संसद बैठक बहिस्कार गरेर बाहिरिए रास्वपाका सांसद
जलसरोकार
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद संसद बैठक बहिस्कार गरेर बाहिरिएका छन् ।
लामो समयसम्म पनि उभिएरै उनीहरुले बिरोध जनाउँदा पनि सभामुखले बोल्ने मौका नदिएपछि उनीहरु बैठक बहिस्कार गरेर बाहिरिएका हुन् ।
दिउँसो १ बजेदेखि बैठक सुरु भए पनि रास्वपाका सांसदले करिव आधा घण्टा उभिएरै बिरोध जनाएका थिए । सभामुखले धेरै पटक बस्नका लागि आग्रह गर्दा पनि नमानेपछि बस्नका लागि आदेश समेत दिएका थिए ।
तर, रास्वाका सांसदले विशेष समय माग्दै बोल्न पाउनुपर्ने अडान लिएर उभिएरै बिरोध जनाएका थिए ।
सभामुखले रास्वाका सांसदलाई बोल्न नदिएरै कार्यसूची अनुसार बैठक अघि बढाएपछि रास्वपाका सांसद बैठक बहिस्कार गरेर बाहिरिएका हुन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना