सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का पूर्वाधार इप्पान ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

एनएमबी बैंकले भिसाबाट दुई अवार्ड पायो

जलसरोकार
बुधबार, मंसिर ०९, २०८३ | १३:४३:५२ बजे

काठमाडौं : एनएमबी बैंक लिमिटेडले भिसाको नेतृत्व सम्मेलनमा दुई पुरस्कार प्राप्त गरेको छ। डिजिटल भुक्तानी तथा डेबिट कार्ड व्यवसायमा योगदान पुर्‍याएको भन्दै बैंकलाई उत्पादन नवप्रवर्तनमा उत्कृष्टता (Excellence in Product Innovation) र उपभोक्ता डेबिट कार्ड व्यवसायमा उत्कृष्टता (Excellence in Consumer Debit Cards Business – Principal Client) पुरस्कार प्रदान गरिएको बैंकले जनाएको छ।

बैंकका अनुसार यी पुरस्कार डिजिटल भुक्तानी सेवामा नवीनता तथा उपभोक्ता डेबिट कार्ड व्यवसायमा पुर्‍याएको योगदानको कदरस्वरूप प्रदान गरिएको हो।

एनएमबी बैंकले डेबिट कार्ड तथा डिजिटल बैंकिङ सेवामार्फत ग्राहकलाई स्वदेश तथा विदेशमा वित्तीय कारोबार गर्न सहज बनाउँदै आएको जनाएको छ। बैंकले प्रविधिको प्रयोगबाट कारोबारलाई सरल, सुरक्षित र छिटो बनाउने प्रयास गरिरहेको पनि जनाएको छ।

बैंकले हाल देशभर १९६ शाखा, १७६ एटिएम र ९ विस्तार काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

प्रकाशित मिति : बुधबार, मंसिर ०९, २०८३ | १३:४३:५२ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया