मैलुङ खोला जलविद्युतको ‘लकइन पिरियड’ एक महिनापछि सकिँदै
जलसरोकार
काठमाडौं – मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको २९ लाख ५९ हजार ८७० कित्ता सेयरको लकइन आगामी साउन २६ गतेपछि सकिँदै छ ।
संस्थापक तर्फको २५ लाख ७७ हजार कित्ता, आयोजना प्रभावित स्थानीयको ३ लाख ६८ हजार १४४ कित्ता र कर्मचारी तर्फको १४ हजार ७२६ कित्ता सेयरको लइकन आगामी साउन २६ गतेपछि सकिन लागेको हो ।
पछिल्लो समय सेयरको लइकन सकिनु एक महिना अघि सार्वजनिक रुपमा सूचना जारी गरेर जानकारी गराउनुपर्ने व्यवस्था बमोजिम शुक्रवार कम्पनीले सूचना जारी गरेको हो । यी सेयर कम्पनीले सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको मितिदेखि तीन वर्षसम्म लकइनमा रहने व्यवस्था बमोजिम लकइनमा रहेको हो ।
कम्पनीले सर्वसाधारणमा २०७८ साल साउन २६ गते सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको थियो । आयोजना प्रभावित स्थानीयमा २०७४ साल जेठ १७ गतेदेखि ३१ गतेसम्म आईपीओ विक्री गरेको कम्पनीले त्यसको चार वर्षपछि २०७८ साल साउन १४ गतेदेखि १९ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरेको थियो । लकइन अवधि समाप्त भएपछि कम्पनीको सेयर कारोबार गर्न मिल्नेछ । कम्पनीको सेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना