ऊर्जाशील कर्मचारी संघ लुम्बिनी प्रदेशमा मिनबहादुर जिसी अध्यक्ष निर्वाचित
जलसरोकार
काठमाडौँ — नेपाल विद्युत प्राधिकरण अन्तर्गतको ऊर्जाशील कर्मचारी संघ लुम्बिनी प्रदेशमा मिनबहादुर जिसी सर्वसम्मत रूपमा अध्यक्ष निर्वाचित भएका छन्। सर्वसम्मत नेतृत्व केवल पदका लागि मात्र नभई प्रदेशभरिका श्रमिकहरूले जिसीप्रति व्यक्त गरेको विश्वास, अनुशासन र उत्तरदायित्वको प्रमाण भएको संघले जनाएको छ।
नवनिर्वाचित नेतृत्वले अब श्रमिकको आवाजलाई संस्थागत रूपमा सुन्ने, व्यवस्थापनसँगको संवादलाई स्पष्ट बनाउने तथा संगठनलाई दिगो दिशातर्फ अघि बढाउने महत्वपूर्ण जिम्मेवारी वहन गर्ने संघले जनाएको छ।
संघका अनुसार जिसीको नेतृत्वमा लुम्बिनी प्रदेश संगठन अझ संगठित, पारदर्शी र प्रभावशाली बन्ने अपेक्षा गरिएको छ। केन्द्रीय समितिले जिसीसहित सम्पूर्ण प्रदेश कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।
नवनिर्वाचित कार्यसमिति
अध्यक्ष
- मिन बहादुर जि.सी.
सदस्यहरू
- बजरंगी पाण्डे
- रमेश खनाल
- रबि चौधरी
- बुद्धिमान चौधरी
- चेतलाल चौधरी
- सूर्य यादव
- छत्र बहादुर थापा
- राजन खनाल
- रोमकान्त पाण्डेय
- भुवन गुरुङ
- रामगति गुप्ता
- कृष्ण सुबेदी
- माधोलाल चौधरी
कार्यसमिति गठनको समन्वय ईन्द्र प्रसाद न्यौपाने, संयोजक, ऊर्जाशील कर्मचारी संघ केन्द्रीय समितिले गरेको हो।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा