प्राकृतिक खेतीको उद्देश्यः
प्राकृतिक खेतीको उद्देश्य खेतीयोग्य जग्गाको माटोको उर्वरता बढाउन समृद्ध जैविक विविधताको निर्माण, स्वस्थ मानव जीवनको विकास, पर्यावरण संरक्षणमा सहयोग भूजल स्तरमा वृद्धि, खाद्य सुरक्षा तथा पोषण सुरक्षाको साथै उत्पादन लागत कम गर्ने हो ।
प्राकृतिक खेती नामैबाट बुझिन्छ कि प्रकृतिलाई ध्यानमा राखेर खेती गर्नुपर्छ । रासायनिक खेतीबाट प्रकृतिलाई जुन हानी भएको छ । त्यसको परिपूर्ति गर्न प्रयास गर्नुपर्छ । जमिन, जल, जनावर र जङ्गलको स्थितिमा सुधार ल्याउनुपर्छ । रासायनिक पेस्टिसाइड, बिडिसाइड र माटोमा हाल्ने विषादिलगायत सबै प्रकारको रासायनिक विषादिको प्रयोग बन्द गर्नुपर्छ । रासायनिक मलको रुपमा युरिया मलको प्रयोगमा न्यूनीकरण गर्दै माटोको जैविक कार्बन एक प्रतिशतभन्दा बढी भएमा रासायनिक मलको प्रयोग पनि पूर्ण रुपमा बन्द गर्नुपर्ने अवस्था आउँछ ।
खेतीयोग्य जग्गाको जैविक विविधता र उर्वरतामा वृद्धि गर्ने विषयः
सर्वप्रथम रासायनिक विषादि थाइमेट, फोरेट, क्लोरोपोरिफसलगायत विषादिहरुको साथै फसलमा छर्किने रासायनिक विषादिको प्रयोग पूर्ण रुपमा बन्द गर्नुपर्दछ । माटोमा दिमक देखिना साथ यसलाई मार्नुपर्छ भने आम किसानको धारणा रहेको छ । यो एउटा मनोवैज्ञानिक सोच हो । जबकि दिमकले फसलको अवशेषलाई डिकम्पोज गर्छ । यसले सफलको मृत सेललाई मात्र खाने गर्दछ । दिमक हाम्रो शत्रु जीवाणु नभई मित्रजीवानु अन्तर्गत पर्छ ।
दीमक दीमक को घर
दिमकले पानी नजम्ने भाग बगैचाहरूमा ठूलो–ठूलो माटोको घर बनाएको हुन्छ । दिमकलाई मार्न प्रयोग गर्ने विषादिले आँखाले देख्ने र नदेख्ने जीवाणुसमेतलाई मार्ने गर्दछ । हामीलाई चाहिने हाम्रो लाभदायक जीवाणुहरु नष्ट भएर जान्छ । माटोको जैविक गुण (Biological Properties) समाप्त हुनासाथ भौतिक गुण (Physical Properties) को साथै रासायनिक (Chemical Properties) गुण मा पनि ह्रास आउँछ । माटोमा लाभदायक जीवाणु (Positive Pathogens) को कमी हुनासाथ हानिकारक जीवाणु (Negative Pathogens) को बोलवाला हुन्छ । यसले गर्दा फसलमा लाग्ने ८० प्रतिशत रोगले बढावा पाउँछ । यसलाई अनएरोबिक रोग भनिन्छ । यी रोगहरू पेस्टिसाइड, इन्सेक्टिसाइड लगायत अन्य विषादिको प्रयोगबाट ठीक हुन सक्दैन । तर किसानहरू स्थानीय पसल वालासँग सोधपुछ गरी पेस्टिसाइड, इन्सेक्टि साइडजस्ता विभिन्न केमिकल विषादिको प्रयोग गरिरहेको हुन्छ । यी केमिकलहरूबाट यस्ता रोगमाथि नियन्त्रण गर्न सक्दैन । यसको लागि माटोमा लाभदायक जीवाणु बढाउनुपर्छ । लाभदायक जीवानुको प्रचूरताले हानिकारक जीवाणु केही गर्न सक्दैन र माटोसम्बन्धी करिब ८० प्रतिशत रोग घटेर जान्छ । माटोबाट हुने अनएरोवीक ८० प्रतिशत रोग फसलमा लाग्दैन । लाभदायक जीवाणुको निर्माण किसानले आफै गर्न सक्दछ । थोरै लगानीमा धेरै लाभ लिन सकिन्छ ।
लाभदायक जीवाणु निर्माण विधिः
यो असंख्य सङ्ख्यामा एउटा घोलसँग तयार हुन्छ । यो खेतबारीको लागि एउटा खेतबारी अमृत घोल हो । यसको प्रयोग विधिवत रुपमा प्रयोग गर्दा खेतबाट खाद्य सुरक्षाको साथै पौष्टिक सुरक्षासहितको उत्पादन लिन सकिन्छ । भारतमा यसलाई जीवामृत पनि भनिन्छ तर नाम जीवको अमृत भनी सुहाउँदैन । यसले खेतबारीमा अमृतसरह काम गर्दछ तसर्थ यसलाई खेतबारी अमृत घोल भन्न बढी सुहाउँछ ।
लाभदायक जीवाणु अहिले हाम्रो खेतमा छैन वा छ भने भन्ने अति न्यून छ । यो अवस्था रासायनिक विषादि प्रयोग भएको कारण भएको हो । हाम्रो माटोको लागि चाहिने जीवाणु जङ्गलको माटोमा हुन्छ । त्यहाँ कसैले विषादिको प्रयोग गर्दैन । यस्तो अवस्थामा पनि वनस्पतिहरू स्वस्थ अवस्थामा हुन्छन् ।
लाभदायक जीवाणुको व्यवस्थाको लागि जङ्गलमा बढी ह्युमस भएको ठाउँबाट पाँच केजी माटो ल्याउनुपर्छ । १० ग्राम माटोमा नदेखिने करोडौं जीवाणु हुने सम्भावना हुन्छ । त्यसपछि पाँच केजी भेली वा चिनी र पाँच केजी आटाको व्यवस्था गर्नुपर्दछ । अब २०० लिटर कोड्रममा पानीभरि यी सबै माटो चिनी वा भेली र आँटा हरू ड्रममा हाल्नुपर्छ । यस ड्रममा २०० लिटर खेतबारी अमृत घोल तयार हुन्छ । अर्थात १० के.जी. मध्ये ५ के.जी. भन्दा वढि आटा हाल्नु हुदैन । बाँकी ५ के.जी. चिनी वा भेली हुनुपर्छ ।
यी ड्रमको पानीलाई दैनिक करिब दुई मिनेट तलमाथि गर्नुपर्छ । यसले गर्दा पानीमा अक्सिजनको मात्रा बढेर जान्छ । जीवाणुहरु पानीको अक्सिजन ग्रहण गर्ने हुनाले यसरी पानीलाई तल माथि गर्नुपर्छ ।
१५ दिनपछि पुन समान मात्रामा भेली वा चिनी र आटा ड्रममा हाल्नुपर्छ । त्यसपछि प्रत्येक १०–१० दिनमा दुई केजी भेली वा चिनी र २ केजी आटा पानीमा मिलाउनुपर्छ । १५–२० दिनको अन्तरालमा दुई दिन पानीलाई तल माथि गर्न बन्द गर्नुपर्छ । यस्तो अवस्थामा कुनै कालो फिज पानी माथि आएमा त्यसलाई बाहिर फाल्नुपर्छ यो माटोमा भएको हानिकारक जीवाणु हो । पानीको सतहको परत पूर्ण सफेद भएमा यसमा हानिकारक जीवाणु छैन भनी अनुमान गर्न सकिन्छ ।
लाभदायक जीवाणु हानिकारक जीवाणु
दुई महिनापछि यस घोलमा भेलीको प्रयोग बढी भएमा ड्रमको घोल मौसमीको जुसजस्तो देखिन्छ । चिनी र आँटाको बढी प्रयोग भएमा ड्रमको घोल सेतोजस्तो देखिन्छ । दुई महिनापछि ड्रमको घोलमा माटोको जीवाणु अर्बौंको सङ्ख्यामा वृद्धि भइसकेको हुन्छ ।
यस्ता खेतबारी अमृत घोल बनाउने अनेकौं विधिहरू छन् । मनपर्ने विधि प्रयोग गर्न सकिन्छ । उपरोक्त विधिबाट खेतबारी अमृत घोल बनाउन बनेको सफलतम प्रयोग गरिसकेको छु । योबाहेकको विधिहरु मलाई तार्किक नलागेकाले त्यसको सिफारिस गर्ने अवस्थामा म छैन ।
उक्त ड्रमको २० लिटर घोललाई १०० लिटर पानीमा मिसाए बर्षातको बेलामा रोपाईंभन्दा पहिला छर्नुपर्छ । बर्सातमा एक वा दुईपटक छरे वर्षाभरिको लागि पुग्छ । जग्गाअनुसार उक्त घोल बनाउनुपर्छ र छर्नुपर्छ । हामी जग्गाअनुसार चाहिने खेतबारी अमृत घोलको लागि चिनी वा भेली र आँटा गरी दुई महिनापछि प्रयोग गर्नुपर्छ । यसलाई वर्षातमा खेतमा पानी भएको बेला खेतमा हाल्दा राम्रो मानिन्छ । जीवाणुलाई चारैतिर फैलिन सजिलो हुन्छ । खेतमा पानी नभएको बेला तर नमी (हल्का पानीले भिजेको) भएको बेला खेत जोत्नुपर्दा यी खेतबारी अमृत घोललाई सुख्खा गोबरको चूर्णमा मिसाई खेतमा छरेर जोताई गर्न सकिन्छ । माटोमा देखिने गड्यौलाजस्ता आँखाले देखिने अनेकौ जीवानु उपस्थित भएमा माटोको भौतिक गुण, जैविक गुण, रासायनिक गुण तथाउर्वरतामा वृद्धि भइरहेको बुझिन्छ ।
खेतमा लाभदायक जीवाणु वृद्धि गर्नमा कार्वनिक पदार्थको महत्वपूर्ण भूमिकाः
खेतमा जति पनि जीवाणुको व्यवस्था भए पनि कार्बनिक पदार्थको कमी भएमा जीवाणु संख्या वृद्धिमा कमी आउँछ । कार्बनिक पदार्थ र जीवाणुहरूको आवश्यकताअनुसार व्यवस्था गर्दै खेतको जीवांश कार्बन एक प्रतिशतभन्दा माथि ल्याउनुपर्दछ । अहिले किसानको घरमा गाईवस्तु नभएर त्यसको मलमूत्र छैन । फसलको अनाज घर भित्र्याउँछ । फसल अवशेषमा आगो लगाउँछ । यसले गर्दा आवश्यक कार्बनिक पदार्थको व्यवस्था भएन । पर्याप्त जीवांश कार्बनको लागि पर्याप्त जीवाणु र पर्याप्त कार्बनिक पदार्थ व्यवस्था गर्नुपर्छ । गाइवस्तु नभएमा फसलको अवशेषलाई खेतमा नै व्यवस्थापन गर्नुपर्छ । खेतमा हुने अन्य बायोमास र रुखबिरुवाका पातहरू कार्वनिक पदार्थको रूपमा काम गर्दछ ।
कार्बनिक पदार्थ
योसँगै दलहनको खेती गर्नुपर्छ । दलहनको बिरुवा नाइट्रोजन फिक्सिङ प्लान्ट हो । मुँगीको खेतीबाट प्रतिहेक्टर ३० केजी भन्दा बढी नाइट्रोजन प्राप्त हुन्छ । बायोमासको रूपमा पर्याप्त कार्बनिक पदार्थ प्राप्त हुन्छ ।
बेलाबेलामा ढौंचाको खेती पनि गर्नुपर्छ । यसले प्राकृतिक नाइट्रोजन वायुमण्डलमा रहेका ७८ प्रतिशत नाइट्रोजनबाट प्राप्त गरी माटोमा पु¥याउँछ । यसरी हरियो मलको व्यवस्था भए जीवनुको संख्यामा पर्याप्त वृद्धि भएर जान्छ ।
कार्बनिक पदार्थको लागि तिलको खेती पनि गर्न सकिन्छ । जीवाणुको संख्यामा प्राप्त वृद्धि हुँदै जाने र पहिलाको जीवाणु मर्दै जाने अवस्थाले प्रयाप्त जीवांश प्राप्त हुन्छ । जीवाणु लाखौं प्रकारको हुनसक्छ । अहिले वैज्ञानिकले पत्ता लगाएको १७ पौष्टिक तत्त्वभन्दा बढी पौष्टिक तत्व उक्त जीवाणुमा हुन सक्छ । जीवाणुका पौष्टिक तत्वहरू फसलले प्राप्त गर्छ र संतुलित पौष्टिक तत्वको खाद्यान्न उत्पादन हुन्छ ।
माटोको जैविक विविधता र उर्वरतामा वृद्धिः
माथि लाभदायक जीवाणुसहितको खेतबारी अमृत घोल बनाउन जान्यौं । जीवाणुको भोजनको लागि पर्याप्त कार्वनिक पदार्थको व्यवस्थाबारे छलफल ग¥र्यौ । साथै खेतमा सबै रासायनिक विषादि प्रयोगमा रोक लगायौं । यी अवस्थामा विषादिको कारण हाम्रो खेतमा आँखाले देख्ने र नदेख्ने भएका जीवाणुहरू मर्ने अवस्था आएन । खेतबारी अमृत घोलको प्रयोगले र पर्याप्त कार्वनिक पदार्थको व्यवस्थाले गर्दा खेतमा आँखाले देख्ने र नदेख्ने जीवाणुमा वृद्धि हुन स्वाभाविक हो । यसरी माटोको जैविक विविधतामा वृद्धि हुन्छ । यसले गर्दा पहिलाको जीवाणुहरु मर्ने भएर जीवांश कार्वनमा वृद्धि हुने भयो । जीव, जीवांश र कार्बनको मिश्रणलाई ह्युमस भनिन्छ ।
एक हेक्टर जग्गामा २०० क्विन्टल ह्युमस भएमा एक प्रतिशत जीवांश कार्बन भएको बुझिन्छ । भारतमा अहिले ०.३ प्रतिशत औसत जीवांश कार्बनमा झरिसकेको छ । एक वा त्योभन्दा बढी प्रतिशत जीवांश कार्बन भएसम्म उत्पादनलाई घट्न नदिनको लागि युरियाको प्रयोग गरिराख्नुपर्छ । अन्य रासायनिक मलको आवश्यक पर्दैन । पचासौँ वर्षदेखि डीएपी हाली प्रयोग गरिरहेका छौ । फासफेटको ३० प्रतिशत मात्र फस्फोरसको रूपमा प्रयोग हुन्छ । बाँकी जमिनमा नै अघुलनशील फस्फेटको रुपमा बस्छ । यी अघुलनशील फास्फेट लाई खेतबारी अमृत घोलको जीवाणुहरुले घुलनशील फास्फोरसमा परिणत गर्दछ । तसर्थ उत्पादन घट्न नदिनको लागि युरिया मात्र प्रयोग गर्नुपर्दछ । माटोको जीवांश कार्बन बढ्दै जाँदा युरिया प्रयोगमा कमी गरे हुन्छ । एक प्रतिशतभन्दा बढी जीवांश कार्बन भएमा युरियाको आवश्यकता पर्दैन । रासायनिक खेतीमा हुने उत्पादन सरहको उत्पादन प्राकृतिक खेतीबाट पनि हुन जान्छ । साथै प्रतियुनिट उत्पादन लागत पनि घटेर जान्छ । यसले खाद्यान्न सुरक्षाको साथै पोषण सुरक्षासमेत दिन्छ । यो अवस्थासम्म पुग्दा खेतमा पहिला जस्तो जोताई गर्ने संख्या र पानीको मात्रा पनि घटेर जान्छ । प्राकृतिक खेतीमा जति जोताई कम गर्यो, जति कभर क्रोप गरियो त्यति नै जीवांश कार्बनमा वृद्धि हुँदै जान्छ । खेतीको लागतमा कमी नै किसानको आम्दानीमा वृद्धि हो । आजभोलि गाउँघरमा गाइवस्तुको कमी भएको छ । गाइवस्तु नभएको किसान, कम्पोष्ट मल बनाउन नसक्ने किसान, वर्मी कम्पोष्ट (गड्यैला भएको) को लागि पा अन्य कुनै किसिमको खर्च नगरीकन प्राकृतिक खेती गर्न सकिन्छ । यसको पाइलट परियोजनाबारे पछिको लेखमा बताउनेछु । यहाँ माटोको उर्वरता बढाउन कहीं पनि पशुको मलमूत्र, कम्पोस्ष्ट वा वर्मी कम्पोष्टको चर्चा नगरीकन प्राकृतिक खेतीको अवधारणा प्रस्तुत गरेको छु ।
निष्कर्षः
रासायनिक विषादिको प्रयोग बन्द गरी माटोमा खेतबारी अमृत घोलले जीवाणुको मात्रा बढाउँछ । जीवाणु तथा कार्बनिक पदार्थको व्यवस्था गर्दै माटोको जीवान्स कार्बन एक प्रतिशतभन्दा बढी लैजानुपर्छ । यस अवस्थामा रासायनिक मल प्रयोग नगरे पनि उत्पादनमा कमी आउँदैन । प्राकृतिक खेतीले पोषण सुरक्षाको साथै खाद्यान्न सुरक्षा समेत दिन्छ ।
बाढीले क्षतिग्रस्त बिपी राजमार्ग : चार खण्डमा पुनर्निर्माण हुँदै
बुधबार जलविद्युत्मा आकर्षण देखियो सेयर बजार
जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण
भीम रावलको टिप्पणी : आफ्नो भक्त गभर्नर नियुक्त गर्न मापदण्ड हटाउने निर्णयलाई अदालतले रोक्यो
सुनको मूल्य निरन्तर उकालो : आज तोलाको रू एक लाख ८७ हजार कायम
पाकिस्तानको ८५ औं राष्ट्रिय दिवस