संसद भवन र सर्वोच्च अदालतको संयुक्त अनुगमनमा जादै तीन मन्त्री
जलसरोकार
काठमाडौँ: सरकारका तीनजना मन्त्रीले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका संसद भवन र सर्वोच्च अदालतको आज संयुक्त अनुगमन गर्ने भएका छन् ।
अर्थमन्त्री डा. रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्यालले व्यवस्थापिका र कार्यपालिकाका केन्द्रहरुको अवलोकन गर्ने कार्यक्रम तय भएको बालुवाटार स्रोतले जनाएको छ ।
मन्त्रीहरुले दिउँसो संसद भवन पुग्ने, त्यसपछि सर्वोच्च अदालतको अनुगमन गर्ने र पछि भैंसेपाटीस्थित मन्त्री निवासको पनि अवलोकन गर्ने कार्यक्रम रहेको छ ।
जेनजी आन्दोलनकारीले संसद भवन र सर्वोच्च अदालतमा आगजनी गरी ध्वस्त बनाएका थिए । हाल संसद भवन बन्द छ भने सर्वोच्च अदालत अस्थायी रूपमा पाल टाँगेर काम सञ्चालन भइरहेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चिलिमे उद्धारमा महत्वपूर्ण संकेत : सुरुङभित्र चिसो हावाको दोहोरो बहाव र प्रतिध्वनि
-
प्रसारण लाइनको तार छुँदा घाइते भएकी ८ वर्षीया रश्मीलाई प्राधिकरणले दियो १३ लाख ८१ हजार क्षतिपूर्ति
-
करेन्ट लागेर घाइते कर्मचारीलाई प्राधिकरणले दियो साढे १९ लाख क्षतिपूर्ति
-
तनहुँका एक हजार ८९५ घरधुरीमा विद्युत् सेवा विस्तार
-
अपर म्याग्दी–१ को अडिटदेखि बाँधतर्फको सुरुङ ‘ब्रेक थ्रु’
-
त्रिशूली थ्री ‘बी’को कार्यालय भवन नरहेको लगभग निश्चित, बी-१ र बी-२ क्वार्टर क्षेत्रमा थप उत्खनन गरिने