मैलुङ खोला जलविद्युतको ‘लकइन पिरियड’ एक महिनापछि सकिँदै
जलसरोकार
काठमाडौं – मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको २९ लाख ५९ हजार ८७० कित्ता सेयरको लकइन आगामी साउन २६ गतेपछि सकिँदै छ ।
संस्थापक तर्फको २५ लाख ७७ हजार कित्ता, आयोजना प्रभावित स्थानीयको ३ लाख ६८ हजार १४४ कित्ता र कर्मचारी तर्फको १४ हजार ७२६ कित्ता सेयरको लइकन आगामी साउन २६ गतेपछि सकिन लागेको हो ।
पछिल्लो समय सेयरको लइकन सकिनु एक महिना अघि सार्वजनिक रुपमा सूचना जारी गरेर जानकारी गराउनुपर्ने व्यवस्था बमोजिम शुक्रवार कम्पनीले सूचना जारी गरेको हो । यी सेयर कम्पनीले सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको मितिदेखि तीन वर्षसम्म लकइनमा रहने व्यवस्था बमोजिम लकइनमा रहेको हो ।
कम्पनीले सर्वसाधारणमा २०७८ साल साउन २६ गते सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको थियो । आयोजना प्रभावित स्थानीयमा २०७४ साल जेठ १७ गतेदेखि ३१ गतेसम्म आईपीओ विक्री गरेको कम्पनीले त्यसको चार वर्षपछि २०७८ साल साउन १४ गतेदेखि १९ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरेको थियो । लकइन अवधि समाप्त भएपछि कम्पनीको सेयर कारोबार गर्न मिल्नेछ । कम्पनीको सेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सुनको भाउले बनायो नयाँ कीर्तिमान, प्रतितोला २ लाख ६० हजार नाघ्यो
-
पाँचखाल खानेपानी आयोजना अन्तिम चरणमा
-
विद्युत् विस्तारमा ढिलाइ हुँदा ‘उज्यालो गण्डकी’ घोषणा पछाडि
-
चिसो अत्यधिक बढेसँगै विद्युत् उत्पादनमा भारी कटौती
-
काबेली-३ जलविद्युत आयोजना अन्तिम चरणमा, चैतको सुरुवातमै विद्युत उत्पादनको लक्ष्य
-
सेयर बजार २६ सयभन्दा तल झर्यो, कारोबार रकम भने केही बढ्यो