ढुक्क हुनुस्, तोकिएकै मितिमा निर्वाचन हुन्छ : मन्त्री घिसिङ
जलसरोकार
काठमाडौं: भौतिक पूर्वाधार तथा यातायातमन्त्री कूलमान घिसिङले आगामी फागुन २१ गतेका लागि घोषणा गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचन तोकिएकै मितिमा हुने स्पष्ट पारेका छन् ।
आज जनकपुरधाममा पत्रकारहरूसँग कुरा गर्दै उनले सरकार पूर्ण प्रतिबद्धता र तयारीसहित निर्वाचनमा लागेकाले निर्वाचन नहुने शंका नगर्न आग्रह गरे । “सरकार सम्पूर्ण शक्ति लगाएर चुनावको तयारीमा लागेको छ, चुनाव निर्धारित तिथिमै हुन्छ,” मन्त्री घिसिङले भने ।
उनका अनुसार देशभर चुनावको वातावरण बन्न थालेको छ र जनतामा पनि मतदानप्रतिको उत्साह देखिएको छ । शान्तिपूर्ण रूपमा निर्वाचन गराउन आवश्यक परे सेना परिचालन गर्न सकिने उल्लेख गर्दै सामान्य विवाद वा अफवाहबाट नआत्तिन सबैलाई अपिल गरे ।
मन्त्री घिसिङ जनकपुरधाममा श्रीसीताराम विवाहपञ्चमी महोत्सवको तयारीको अनुगमन तथा जानकी मन्दिरमा दर्शनका लागि पुगेका हुन् । जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले उनलाई स्वागत गर्दै आवश्यक जानकारी गराएका थिए ।
उनीसँगै युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता पनि जानकी मन्दिर पुगेर पूजाअर्चना गरेका थिए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना