भूजल स्तरमा कमी :
बढी उत्पादनका लागि फसललाई आवश्यकतानुसार पर्याप्त पानि चाहिन्छ । समयानुकुल पानी नपरेको कारण किसानहरु भूजलको प्रयोग गर्न थाले । भारतमा पहिला साढे ६ करोड हेक्टर जग्गामा खाद्यान्न उत्पादन हुने ठाउँमा अहिले १४ करोडभन्दा बढी हेक्टर जग्गामा खेती भै रहेको छ । नेपालमा अहिले चौदह लाख हेक्टर भन्दा बढी जग्गामा धान र गहुँको खेती गर्न सकिन्छ । यसको अधिकतम हिस्सा तराई मधेशमा पर्छ । भारतमा धेरैजसो ठाउँहरुमा भूजलको समस्या विकराल छ । ३०-४० फिटबाट ८०-९० फिट, त्यस पछि १५०-२०० फिट र २००-२५० फिटभन्दा माथि ठाउँ ठाउँमा भूजल स्तर घटिसकेको छ । नेपालको तराई मधेशमा पनि महेन्द्र राजमार्ग वरिपरिलगायत विभिन्न ठाउँहरुमा २५० फिट तलसम्म भूजल स्तर पुगिसकेको छ । त्यसमा पनि मधेश प्रदेशको स्थिति भयावह छ । म भाग्यशाली ठाउँमध्ये सप्तरी जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. १ को वेलहीमा बस्छु । त्यहाँ ३०-३५ फीटमा पानी पाउँछ । वर्षातको मौसममा पाँच फिटमा नै प्रशस्त पानी पाउँछ ।
तराई मधेशमा भयावह स्थिति आउँदैछ । जनकपुर र वीरगञ्जको स्थिति भयावह छ । भारतले नेपालसँग सम्झौता गरेर हाम्रो कोशी, गण्डकी, शारदा ब्यारेज र महाकालीको पानी आफ्नो खाद्यान्न उत्पादन गर्ने पकेट क्षेत्रमा पुर्याएको छ । नेपालले आफ्नो खाद्यान्न उत्पादन गर्ने पकेट क्षेत्रमा तराइ मधेशमा सिंचाईको व्यवस्था गर्न असमर्थ रहे । यसकारणले पर्याप्त खाद्यान्न उत्पादन नभएर खाडी मुलुकमा काम गर्ने दाजुभाई दिदीबहिनीले खुन पसिना बगाएर कमाएको पैसालाई शिक्षा स्वास्थ्य तथा विकासमा खर्च नगरीकन खाद्यान्न आयात गर्नमा खर्च गरिरहेको छौ ।
हाम्रो पूर्व प्राविधिकहरुले कोशी डाइभर्सन गरी मधेश प्रदेशका जिल्लाहरुमा सिंचाईको व्यवस्था गरी अन्न उत्पादनमा वृद्धि गर्ने दशकौं पहिला नै योजना बनाएका थिए । सिक्टा र मोहनाजस्ता अनेकौ महकाली सिंचाई आयोजन हरुका प्रारुप राखे तर हाम्रो अदूरदर्शिताले केही पनि सफल हुन सकेन ।
हाम्रो अदूरदर्शिता अर्को पनि उदाहरण देखिन्छ । एकातर्फ सरकारले सुनकोशी डाइभर्सनका आयोजनामा अर्वौ खर्च गरिरहेको छ । तर उसैको कमान्ड एरियामा भूजल प्रयोग गर्ने गरी अर्बौैको सिचाई आयोजना ल्याएको छ । कोशी डाइभर्सन योजना पनि ल्याउने हो भने अर्बौको खर्च भूजल दोहनमा किन खर्च गर्ने विषयमा किन प्राविधिकहरुले सल्लाह दिए ? बुझन सकिरहेको छैन । किसानहरुले धेरैजसो ठाउँहमा बोरिङ जडान गरेका छन् ।
प्राविधिकहरुले यतिसम्म भन्दै गरेका छन् कि भूजलको प्रयोग सिचाईका लागि गर्ने हो, आखिर त्यो जल भूमिमुनि नै जाने हो । यदि यस्ता भन्ने हो भने उहाँले माटोको विज्ञान बुझ्नु पर्छ । वाष्पीकरणको विज्ञान बुझ्नुपर्छ । माटोको अवस्था अहिले कस्तो छ, त्यस विषयमा बुझ्नुपर्छ । माटोमा पानी चार्ज गर्ने क्षमता छ-छैन वा छ भने कति छ बुझनुपर्छ ।
माटोको भौतिक गुण (Physical Property) को विषयमा समीक्षा गरौँ । सन् १९६० दशकपछि नेपालमा रासायनिक खेती प्रचलनमा आएको हो । रासायनिक खेती आएपछि यान्त्रीकरण पनि भित्रिएकै हो । यान्त्रीकरणअन्तर्गत खासगरी ट्याक्टर, थ्रेसर आदि आउँछ । खेतीमा रासायनिक मलको प्रयोग र रासायनिक मल विषादिको प्रयोगले सबै देखिने नदेखिने जीवहरु मरिसकेको छ । प्राकृतिक हलवाहा गड्यौलाको लोप भएको छ । भूजल स्तर तल गएको छ । पानीको कोशीका (Water Capillaries) हरु यी प्राकृतिक हलवाहाको कमी र भारी भरकम ट्याक्टछरहरु बारम्बार खेतमा जाँदा नष्ट भएछ ।
दशकौंदेखि युरिया र डि.ए.पी. मल प्रतिहेक्टर सयकडौं मेट्रिक टन प्रयोग भइसकेको छ । युरियाको ४६ प्रतिशत नाइट्रोजन मात्र प्रयोगमा आउँछ । बाँकी सेन्थेटिक मेटेरियल हो । फोस्फोरसको लागि जति पनि फासफेट प्रयोगमा आउँछ, सबैको ३० प्रतिशत जति मात्र प्रयोगमा आउँछ । बाँकी अघुलनशील ठोस पदार्थको रुपमा खेतमा नै बस्छ । सेन्थेटिक मेटेरियलले माटोलाई कडा बनाउनुको साथै ३-४ फीट तल गई एउटा लेयर रुप धारणा गर्दछ । यसले पानी तल जानबाट रोक्ने गर्दछ । सिंचाईको पानी होस् वा वर्षातको मुनि नगई बगेर जान्छ । वाष्पीकरण (Evaporation) ले पनि पानी सुख्न जान्छ । माटोमा कार्वनिक पदार्थ हुन्छ । त्यसले पनि पानी अवशेषित (absorb) गरेर राख्छ । त्यो पनि बिरुवालाई पानी उपलब्ध गराउँदै बाँकी वाष्पीकरण हुन्छ । गर्मी होस् वा वर्षात् जा जाडो होस् पानीको वाष्पीकरण सर्दै भइराख्छ । के कति हुन्छ बाह्य तापक्रममा निर्भर गर्दछ । वरदानको रुपमा पाएको नदीनालाको पानी प्रयोग नगरी पूर्खाले जोगाएर राखेको भूजल दोहनमा हाम्रो संलग्नतालाई भावी पिंढीले हामीलाई सराप्नेछ ।
भूजल कमीको कारण पहाडबाट मानिसहरुको तराई मधेशमा बसाइ सराई भयो । सहजपूर्वक जीवन निर्वाह गर्न सक्ने आफ्नो भूमिमा बसाइ सराई हुनु स्वभाविक हो । मधेश प्रदेशको जनसंख्या सबै प्रदेशभन्दा बढी छ । बसाइ सराइ धेरैजसो महेन्द्र राजमार्गको वरिपरिमा भएको छ । जंगल फडानीबाट खेतीयोग्य जग्गा विस्तार र जंगल फडानी गरी चोरी निकासीले धेरै रुख कटानी भए । एउटा रुखको कपालभन्दा पातलो जराको जाल २०-३० फिट तल र त्योभन्दा तल पनि जाने गर्दछ । यसबाट वर्षातको समयमा भूजल चार्ज हुन्छ । चुरिया क्षेत्रमा अत्याधिक रुखहरुको कमीले गर्दा तराई मधेशको भूजल चार्ज हुन बाट बञ्चित भए । चुरियाको माटो बालुवा तराई मधेशमा पुर्न गई धेरै पुरानो रुखहरु सुकेर गए र यीबाट हुने पानी रिचार्ज हुन सकेन ।
नदीनाला र चुरिया क्षेत्रमा बालुवा गिट्टी ढुंङ्गा उत्खननमा बारम्बार ट्याक्टर र हेभी मसिनरीहरुको प्रयोगले पानी तल जाने पातलो प्वाललाई वन्द गरेको कारण वर्षात वा नदीको पानीबाट भूज चार्ज हुन सकेन ।
रासायनिक मलको बढी प्रयोग, युरिया जंगल फडानी र नदी नालाको उत्खननले प्राकृतिक रुपमा भूजल चार्जको लागि गइराख्ने पानीको बाटो सबै बन्द भए । बढ्दो जनसंख्यालाई पिउने पानी र धान गहुँ उत्पादनका लागी चाहिने पानीको लागी भूजलको प्रयोग हुदै गयो । यसरी भूजल डिस्चार्ज हुँदै गयो र त्यसको सट्टा पानी चार्ज गर्ने व्यवस्था सबै बन्द भए । फलस्वरुप भूजल स्तर तलतिर जाँदै गयो ।
अहिले पनि चेतिएन भने नदीनालाको पानी प्रयोग नगरी भूजल मात्रको प्रयोग सिँचाईको लागि गर्ने हो भने आजको पिंढीलाई भविष्यको पिंढी के भन्ने हो आफ्नो नामकरण आफै गरे हुन्छ ।
जलवायु परिवर्तनमा रासायनिक खेतीको भूमिकाः
रासायनिक खेतीमा विभिन्न रासायनिक मलहरु र विभिन्न रासायनिक विषादिहरुको प्रयोग हुन्छ । यी रासायनिक मलहरु र नाना प्रकारका विषादिहरुको उत्पादनमा हरित गृह ग्यास (Green House Gas) को उत्सर्जन हुन्छ । रासायनिक मलहरु एवं विभिन्न विषादिहरु खेतीमा प्रयोग गर्दा मिथेन, नाइट्रिकअक्साइडजस्ता अन्य हरितगृह ग्यास उत्सर्जन हुन्छ । विश्वभरिमा खेतीबाट उत्पादित हरितगृह ग्यास को जम्मा हरित गृह ग्यास उत्सर्जनमा १२ देखि १५ प्रतिशतसम्म हिस्सा हुने गर्छ । नेपालमा जलवायु परिवर्तनको जुन रफ्तार छ, प्रतिवर्ष ०.०५ डि.ग्री तापक्रम बढिरहेको छ । हिमाल पग्लँदैछ । खोलानालाहरु सुख्ने अवस्था छन् । अतिवृष्टि र अनावृष्टिले बेला-बेलामा चुनौती दिने गरेका छन् । भूजल स्तरमा सुधार हुने अवस्था भने झन्झन् बिग्रिदै गएको छ । अरुको सहयोग पाए पनि नपाए पनि आफूले गर्न सक्ने सवब उपाय संचालनमा ल्याउनु पर्छ । यसपछिका लेखहरुमा विकल्पको बारेमा चर्चा गरिनेछ ।
निष्कर्षः
जैविक विविधतामा आएको कमी होस वा भूजल स्तरमा कमी आएको वा खाद्यान्नमा पौष्टिकताको कमी आएको हरेक ठाउँमा रासायनिक खेती जिम्मेवार देखिन्छ । यहाँसम्म कि जलवायु परिवर्तनमा पनि सहयोग गर्न छोडेन । विकल्पको लागि तयार हुनै पर्छ ।
नेपाल विद्युत् प्राधिकरणले रद्द गर्यो एक अर्बभन्दा बढीको ठेक्का
सरकार परिवर्तनको हल्ला असत्य हो, ढुक्कले काम गर्नुस् : प्रधानमन्त्री
कानुन समितिको वार्षिक प्रतिवेदन पारित, आगामी संसद् बैठकमा पेस हुने
गभर्नर नियुक्ति हुने निश्चित भएपछि निर्देशक डा.गुणाकर भट्टले दिए राजीनामा
मुग्लिन–पोखरा सडकः दमौली बजारमा धमाधम कालोपत्र हुँदै
सुनको भाउ ८०० रुपैयाँ घट्यो