झिनो अङ्कले घट्यो नेप्से परिसूचक
जलसरोकार
काठमाडौँ– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट देखिएको छ । आज नेप्से परिसूचक ३.३४ अङ्कले घटेर २०६३.९५ को बिन्दुमा कायम भएको हो ।
विभिन्न तीन सय पाँच कम्पनीका ९४ लाख ४५ हजार छ सय ९७ कित्ता शेयर ६० हजार १६ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ४९ करोड ६२ लाख ८४ हजार ३६ बराबरको कारोबार भएको छ । कारोबारमा ९४ कम्पनीको शेयर मूल्य बढेको छ भने एक सय ४७ कम्पनीको सेयर मूल्य घटेको छ ।
लघुवित्त समूह दुई दशमलव ५१, म्युचुअल फण्ड शून्य दशमलव ७५ र व्यापार समूह शून्य दशमलव ०८ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह एक दशमलव ४५ र अन्य समूह शून्य दशमलव ६८ प्रतिशतले घटेको छ ।
गुर्खाज फाइनान्स लिमिटेड र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वोत्तम सिमेन्ट लिमिटेडको शेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेको छ ।
सबैभन्दा धेरै गुमाउनेमा भने बोटलर्स नेपाल ९बालाजु० लिमिटेडको शेयर मूल्य नौ दशमलव ३२ र सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–३ को शेयर मूल्य आठ दशमलव ०८ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको रु १९ करोड ५२ लाख ९७ हजार एक सय ५१ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने लक्ष्मी इक्विटी फण्डको सात लाख ५२ हजार तीन सय २१ कित्ता शेयर किनबेच भएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
कुलेखानीमा पानीको सतह बढ्न नदिन विद्युत् उत्पादन बढाइयाे
-
रोशी खोलाको बाढीले डाइभर्सन बगाएपछि बीपी राजमार्ग अवरुद्ध, सयौँ यात्रु अलपत्र
-
४० मेगावाटको राहुघाट जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडियो
-
सुन र चाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
उपत्यका जोड्ने प्रमुख राजमार्ग बन्द हुँदा सार्वजनिक सवारी काठमाडौंमै होल्ड
-
पृथ्वी राजमार्गकाे कृष्णभिरसहित सात ठाउँमा पहिरो, दुई स्थानमा सडक पूर्ण अवरुद्ध