राप्रपा नेपालले बोलायो केन्द्रीय कार्य सम्पादन समितिको बैठक
जलसरोकार
काठमाडौं: राप्रपा नेपालले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ । पार्टी अध्यक्ष कमल थापाले आगामी १९ फागुन सोमबारका लागि राप्रपा नेपालले पार्टी केन्द्रीय कार्यालय सिफलमा बैठक बोलाएका हुन् ।
पार्टीका महामन्त्री राजाराम बर्तौलाले बैठकका अनुसार बैठकमा मुलुकको पछिल्लो समय विकसित घटनाक्रम, आन्दोलन, पार्टीका विभिन्न कार्यक्रमको तयारी, महाधिवेशन र संगठन सुदृढीकरणका बारेमा छलफल हुनेछ ।
पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा दिएको सन्देश र सहयोग गर्न गरिएको आह्वानलाई अत्यन्तै महत्वका साथ बैठकमा छलफल हुने पनि उनले बताए ।
पूर्वराजाको सन्देशपश्चात् पार्टी अध्यक्ष थापाले राजाको आह्वानलाई साथ दिँदै सबै राजावादी, हिन्दूवादी र संघीयता विरोधी एक भएर आन्दोलनमा जान ढिलाइ गर्न नहुने अभिव्यक्ति दिइरहेको सन्दर्भमा यस विषयमा बैठकमा गहन छलफल हुने महामन्त्री बर्तौलाले बताए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना