ऊर्जा मन्त्री सहसचिवहरुको सरुवा गरेको गर्यै, सचिवहरु हेरेको हेर्यै
जलसरोकार
काठमाडौं : ऊर्जा मन्त्री दीपक खड्काले सरुवा गरेका सहसचिवहरुले सरुवा गरिएको ठाउँमा जान नपाउँदै पुनः दुई सहसचिवको सरुवा गरेका छन् ।
गत वैशाख २६ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार विद्युत् विकास विभागका सहसचिव सागरराज गौतमलाई ऊर्जा मन्त्रालयको वैदेशिक सहायता महाशाखामा सरुवा गरिएको थियो । वैदेशिक सहायताका सहसचिव जीवछ मण्डललाई बूढीगण्डकी लगिएको थियो ।
मण्डलले आज शुक्रबार मात्र सरुवाको पत्र पाए । तर उनी बूढीगण्डकी जान आलटाल गरिरहेको मन्त्रालय स्रोतले बतायो । उता जल तथा ऊर्जा आयोग सचिवालयका सहसचिव डा. महेश्वर श्रेष्ठलाई नौमुरे पठाइएको थियो र उनको ठाउँमा मन्त्रालयको ऊर्जा महाशाखाका सहसचिव सन्दीपकुमार देवलाई लगिएको छ। डा. श्रेष्ठ भने नौमुरे जान नचाहेको र बूढीगण्डकी जान चाहेको, मण्डल बूढीगण्डकी जान नचाहेकाले सरुवा भएका सहसचिवहरुले बस्ने ठाउँ पाएका छैनन् ।
सुरुमा गौतमलाई मण्डलको ठाउँमा सरुवा गरे पनि वैशाख ३० गतेको निर्णयअनुसार उनलाई ऊर्जा महाशाखामा सरुवा गरिएको छ । बूढीगण्डकीबाट ऊर्जा महाशाखामा ल्याइएका सहसचिव चिरञ्जीवी चटौतलाई भने मण्डलको ठाउँमा लगिएको छ ।
मन्त्री खड्काले दुई महिना पनि नबित्दै मन्त्रालय र सिंचाई विभागका सहसचिव तथा उपसचिवहरु हेराफेरी गर्दै आएका छन् । सिंचाई विभागका महानिर्देशक सञ्जीव बराललाई हटाई देवराज निरौलालाई लगिएको थियो । उनलाई दुई महिना नबित्दै पुनः बराललाई महानिर्देशक बनाइएको थियो ।
त्यसैगरी सिंचाई विभागअन्तर्गतका विभिन्न आयोजनाहरुमा सहसचिवको दरबन्दी भएका ठाउँमा मन्त्री खड्काले उपसचिवलाई पठाएका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना