विद्युत् चुहावट १२.२६ बाट १२.१६ प्रतिशतमा झर्यो
सरकारले चालु वर्षका लागि तय गरेको चुहावट नियन्त्रण लक्ष्यभन्दा राम्रो उपलब्धि हासिल गरेको दाबी
जलसरोकार
काठमाडौँ : नेपालमा विद्युत् चुहावट नियन्त्रणमा सुधार आएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८१/८२ मा १२.२६ प्रतिशत रहेको विद्युत् चुहावट चालु आर्थिक वर्ष २०८२/८३ मा १२.१६ प्रतिशतमा झरेको छ ।
सरकारले चालु आर्थिक वर्षमा विद्युत् चुहावट १२.२० प्रतिशतमा झार्ने लक्ष्य राखेको थियो । उक्त लक्ष्यभन्दा ०.०४ प्रतिशत बिन्दु कम चुहावट कायम भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।
चुहावट नियन्त्रणका लागि ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठले नीतिगत तथा संरचनागत सुधार, दक्ष प्राविधिक जनशक्तिको परिचालन र व्यवस्थापन चुस्त बनाउन पहल गरेको मन्त्रालयको दाबी छ । मन्त्री श्रेष्ठको निर्देशन तथा सक्रियतामा चुहावट नियन्त्रणका लागि आवश्यक काम अघि बढाइएको मन्त्रालयले जनाएको छ ।
प्राधिकरणका अनुसार विद्युत् चोरी, मर्मतसम्भारमा कमजोरी तथा प्राविधिक र व्यवस्थापकीय समस्याका कारण विद्युत् चुहावट हुने गर्छ । प्राविधिक समस्या देखिनेबित्तिकै तत्काल सम्बोधन गर्ने प्रणालीलाई प्रभावकारी बनाउँदा पनि चुहावट नियन्त्रणमा सहयोग पुगेको प्राधिकरणको भनाइ छ ।
विद्युत् नेटवर्कको स्तरोन्नति, समयमै मर्मतसम्भार तथा प्राविधिक पक्षमा सुधारलाई तीव्रता दिएर चुहावट घटाउने काम अघि बढाइएको मन्त्रालयले जनाएको छ । आगामी दिनमा समेत विद्युत् चुहावट न्यूनीकरणका लागि प्राविधिक तथा व्यवस्थापकीय सुधारलाई निरन्तरता दिइने मन्त्री श्रेष्ठले बताएका छन् ।
मन्त्रालयका अनुसार दक्षिण एसियामा विद्युत् चुहावटको औसत दर १३.८ प्रतिशत छ । नेपालको चुहावट दर उक्त क्षेत्रीय औसतभन्दा कम रहेको मन्त्रालयको भनाइ छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
यसकारण असफल भयो प्रधानमन्त्रीको भारत भ्रमण
-
विद्युत् चुहावट १२.२६ बाट १२.१६ प्रतिशतमा झर्यो
-
नेप्से ८.७० अंकले बढ्यो, कारोबार ६ अर्ब १४ करोड, जलविद्युत् समूहका कम्पनीमा आकर्षण
-
विपद्ले आयोजना ध्वस्त, ऋणले प्रवर्द्धकलाई कालोसूचीमा पार्ने जोखिम; राष्ट्र बैंकसँग तत्काल राहत माग
-
एनएमबी बैंकले भिसाबाट दुई अवार्ड पायो
-
नेपालको ऊर्जा क्षेत्र : वर्तमान अवस्था र आगामी पाँच वर्षको सम्भावित परिदृश्य