ऊर्जाशील कर्मचारी संघ लुम्बिनी प्रदेशमा मिनबहादुर जिसी अध्यक्ष निर्वाचित
जलसरोकार
काठमाडौँ — नेपाल विद्युत प्राधिकरण अन्तर्गतको ऊर्जाशील कर्मचारी संघ लुम्बिनी प्रदेशमा मिनबहादुर जिसी सर्वसम्मत रूपमा अध्यक्ष निर्वाचित भएका छन्। सर्वसम्मत नेतृत्व केवल पदका लागि मात्र नभई प्रदेशभरिका श्रमिकहरूले जिसीप्रति व्यक्त गरेको विश्वास, अनुशासन र उत्तरदायित्वको प्रमाण भएको संघले जनाएको छ।
नवनिर्वाचित नेतृत्वले अब श्रमिकको आवाजलाई संस्थागत रूपमा सुन्ने, व्यवस्थापनसँगको संवादलाई स्पष्ट बनाउने तथा संगठनलाई दिगो दिशातर्फ अघि बढाउने महत्वपूर्ण जिम्मेवारी वहन गर्ने संघले जनाएको छ।
संघका अनुसार जिसीको नेतृत्वमा लुम्बिनी प्रदेश संगठन अझ संगठित, पारदर्शी र प्रभावशाली बन्ने अपेक्षा गरिएको छ। केन्द्रीय समितिले जिसीसहित सम्पूर्ण प्रदेश कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।
नवनिर्वाचित कार्यसमिति
अध्यक्ष
- मिन बहादुर जि.सी.
सदस्यहरू
- बजरंगी पाण्डे
- रमेश खनाल
- रबि चौधरी
- बुद्धिमान चौधरी
- चेतलाल चौधरी
- सूर्य यादव
- छत्र बहादुर थापा
- राजन खनाल
- रोमकान्त पाण्डेय
- भुवन गुरुङ
- रामगति गुप्ता
- कृष्ण सुबेदी
- माधोलाल चौधरी
कार्यसमिति गठनको समन्वय ईन्द्र प्रसाद न्यौपाने, संयोजक, ऊर्जाशील कर्मचारी संघ केन्द्रीय समितिले गरेको हो।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सर्ज ट्याङ्क भएका जलविद्युत् आयोजनामा आपत्कालीन उद्धारको वैकल्पिक बाटो खोजौँ : भट्टराई
-
नेप्से ४३ अंकले घट्यो, पाँच दिनदेखिको गिरावट कायमै
-
रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी
-
भोटेकोशी बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार र पुनःस्थापनाबारे उच्चस्तरीय छलफल
-
नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
-
त्रिशूली-३ ‘ए’ मा उद्धार प्रयास थप तीव्र, केबल टनेलको पानी निकालिँदै