काठमाडाैं : ५४ वर्षअघि निर्माण भएको सुनसरी मोरङ सिंचाइ आयोजनाका संरचना जीर्ण बनेका छन् । १९७० सालमा अर्थात् ५४ वर्ष अघि निमार्ण भएका नहरका संरचनाको संरक्षण नहुँदा जीर्ण भएको हो । सुनसरी मोरङ सिंचाइ आयोजनाले मोरङमा २८ हजार तथा सुनसरी जिल्लामा ४० हजार गरी ६८ हजार हेक्टर जग्गामा सिंचाइ सुविधा पुर्याउदै आएको छ ।
५३ किलोमिटर मुल नहर ४ सय किलोमिटर शाखा नहर, प्रशाखा नहर तथा कुलो कुलेसो गरी सो आयोजनाको नहरको लम्बाइ १५ सय किलोमिटर भन्दा बढी छ ।
सिंचाइका लागि नहरमा एक हजार बढी संरचना रहेकोमा धेरै संरचना जीर्ण भएको छ । सन १९७० मा भारत सरकारले निमार्ण गरेकोे आयोजना पाँचवर्ष परीक्षणको रुपमा सञ्चालनपछि सन १९७५ मा नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । त्यो बेलाको प्रविधिअनुसार सबै संरचना इँटाको प्रयोग गरेर निमार्ण गरिएको थियो । पानी मुनी इँटाको आयु ५० वर्ष हुने र हाल आयोजनाका संरचना जीर्ण भएको इन्जिनियर नित्यानन्द झाले जानकारी दिए ।
सरकारले उपलब्ध गराएको बजेटअनुसार आवश्यक र जोखिमपूर्ण स्थानमा आयोजनाले काम गरिरहेको इन्जिनियर झाले जानकारी दिए । ‘यो वर्ष जोखिमपूर्ण स्थानका पहिचान गरेर सुनसरीको चतरा, रामधुनी, हरिनगर, शंखरपुर तथा सीतागन्जमा शाखा नहर र मोरङको बाहुनी तथा विराटनगर शाखामा आवश्यक काम गर्नुका साथै सुनसरीको खनारमा वर्षायाममा घरहरू डुबान हुने गरेकाले पानीको निकासका लागि नयाँ संरचना निमार्ण गरेर त्यसलाई व्यवस्थित गर्ने योजना छ,’ उनले भने ।
सुनसरीको चतरास्थित कोशी नदीमा आयोजनाको मुल नहरको मुहान जोडिएको छ । मुख्य नहरमा अहिले ५७ क्युसेक पानी सञ्चालनमा आएको छ । धानवालीको सिजनमा ५७ तथा गहुँवालीको सिजनमा ३५ क्युसेक पानी नहरमा सञ्चालनमा छ । तर पछिल्लो समय यहाँ पर्याप्त पानी जान सकेको छैन । कोशी चतरा क्षेत्रमा पक्की पुल निर्माणको क्रममा भएको गल्तीले पूर्वतर्फ रहेको इन्टेक पश्चिम सरेका कारण पनि पर्याप्त पानी जान नसकेको इञ्जिनियर झा बताउँछन् । ‘ पुल निर्माण हुँदा पानीको सतह पुर्वतिर भएको इन्टेकको लेवल भन्दा माथि थियो,’ उनले भने, ‘पुल निमार्णका क्रममा ड्यामले गर्दा पुर्वतर्फ बहेको पानीको बहाव पश्चिम तिर गयो । अहिले त्यो गहिरिने क्रममा रहेको छ किन कि पानीको बहाव पश्चिम तर्फ बढने क्रम जारी छ ।’ यसको लागि इन्टेक नै ठूलो बनाउनुपर्ने आयोजना प्रमुख झा बताउँछन् ।
२०५२ साल देखि सञ्चालनमा रहेको बालुवा छान्ने २ वटा मसिन मध्य एउटा काम नै नलाग्ने अवस्थामा रहेको छ भने एउटालाई विभिन्न उपाय लगाएर चालु अवस्थामा राखिएको छ । यसको पनि कुनै भर नभएको डेजर माष्टर रमेश अधिकारी बताउँछन् ।
अधिकारीका अनुसार 'मुख्य नहरमा जाने पानीले बगाएर ल्याएको बालुवा यही मेसिनले १२ घण्टासम्म निरन्तर बालुवा सफा गर्ने गरिरहेको छ । यहाँ थिग्रीएको बालुवालाई सफा नगर्ने हो भने यहाँको बालुवाको उचाइ बढने हुँदा पानी सोचे जति बग्न सक्दैन । यो मेसिन खरिदको लागि ३ पटक सम्म टेण्डर आव्हान भै सक्यौ तर खरिद प्रक्रिया अगाडी बढ्न सकेन,' उनले भने, 'अहिले चलिरहेको मेसिनहरुको स्पेर्यस पार्टसहरु पाउन नै समस्या रहेको छ । हामीले त कुरा उठाएका छौं। तर माथिल्लो निकायले कसरी काम अगाडी बढाई रहेको छ जानकारी छैन।' पुरानो मेसिनलाई विस्थापीत गराई नयाँ खरिद गर्दा करिव ३० देखि ३२ करोड रुपैँया लाग्ने बताइएको छ ।
प्रदेश र स्थानीय सडक सुधार्न पनि विश्व बैंकको १७ अर्ब १५ करोड ऋण
३४ वर्ष रजगज गरेका दलहरुले एउटा जलाशययुक्त आयोजना बनाउन सकेनन्
राजस्व सङ्कलनमा १७ प्रतिशतले वृद्धि, पाहिलो चार महिनामा उठ्यो तीन खर्ब २३ अर्ब
जोडियो रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा, हिउँदमा काठमाडौं उपत्यकाको विद्युत् व्यवस्थापनमा सहज हुने
हिउँदयामका लागि ६५४ मेगावाट बिजुली दिन भारत सहमत
जलवायु परिवर्तनको प्रभावबाट जोगिन सबै एकजुट हुनुपर्छ : ऊर्जामन्त्री खड्का