ह्वात्तै घट्यो उपत्यकाको न्यूनतम तापक्रम


काठमाडौं,: काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ह्वात्तै घटेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस मापन भएको छ ।
बुधबार काठमाडौंको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस मापन भएकामा आज ह्वात्तै घटेको मौसमविद प्रतिभा मानन्धरले जानकारी दिइन् ।
’हिजो काठमाडौंको आकाशमा बादल लागिरहेको थियो। त्यसकारण न्यूनतम तापक्रम घट्न पाएन। त्यसको तुलनामा आज कम छ त्यसकारण न्यूनतम तापक्रम घटेको हो,’ मौसमविद् मानन्धरले भनिन् ।
मंगलबार काठमाडौंको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस थियो। त्यसअघि पनि न्यूनतम तापक्रम ४ डिग्री सेल्सियसभन्दा भन्दा केही कम अथवा केही बढी मापन भएको थियो।
मौसमविद् मानन्धरले देशभरिको तापक्रम घट्दो क्रममा रहेको बताइन् ।
’पुसको महिना सबैभन्दा चिसो महिना हो । स्वभाविक रूपमा न्यूनतम तापक्रम घट्छ । माघको दोस्रो÷तेस्रो हप्तापछि लागेपछि न्यूनतम तापक्रम बढ्ने क्रम सुरू हुन्छ,’ उनले भनिन् ।
भोलि साँझदेखि वर्षा र हिमपातको सम्भावना भएकाले तापक्रम अझै घट्ने सम्भावना रहेको पनि मौसमविद् मानन्धरले जानकारी दिइन् ।
काठमाडौंमा बिहीबार अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियसकाबीच रहने अनुमान छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
"बिजुली आफैं उत्पादन गर्नुस्, प्रसारण लाइन पनि आफैं बनाउनुहोस्, अनि बजार पनि आफैं खोज्नुस्" — नेविप्राका कार्यकारी निर्देशक शाक्यको कड्को
-
दोहोरो आइजिन खारेजको माग गर्दै इप्पानको चार निकायमा ध्यानाकर्षण
-
पानीको स्रोत खोज्दै वीरगञ्ज महानगर
-
तनहुँ जलविद्युत आयोजना निर्माणमा प्रगति, समयमै सम्पन्न गराउने लक्ष्य
-
देशभर साधारण बदली, चारवटा प्रदेशका पहाडी भू-भागमा मेघगर्जनसहित वर्षाको सम्भावना
-
अब ढिलो गर्नु भनेको जनताको भरोसा गुमाउनु हो : ऊर्जामन्त्री खड्का