गण्डक नहर किनारका अतिक्रमित संरचना हटाउन थालियो, करिब ३०० संरचना भत्काइँदै
जलसरोकार
पर्सा: नारायण सिँचाइ व्यवस्थापन कार्यालयले गण्डक नहर किनारमा लामो समयदेखि अतिक्रमण गरी निर्माण गरिएका घरटहरा तथा अन्य संरचना हटाउन थालिएको छ । कार्यालयले आज बिहानैदेखि नहरको जानकीटोला क्षेत्रदेखि गण्डकचोकसम्म फैलिएको अतिक्रमित संरचना हटाउने काम अघि बढाएको हो ।
कार्यालयका अनुसार नहरको डिलमा स्थानीयले निर्माण गरेका घरटहरा, पसल, माछापोखरीलगायतका करिब ३०० भन्दा बढी संरचना हटाइँदैछ । उक्त कार्य नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा घेरामा चार वटा एस्काभेटर प्रयोग गरेर सञ्चालन भइरहेको छ ।
नारायण सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख मनोजप्रसाद पटेलले पर्सा जिल्लामा पर्ने नहरको करिब २६ किलोमिटर क्षेत्रमा अतिक्रमण हटाउने कार्य सुरु गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार प्रतिकूल मौसमका बीच पनि बिहानैदेखि अभियानलाई निरन्तरता दिइएको छ ।
गण्डक नहर नेपाल र भारतबीच सन् १९५६ मा भएको सम्झौताअनुसार निर्माण गरिएको सिँचाइ परियोजना हो। भारत सरकारले नारायणी नदीमा ब्यारेज निर्माण गरी विकसित गरेको यस प्रणालीमार्फत दुवै देशमा सिँचाइ सुविधा पुर्याउने उद्देश्य राखिएको थियो। सम्झौतापछि सन् १९७५–७६ मा भारतले नेपाललाई नहर प्रणाली हस्तान्तरण गरेको हो ।
नेपालतर्फ ८१ किलोमिटर लम्बाइ रहेको गण्डक नहर पर्सा, बारा र रौतहटका दक्षिणी भेगमा सिँचाइ पुर्याउने प्रमुख संरचना हो। यसमार्फत करिब ३७ हजार ४०० हेक्टर क्षेत्रफल सिँचाइ गर्नुपर्ने सम्झौता भए पनि हाल करिब २८ हजार हेक्टर क्षेत्रफल मात्र सिँचित भइरहेको कार्यालयले जनाएको छ ।
नहरको दुवैतर्फ अतिक्रमण बढ्दै जाँदा पानी प्रवाह र सिँचाइ क्षमतामा असर परेको निष्कर्षसहित अभियान अघि बढाइएको कार्यालयको भनाइ छ । कार्यालयले संरचना हटाएपछि नहरको प्रभावकारी सञ्चालनमा सुधार आउने अपेक्षा गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
शनिबार देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिमका केही जिल्लामा विशेष सतर्कता
-
नेपालमा विद्युत्को आन्तरिक खपत किन बढ्न सकिरहेको छैन?
-
स्नो रिभर्सको शेयर प्रतिकित्ता २९८.७० रुपैयाँमा पहिलो कारोबार
-
ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठका सय दिन : परिवर्तनको वाचा, यथास्थितिको निरन्तरता
-
मनसुन क्रमशः सक्रिय, ११ जिल्लामा भारी वर्षाको चेतावनी
-
वीरगञ्ज भन्सारबाट ११ महिनामा रु २ खर्ब २१ अर्बभन्दा बढी राजस्व सङ्कलन