानेको हुँ ।”
उनले उम्मेदवारी फिर्ता लिने र रास्वपालाई समर्थन गर्ने निर्णय नितान्त व्यक्तिगत भएको समेत स्पष्ट पारेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना