ह्वात्तै घट्यो उपत्यकाको न्यूनतम तापक्रम
जलसरोकार
काठमाडौं,: काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ह्वात्तै घटेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस मापन भएको छ ।
बुधबार काठमाडौंको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस मापन भएकामा आज ह्वात्तै घटेको मौसमविद प्रतिभा मानन्धरले जानकारी दिइन् ।
’हिजो काठमाडौंको आकाशमा बादल लागिरहेको थियो। त्यसकारण न्यूनतम तापक्रम घट्न पाएन। त्यसको तुलनामा आज कम छ त्यसकारण न्यूनतम तापक्रम घटेको हो,’ मौसमविद् मानन्धरले भनिन् ।
मंगलबार काठमाडौंको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस थियो। त्यसअघि पनि न्यूनतम तापक्रम ४ डिग्री सेल्सियसभन्दा भन्दा केही कम अथवा केही बढी मापन भएको थियो।
मौसमविद् मानन्धरले देशभरिको तापक्रम घट्दो क्रममा रहेको बताइन् ।
’पुसको महिना सबैभन्दा चिसो महिना हो । स्वभाविक रूपमा न्यूनतम तापक्रम घट्छ । माघको दोस्रो÷तेस्रो हप्तापछि लागेपछि न्यूनतम तापक्रम बढ्ने क्रम सुरू हुन्छ,’ उनले भनिन् ।
भोलि साँझदेखि वर्षा र हिमपातको सम्भावना भएकाले तापक्रम अझै घट्ने सम्भावना रहेको पनि मौसमविद् मानन्धरले जानकारी दिइन् ।
काठमाडौंमा बिहीबार अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियसकाबीच रहने अनुमान छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश माग गर्दै इप्पान नियमन आयोगमा
-
राष्ट्रको समृद्धि दक्ष र उत्तरदायी इन्जिनियरमा निर्भर : मन्त्री श्रेष्ठ
-
मधेसमा भूमिगत जलसतह २ देखि ३ मिटर घट्यो, ६० प्रतिशतभन्दा बढी हाते पम्प सुक्ने अवस्थामा
-
नेप्से सामान्य अंकले घट्यो, कारोबार रकम ४ अर्ब ५७ करोड रुपैयाँ नाघ्यो
-
एमएसएमईको पुनरुत्थानका लागि बिमा, कर्जा र नीतिगत सुधार आवश्यक : पूर्वअर्थमन्त्री खनाल
-
आगामी तीन दिन भारी वर्षाको सम्भावना, उच्च जोखिम क्षेत्रमा सतर्कता अपनाउन आग्रह