यस्तो छ सातै प्रदेशको विद्युतीकरण अवस्था
शत प्रतिशत विद्युतीकरण भएकाे एकमात्र प्रदेश मधेस
जलसरोकार
काठमाडौं : यतिखेर देशभर विद्युतीकण ९९ प्रतिशत पुगेको छ । यसमध्ये ९७ प्रतिशत जनसंख्या नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन (ग्रीड) द्वारा समेटिएका छन् भने २ प्रतिशत जनसंख्या वैकल्पिक ऊर्जा (लघु जलविद्युत् तथा सौर्यंमार्फत विद्युत्मा पहुँच पु¥याएका छन् ।
नेपाल सरकारले आगामी दुई वर्षभित्र शत प्रतिशत नेपालीका घरमा बिजुली पु¥याउने कार्यक्रमको घोषणा गरेको छ । विद्युत् पुगेका कुल ७५३ स्थानीय निकायमध्ये १८ वटा स्थानीय निकायमा मात्र लघु जलविद्युत् तथा सौर्य ऊर्जाका माध्यमबाट विद्युतीकरण भएका छन् ।
प्राधिकरणका अनुसार हालसम्म मधेस प्रदेश मात्र शत प्रतिशत विद्युतीकरण भएको । कोशीमा ९९.३ प्रतिशत, बागमती प्रदेशमा ९९.९७ प्रतिशत, गण्डकीमा ९९.४ प्रतिशत, लुम्बिनीमा ९८.४९ प्रतिशत, कर्णालीमा ७३.३९ प्रतिशत र सुदूर पश्चिममा ८६.५८ प्रतिशत विद्युतीकरण भएको छ ।
प्राधिकरणले देशभर ६८ लाख १ हजार ४ सय ३८ घरधुरीमा बिजुली पुर्याएको छ ।
कोशीमा १२ लाख १३ हजार ६ सय ४२, मधेसमा ११ लाख ८४ हजार एक सय ३४, बागमतीमा १६ लाख ९ हजार ६६,, गण्डकीमा ६ लाख ६६ हजार ६ सय ९६, लुम्बिनीमा ११ लाख ७१ हजार ६ सय २४, कर्णालीमा ३ लाख ७२ हजार एक सय २५ र सुदूर पश्चिममा ५ लाख ८४ हजार एक सय ५१ घरधुरीमा विद्युत् पुगेको प्राधिकरणले जनाएको छ ।
यी सबै घरधुरीहरुमा राष्ट्रिय प्रसारण लाइन पुगेको छ । यो कुल विद्युतीकरणको ९७ प्रतिशत हो ।
बिजुली पुगेका यी सातै प्रदेशमा ३३/११ केभी क्षमताका एक सय ९६ वटा सवस्टेशनहरु विद्यमान छन् भने प्राधिकरणले थप एक सय १३ वटा यही क्षमताका सवस्टेशन निर्माण गरिरहेको छ ।
वितरण लाइनतर्फ ३३ केभीका ७ हजार ५ सय ७५ सर्किट किलोमिटर, ११ केभीका ५० हजार ६ सय ७५ सर्किट किमि र एलटी तर्फ १ लाख ५० हजार ४ सय ७७ सर्किट किमि रहेका छन् ।
प्राधिकरणले देशभर४५ हजार ५ सय ७४ वटा ट्रान्सफरमरबाट बिजुली आपूर्ति गर्दै आएको छ । सात प्रदेशमध्ये सबैभन्दा धेरै ट्रान्सफरमर बागमती प्रदेशमा रहेको छ— ११ हजार ९ सय ३१ वटा ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई आउन आग्रह, सहकार्य गर्न प्राधिकरण तयार : कार्यकारी निर्देशक श्रेष्ठ
-
नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, परिसूचक ७९ अंकभन्दा बढीले उकालो
-
ऊर्जा सुरक्षाका लागि निजी क्षेत्रसँगको सहकार्य अझ सुदृढ बनाइन्छ : महानिर्देशक श्रेष्ठ
-
४९७.६ मेगावाटका २० जलविद्युत् र १३ मेगावाटका दुई सौर्य आयोजना सम्मानित (सूचीसहित)
-
राष्ट्रिय विद्युत् प्रणालीमा योगदान पुर्याएको भन्दै मादमेखोला जलविद्युत् आयोजना सम्मानित
-
राष्ट्र बैंकलाई थप स्वायत्त र प्रविधिमैत्री बनाउन ऐन संशोधन आवश्यक : अर्थमन्त्री वाग्ले