प्राधिकरणले देशभर ६८ लाख १ हजार ४ सय ३८ घरधुरीमा बिजुली पुर्याएको छ ।
कोशीमा १२ लाख १३ हजार ६ सय ४२, मधेसमा ११ लाख ८४ हजार एक सय ३४, बागमतीमा १६ लाख ९ हजार ६६,, गण्डकीमा ६ लाख ६६ हजार ६ सय ९६, लुम्बिनीमा ११ लाख ७१ हजार ६ सय २४, कर्णालीमा ३ लाख ७२ हजार एक सय २५ र सुदूर पश्चिममा ५ लाख ८४ हजार एक सय ५१ घरधुरीमा विद्युत् पुगेको प्राधिकरणले जनाएको छ ।
यी सबै घरधुरीहरुमा राष्ट्रिय प्रसारण लाइन पुगेको छ । यो कुल विद्युतीकरणको ९७ प्रतिशत हो ।
बिजुली पुगेका यी सातै प्रदेशमा ३३/११ केभी क्षमताका एक सय ९६ वटा सवस्टेशनहरु विद्यमान छन् भने प्राधिकरणले थप एक सय १३ वटा यही क्षमताका सवस्टेशन निर्माण गरिरहेको छ ।
वितरण लाइनतर्फ ३३ केभीका ७ हजार ५ सय ७५ सर्किट किलोमिटर, ११ केभीका ५० हजार ६ सय ७५ सर्किट किमि र एलटी तर्फ १ लाख ५० हजार ४ सय ७७ सर्किट किमि रहेका छन् ।
प्राधिकरणले देशभर४५ हजार ५ सय ७४ वटा ट्रान्सफरमरबाट बिजुली आपूर्ति गर्दै आएको छ । सात प्रदेशमध्ये सबैभन्दा धेरै ट्रान्सफरमर बागमती प्रदेशमा रहेको छ— ११ हजार ९ सय ३१ वटा ।
‘चिनियाँ साझेदार’ ऊर्जा मन्त्री खड्काले भारतीय विद्युत् मन्त्री खट्टरसँग कसरी बात मार्लान् ?
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह
नेपाल विद्युत् प्राधिकरणले रद्द गर्यो एक अर्बभन्दा बढीको ठेक्का
सरकार परिवर्तनको हल्ला असत्य हो, ढुक्कले काम गर्नुस् : प्रधानमन्त्री
कानुन समितिको वार्षिक प्रतिवेदन पारित, आगामी संसद् बैठकमा पेस हुने
गभर्नर नियुक्ति हुने निश्चित भएपछि निर्देशक डा.गुणाकर भट्टले दिए राजीनामा