‘मुख्य प्रतिस्पर्धी पार्टीसँग मिलेको हुनाले केही असहमति आउन सक्छन्, समाधान गरेर अघि बढ्नुपर्छ : सभापति देउवा
जलसरोकार
काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशको राजनीतिक स्थायित्वका लागि प्रतिस्पर्धी पार्टीसँग मिलेको बताएका छन् ।
७७ जिल्ला पार्टी सभापतिहरूको भेलालाई सम्बोधन गर्दै अहिलेको संविधान अनुसार एउटा पार्टीको बहुमत आउन नसक्ने भए पनि कुनै न कुनै दलसँग मिल्नुपर्ने बताए ।
पूर्वप्रधानमन्त्री समेत रहेका सभापती देउवाले भने, ‘राजनीतिक स्थायित्वका लागि अहिले मुख्य प्रतिस्पर्धी पार्टीहरू मिलेर सरकार बनाएका छौँ । कहिले कसको कहिले कसको सरकार हुँदा कुनैले काम गर्न सक्दैन । यो सरकारको स्थायित्व स्पष्ट छ । पहिला पनि प्रजातन्त्र र लोकतन्त्रका लागि लडेका पार्टी हौँ । ओलीसँग हामी सँगै जेल पनि बसेका हौँ । उहाँ लामो समय जेल बस्नुभएको हो ।’
उनले मुख्य प्रतिस्पर्धी दल एमालेसँग मिलेर सरकार बनाएको भएकाले केहीँ समस्या आउन सक्ने भएकाले समाधान गरेर अघि बढ्नुपर्ने बताए ।
उनले थपे, ‘मुख्य प्रतिस्पर्धी पार्टीसँग मिलेको हुनाले केही असहमति आउन सक्छन् । केही समस्या आउन सक्छन् । त्यो समस्या समाधान गर्नुपर्ने आवश्यक छ । स्थिरता भयो भने नेपालको विकास अझै हुनसक्छ । अहिले हुनुपर्ने जति विकास हुन सकेको छैन ।’
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
“विद्युत्मा भ्याट नयाँ होइन, करको दायरा विस्तार हो– ५० युनिटसम्मका उपभोक्ता सुरक्षित” : सांसद इन्जिनियर श्रीराम न्यौपाने
-
५० युनिटभन्दा बढी बिजुली खपतमा भ्याट लगाउने निर्णयको पूर्व ऊर्जामन्त्री कुलमानद्वारा विरोध
-
ऊर्जा क्षेत्रका लागि निजी लगानीमैत्री बजेट, तर सफलता कार्यान्वयनमा निर्भर
-
ऊर्जा क्षेत्रमार्फत आर्थिक रूपान्तरणको महत्वाकांक्षी योजना, जलाशययुक्त आयोजना, विद्युत् निर्यात र सिँचाइ विस्तारमा सरकारको जोड
-
आगामी वर्षकाे बजेट २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ
-
आगामी वर्ष १ हजार ४० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा थपिने