१४.११ अंकले बढ्यो सेयर बजार, हाइड्रोपावरमा आज ०.७१ ले वृद्धि
जलसरोकार
काठमाडौं: मंगलबार सेयर बजार २६२६ अंकमा पुगेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १४.११ अंक बढेको हो । कारोबार भइरहँदा दिउँसो १२ ः २५ बजे नेप्से २६४५ अंकसम्म पुगेको थियो ।
कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ४ अर्ब ४३ करोडको कारोबार भएकोमा आज ५ अर्ब २० करोडको भयो । १६७ कम्पनीको मूल्य बढ्दा ७१ को घट्यो भने ६ को स्थिर रह्यो ।
उत्पादन समूह २.३२ प्रतिशत तथा व्यापार ०.४५ प्रतिशत घटे । यी बाहेक सबै सेक्टरका सूचक बढेका छन् । विकास बैंक सबैभन्दा धेरै १.७५ प्रतिशत बढ्यो । बैंकिङ ०.७६, फाइनान्स १.६२, होटल तथा पर्यटन ०.९४, हाइड्रोपावर ०.७१, लगानी ०.९६, जीवन बीमा ०.२८, माइक्रोफाइनान्स ०.९५, निर्जीवन बीमा ०.५६ र अन्य ०.४९ प्रतिशत बढे ।
आत्मनिर्भर लघुवित्त, गुराँस लघुवित्त र सामुदायिक लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । न्यादी हाइड्रोपावरको ८.६, सप्तकोशी विकास बैंकको ७.५ प्रतिशत बढ्यो ।
सपोर्ट माइक्रोफाइनान्सको १०, जानाकी फाइनान्सको ८ तथा युनिलिभर नेपालको ७.२ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा जानाकी फाइनान्स, जोशी हाइड्रोपावर, नेपाल फाइनान्स, माउन्टेन इनर्जी नेपाल र न्यादी हाइड्रोपावर क्रमशः अगाडि रहे ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढी : त्रिशूली– थ्री 'बी' जलविद्युत्को सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली
-
भोटेकोशी बाढीले जलविद्युत् आयोजनामा ठूलो मानवीय संकट, अझै ८९८ जना सम्पर्कविहीन
-
सुन र चाँदीको मूल्यमा भारी गिरावट,आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
भोटेकोशी बाढीपछि खोज र उद्धारलाई उच्च प्राथमिकता दिएका छौँ : मन्त्री श्रेष्ठ
-
माथिल्लो त्रिशूली–३ ‘बी’मा उद्धार प्रयास अघि बढ्यो, सीईओसहित ३ कर्मचारी र १६ सैनिक घटनास्थलमा
-
पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार