सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का पूर्वाधार इप्पान ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

जलसरोकार
सोमबार, कात्तिक २४, २०८३ | ०९:१४:५५ बजे

 

काठमाडौं : नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी २४ घण्टामा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने देशका बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।

आज दिउँसो हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने र हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ। बाँकी भू–भागमा भने मौसम मुख्यतया सफा रहनेछ।

त्यसैगरी, आज राति पनि हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। तराई, उपत्यका तथा खोँचका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको विभागले जनाएको छ। यसका कारण ती क्षेत्रमा बिहानको समयमा सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनुपर्ने देखिन्छ।

रातिको समयमा कोशी र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। अन्य क्षेत्रको मौसम भने मुख्यतया सफा रहने अनुमान गरिएको छ।

विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यही मौसमी प्रणालीका कारण विशेषगरी हिमाली क्षेत्रमा बादल लाग्ने तथा केही स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना देखिएको हो।

प्रकाशित मिति : सोमबार, कात्तिक २४, २०८३ | ०९:१४:५५ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया