ऊर्जा मन्त्री सहसचिवहरुको सरुवा गरेको गर्यै, सचिवहरु हेरेको हेर्यै
जलसरोकार
काठमाडौं : ऊर्जा मन्त्री दीपक खड्काले सरुवा गरेका सहसचिवहरुले सरुवा गरिएको ठाउँमा जान नपाउँदै पुनः दुई सहसचिवको सरुवा गरेका छन् ।
गत वैशाख २६ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार विद्युत् विकास विभागका सहसचिव सागरराज गौतमलाई ऊर्जा मन्त्रालयको वैदेशिक सहायता महाशाखामा सरुवा गरिएको थियो । वैदेशिक सहायताका सहसचिव जीवछ मण्डललाई बूढीगण्डकी लगिएको थियो ।
मण्डलले आज शुक्रबार मात्र सरुवाको पत्र पाए । तर उनी बूढीगण्डकी जान आलटाल गरिरहेको मन्त्रालय स्रोतले बतायो । उता जल तथा ऊर्जा आयोग सचिवालयका सहसचिव डा. महेश्वर श्रेष्ठलाई नौमुरे पठाइएको थियो र उनको ठाउँमा मन्त्रालयको ऊर्जा महाशाखाका सहसचिव सन्दीपकुमार देवलाई लगिएको छ। डा. श्रेष्ठ भने नौमुरे जान नचाहेको र बूढीगण्डकी जान चाहेको, मण्डल बूढीगण्डकी जान नचाहेकाले सरुवा भएका सहसचिवहरुले बस्ने ठाउँ पाएका छैनन् ।
सुरुमा गौतमलाई मण्डलको ठाउँमा सरुवा गरे पनि वैशाख ३० गतेको निर्णयअनुसार उनलाई ऊर्जा महाशाखामा सरुवा गरिएको छ । बूढीगण्डकीबाट ऊर्जा महाशाखामा ल्याइएका सहसचिव चिरञ्जीवी चटौतलाई भने मण्डलको ठाउँमा लगिएको छ ।
मन्त्री खड्काले दुई महिना पनि नबित्दै मन्त्रालय र सिंचाई विभागका सहसचिव तथा उपसचिवहरु हेराफेरी गर्दै आएका छन् । सिंचाई विभागका महानिर्देशक सञ्जीव बराललाई हटाई देवराज निरौलालाई लगिएको थियो । उनलाई दुई महिना नबित्दै पुनः बराललाई महानिर्देशक बनाइएको थियो ।
त्यसैगरी सिंचाई विभागअन्तर्गतका विभिन्न आयोजनाहरुमा सहसचिवको दरबन्दी भएका ठाउँमा मन्त्री खड्काले उपसचिवलाई पठाएका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा
-
तराईका केही स्थानमा कुहिरो, पहाडी–हिमाली क्षेत्रमा आंशिक बदली
-
सुनचाँदीको मूल्य बढेर ऐतिहासिक उच्च बिन्दुमा पुग्दै
-
माघका लागि वाणिज्य बैंकहरूको ब्याजदर घट्यो