आगामी दशकमा ३० हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य
जलसरोकार
काठमाडौं : सरकारले आगामी दशकमा ३० हजार मेगावाट विद्युत उत्पादन गर्ने महत्त्वाकांक्षी लक्ष्य अघि सारेको छ । उक्त लक्ष्य हासिल गर्न वातावरण तथा वनसम्बन्धी कानुनमा आवश्यक संशोधन गर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ऊर्जा क्षेत्रलाई राष्ट्रिय प्राथमिकतामा राखिएको स्पष्ट पारेका हुन् ।
नीति तथा कार्यक्रममा जलविद्युत् तथा ऊर्जा पूर्वाधार विकासलाई तीव्रता दिन कानुनी, प्रशासनिक तथा प्रक्रियागत अवरोध हटाइने उल्लेख छ । साथै, ठूला जलविद्युत् आयोजनामा स्थानीय प्रभावितलाई सेयर (लगानी हिस्सा) उपलब्ध गराउने व्यवस्था विस्तार गरिने सरकारको योजना छ ।
सरकारले ऊर्जा उत्पादन बढाएर निर्यातमुखी अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको पनि नीति तथा कार्यक्रममा उल्लेख छ । यसका लागि निजी तथा वैदेशिक लगानीलाई आकर्षित गर्न लगानीमैत्री वातावरण बनाइने सरकारको भनाइ छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
साताको अन्तिम कारोबार दिन नेप्से ११.७७ अंकले बढ्यो, कारोबार रकम घट्यो
-
फोहरमैला व्यवस्थापन विधेयक कार्यान्वयनमुखी बनाउन सांसद न्यौपानेको जोड
-
बबई लिफ्टिङ आयोजना छिटो सक्न तुलसीपुरवासीको हारगुहार
-
४१० मेगावाट प्रणालीबाहिर, हिउँद व्यवस्थापनमा प्राधिकरणको तयारी
-
डेढ दशकपछि परीक्षण उत्पादनमा पुग्यो राहुघाट जलविद्युत् आयोजना
-
देशभर बदली, कोशीदेखि लुम्बिनीका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना