अक्सफाम नेपालको सहयोगमा राष्ट्रिय वातावरण तथा सम विकास समाज (निड्स) नेपाललगायत संस्थाको सहकार्यमा शुक्रबारदेखि सुरु भएको सम्मेलनमा आज नेपाल, भारत र बङ्गलादेशका करिब १५० जनाको सहभागितामा जलयात्रा आयोजना गरिएको हो ।
निड्स नेपालका परियोजना संयोजक आरती अवस्थीले अन्तरदेशीय सम्बन्ध सुधार र महाकालीमा जलपर्यटन विकास र प्रवद्र्धनका लागि जलयात्रा कार्यक्रम आयोजना गरिएको बताए । “हाम्रो संस्था समेतको सहकार्यमा सञ्चालित दक्षिण एसियाका साझा सिमाना नदीहरूसँग सम्बन्धित जलस्रोत प्रवद्र्धन र सहकार्यका लागि सञ्चालित ट्रोसा परियोजनाअन्तर्गत जलवायु उत्थानशीलता, सीमावर्ती नदीमा सहकार्यका लागि गरिएका प्रयास तथा जल सु–शासनमा महिला र युवाको सहभागितालगायत विषयमा छलफल गर्न यहाँ सम्मेलन आयोजना गरिएको छ ।
त्यसै क्रममा महाकाली नदीमा जलपर्यटन प्रवद्र्धनका लागि सन्देश दिने उद्देश्यले तीनै देशका प्रतिनिधिसहित जलयात्रा आयोजना गरेका हौँ”, उनले बताए ।
कार्यक्रममा सहभागी नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज ९नारा० का निवर्तमान अध्यक्ष शिव अधिकारीले जलपर्यटनका दृष्टिले विश्वप्रसिद्ध महाकाली नदीमा जलयात्रा प्रवद्र्धनका लागि यो अभियान महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । उनले भारतीय पक्षसँगको समन्वयमा तीनै तहका सरकारले सहकार्य गरी महाकाली नदीको पर्यटकीय सम्भावनाको सदुपयोग गर्न आवश्यक रहेको सन्देश प्रवाह गर्न आजको जलयात्रा कार्यक्रम उपयोगी भएको बताए ।
“महाकाली नदीमा साहसिक गतिविधि, यसको सांस्कृतिक महत्व र सम्भावनालाई विश्वभर प्रचार गर्ने कार्यमा हामी सबै जुट्न आवश्यक छ । यसबाट स्थानीय समुदायलाई रोजगारीका अवसर र आर्थिक प्रगतिमा टेवा पुग्नेछ”, अधिकारीले भने,“महाकाली नदी सुदूरपश्चिम प्रदेशको एक अमूल्य वरदानका रूपमा विकसित हुनसक्ने थुप्रै सम्भावना छन् । यसको अद्भुत प्राकृतिक सौन्दर्य र साहसिक गतिविधिहरूले पर्यटकलाई आकर्षित गर्न सकिन्छ । तीन देशका युवाहरू सम्मिलित आजको कार्यक्रमले पनि एउटा सन्देश प्रवाह भएको छ । यस्तै गतिविधिका साथ यहाँ पर्यटन सम्भावनाहरूको पूर्ण उपयोगका लागि प्रचारप्रसारमा जुट्न आवश्यक छ ।”
शुक्रबारदेखि सुरु भएको तीनदिने सम्मेलन सीमावर्ती नदी महाकालीमा देखिएका साझा समस्या र तिनको समाधानका लागि कानुनी र समुदायस्तरबाट गरिएका प्रयासबारे छलफल, जलवायु परिवर्तनबाट देखिएका असर र ती असर न्यूनीकरणका लागि गरिएका नवीनतम् प्रयास, जीविकोपार्जनमार्फत महिला सशक्तीकरणका उपायबारे विमर्श र जलयात्रामार्फत पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने ध्येयले सम्मेलन आयोजना गरिएको आयोजकले जनाएको छ । सम्मेलनमा नेपाल, भारत र बङ्गलादेशका युवाहरूको सहभागिता रहेको छ । (रासस)
सेयर बजारमा सामान्य अङ्कको गिरावट
सिंचाईंको महशुल नबुझाउने पालिकाको प्राधिकरणले काट्यो लाइन, मर्कामा किसान
रुपाताल संरक्षणसम्बन्धी काम समयमा सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राष्ट्र बैंकले २० दिनका लागि बुधबार ३५ अर्बको तरलता खिच्दै
नुप्चे लिखु (५७.५ मेगावाट) को निर्माण ८३ प्रतिशत पूरा
एकैदिन २२ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?