महाधिवेशन ०८४ को चुनावपछि गरे हुन्छ भनेर केही नेताहरूले बोलिदिनुभएको छ, तर त्यो गर्नै मिल्दैन : महामन्त्री थापा
जलसरोकार
काठमाडौं,: नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १५ औं महाधिवेशन समयमै गर्नेबारे छलफल भइरहेको बताए ।
पार्टीको काठमाडौं महानगरपालिका वडा नम्बर ७ को शनिबार आयोजित सम्मेलनमा बोल्दै महामन्त्री थापाले भने, ’०८४ को चुनावपछि महाधिवेशन गरे हुन्छ भनेर केही नेताहरूले बोलिदिनुभएको छ, त्यसले महाधिवेशन केही पछि जान्छ कि भन्ने धेरैलाई लाग्छ, तर त्यो गर्नै मिल्दैन । महाधिवेशन सार्न संविधानले पनि दिँदैन, एक महाधिवेशनबाट अर्को महाधिवेशन बीच जति तन्काए पनि साढे ५ वर्षभन्दा अघि जान मिल्दैन ।
पूर्वमहामन्त्री शशांक कोइराला र केन्द्रीय सदस्य नारायण खड्काले महाधिवेशन ०८४ को आमचुनावपछि गरे पनि हुने धारणा राखेका थिए । उक्त धारणालाई उल्लेख गर्दै महामन्त्री थापाले महाधिवेशनबाट आएको नेतृत्वको अगुवाइमा पार्टी ०८४ को चुनावमा जाने बताएका हुन् ।
कांग्रेसको १४ औं महाधिवेशन २०७८ मंसिरमा भएको थियो। २०८२ मंसिरभित्र नियमित महाधिवेशन हुनुपर्छ । विधानमा विशेष परिस्थितिमा सभापतिलाई एक वर्ष कार्यकाल थप गर्ने सुविधा पनि छ ।
कांग्रेसले चैतभित्र क्रियाशील सदस्यता नविकरण गरिसक्ने र त्यसपछि नयाँ क्रियाशील बाँड्ने तयारी गरेको छ। वडादेखि केन्द्रीय महाधिवेशनसम्म आइपुग्न करिब एक वर्ष लाग्ने भएकाले कांग्रेसले नियमित महाधिवेशन गर्न नसक्ने देखिन्छ। तर महामन्त्री थापाले जतिसक्दो छिटो महाधिवेशन गर्नेगरी पार्टीमा छलफल भइरहेको बताएका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेपाल-भारत ऊर्जा सहकार्यले मार्यो नयाँ फड्को, सीमापार विद्युत् व्यापार क्षमता १६५० मेगावाटसम्म विस्तार हुने
-
काठमाडौंका अव्यवस्थित तार हटाउने फेरि घोषणा, अन्तिम समयसीमा भने अझै छैन
-
बाढीले क्षति पुर्याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द
-
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
-
चार दिनको गिरावटपछि नेप्सेमा सुधार, परिसूचक ६.११ अंकले बढ्यो
-
नेपालको जलविद्युत् : सही दिशामा सरकार कि नीतिगत अलमल?