वृक्षरोपणबाट धार्मिक सन्तुष्टि एवं प्राकृतिक खेती

वृक्षरोपणबाट हामीले हेरिसकेका छौं कि यसको प्राकृतिक खेतीअन्तर्गत जैविक विविधतामा महत्वपूर्ण योगदान रहेको छ । यसबाट पर्यावरण र प्राकृतिक खेतीमा हुने लाभ छँदैछ । भ–ूजलस्तर वढाउनमा पनि त्यतिकै योगदान छ ।
वृक्षरोपणबारे हाम्रो धार्मिक ग्रन्थहरुमा विभिन्न चर्चा गरिएको छ र अनुकरणीय छ । यस विषयमा पछि विस्तृतमा लेखौला, तर यहाँ प्राकृतिक खेतीमा वृक्षरोपणलाई महत्वपूर्ण योगदान दिएकोमा यसबाट धार्मिक लाभ पनि हुन्छ । यसबारे धेरै उल्लेख नगरे पनि केही धार्मिक तथ्यहरु उल्लेख गर्न आवश्यक सम्झी उल्लेख गर्न गइरहेको छु । यसबाट किसानहरु लगायत अन्य नागरिकहरु समेतले वृक्षरोपणमा तत्पर हुने विश्वास लिएको छु । यसबाट पक्कै पनि ग्लोबल वार्मिङ्ग मा न्यूनीकरण र प्राकृतिक खेतीले प्रोत्साहन पाउनेछ । यहाँ मैले श्रीमद्भागवत् शार्ङधर-पद्धति र भविष्यपुराणबाट केही अंश लिएको छु ।
वृक्षरोपण र धार्मिक सन्तुष्टिः
क) श्रीमद्भागवत्मा वृक्षको महिमाबारे यसप्रकार उल्लेख गरिएको छ ः
पश्चैतान् महाभागान् परार्थैकान्तजीवितान् । वातवर्षातपहिमान् सहन्तो वारयन्ति नः।।
अहो एषां वरं जन्म सर्वप्राण्युपजीवनम् । सुजनस्येव येषां वै विमुखा यान्ति नार्थिन ः।।
पत्रपुष्पफलच्छायामूलवल्कलादारुभिः । गन्धनिर्यासभस्मास्थितोक्मैः कामान् वितन्वते ।।
(श्रीमद्भागवत् १०/२२/३२–३४)
यहाँ भगवान् श्रीकृष्ण भन्नु हुन्छ ः मेरो प्यारो मित्र । हेर्नुस यो वृक्ष कति भाग्यवान् छ । यिनको सारा जीवन केवल अरुको भलाईको लागि हो । स्वयं यो हावाको झोंका, वर्षा, घाम र पाला सवै थोक सहने गर्दछ तर पनि हामीहरुको उसले रक्षा गर्दछ ।
म भन्छु कि यसको जीवन सबैभन्दा श्रेष्ठ छ, किनभने यसबाट सबै प्राणीहरुले सहारा पाउँछन् । यसबाट उनीहरुको जीवन निर्वाह हुन्छ । जसरी कुनै सज्जन पुरुषको घरबाट कुनै याचक खाली हात जाँदैन, त्यस्तै यी वृक्षहरुबाट पनि सबैलाई केही न केही प्राप्त हुन्छ ।
यो आफ्नो पात, फूल, फल, छायाँ, जड, छाला, काठ–दाउरा, गन्ध, गोंद, खरानी, कोइला, अंकुर र आफ्नो पल्लव (कोपला) हरुबाट पनि मानिसको कामनाहरु पूर्ण गर्दछ ।
ख) शाङ्र्गधर पद्धतिमा पनि वृक्षहरुको महत्व वारे वर्णन गरिएको छ ।
दशकुपसमा वापी दशवापीसमो ह्रदः ।
दशह्रदसमः पुत्रो दशपुत्रसमो द्रुमः ।।
(शङ्र्गधर पद्धति)
अर्थात् दश इनार निर्माणबाट जति लाभ हुन्छ, त्यो एउटा वावडी (यस्तो इनार वा जलाशय जहाँ पानी लिन सिंढीको माध्यमबाट जानुपर्छ । यो एक प्रकारको सानो जल संरचना हो) बनाएर पुग्छ ।
दश वावडी बनाएर जुन लाभ प्राप्त हुन्छ त्यो एउटा तलाउ बनाएर पुग्छ । एउटा योग्य पुत्रबाट यो तलाउबाट हुने जति लाभ हुन्छ, तर एउटा राम्रो वृक्ष लगाउनेलाई दश पुत्रहरुको समान सधैं साथ दिन्छ ।
ग) भविष्यपुराणमा पनि वृक्षरोपण महात्मयबारे उल्लेख छ । यसको जानकारी नलिकन मानव जीवन अधुरै रहने छ ।
वृक्षरोपण–महात्मय
वरं भूमिरुहाः पञ्च नागकाष्ठरुहा दश । पत्रैः पुष्पैः फलैर्मूलैः कुर्वन्ति पितृतर्पणम् ।।
वहुभिर्मृस्तैतैः किञ्जातैः पुत्रैर्धर्मार्थवर्जितैः । वरमेकं पाथितरुर्यत्र विश्रमते जनः ।।
प्राणिनः प्रीणयन्ति स्मच्छायावल्कलपल्लवैः । घनच्छदाः सुतरवःपुष्पैर्देवान् फलैः पितृन् ।।
पुष्पपत्रफलच्छायामूलवल्कलदारुभिः । धन्या महीरुहा येषां विफला यान्ति नार्थिनः ।।
पुत्राः संवत्सरस्यान्ते श्राद्धं कुर्वन्ति वा न वा । प्रत्यहं पादपाः पुष्टि श्रेयोडर्थं जनयन्ति हि ।।
सदा स तीर्थी भवति सदा दानं प्रयच्छति । सदा यज्ञं स यजते यो रोपयति पादपम् ।।
अश्वत्थमेकं पिचुमन्दमेकं न्यग्रोधमेकं दशचिञ्चिणीकान् ।
कपित्थबिल्वामलकीत्रयं च पञ्चाम्ररोपी नरकं न पश्येत् ।।
पुष्पोपगन्धाढयफलोपगन्धं यः पादपं ह्यर्पयते द्विजाय ।
स स्त्रीसमृद्धं वहुरत्नपूर्णं लभेद् विमानप्रतिमं गृहं वै ।।
न खानिताः पुष्करिण्यो रोपिता न महीरुहाः । मतुर्यौवनचौरेण तेन जातेन किं कृतम् ।।
छायामन्यस्य कुर्वन्ति तिष्ठन्ति स्वयमातपे । फलन्ति च परार्थेषु न स्वार्थेषु महाद्रमाः ।।
(भविष्यपुराण उत्तर १२८÷२–५, १०, १२, १४–१५)
भगवान श्रीकृष्णले भन्नुभयो ः युधिष्ठिर जी दुर्गम पर्वतहरुमा स्थित सुख्ने काठ दश वृक्षहरु भन्दा भूमिमा रोपिएको पाँच वृक्ष नै श्रेष्ठ हो, जसको पत्र–पुष्प र मूल फलहरुवाट मानिस आफ्नो पिृतहरुलाई तृप्त पार्दछ ।
धर्म र अर्थबाट वर्जित धेरै जन्म लिने तथा मर्ने पुत्रहरुबाट के लाभ ? बाटोमा स्थित एउटा वृक्ष नै श्रेष्ठ हो, जसको मुनि अनेकौ यात्रीहरु विश्राम गर्दछन् । श्रेष्ठ वृक्ष आफ्नो छायाँ, छाल र पातहरुबाट हरेक प्रकारको प्राणीहरुलाई तृप्त तथा प्रसन्न गर्दछ र आफ्नो पुष्पबाट देवताहरुको र फलहरुबाट पितृहरुलाई तृप्त गर्दछ । पुष्प–पत्र, फल–मूल, छाया, छाल र काठवाट संसारको उपकार गर्ने यो वृक्ष धन्य छ जहाँबाट कसैले पनि कहिले पनि निराश भएर फर्किदैन । पुत्र वर्षको अन्तमा कहिले श्राद्ध गर्छ वा गर्दैन तर वृक्ष प्रत्येक दिन अर्थ, पुष्टि र श्रेयको सम्पादन गर्दछ ।
जसले वृक्षरोपण गर्दछ त्यो सवै तीर्थमा नै निवास गरिरहेको हुन्छ । सधंै दान गरिरहेको हुन्छ र सधैं यज्ञ गरिरहेको हुन्छ । एउटा पीपल, एउटा नीम, एउटा वङ, दस इमली, तीन कैथ, तीन वेल, तीन अमला र पाँच आँप लगाउने मानिस कहिले पनि नरकको मुख देख्नु पर्दैन । पुष्प, फल र गन्धले संयुक्त वृक्षको दान गर्ने मानिसलाई स्त्री, रत्न धनधान्ययुक्त विमान समान गृहको प्राप्ति हुन्छ । जसले वावलियाँ (एक प्रकारको सानो जल संरचना) बनाएन र वृक्षरोपण पनि गरेन, आफ्नो आमाको प्रसव श्रमलाई व्यर्थ गर्ने कुपुत्रले जन्म लिएर के गरेको छ र ? यो आदरणीय वृक्ष अरुको लागि नै फल्छ, अरुलाई नै छहारी दिन्छ, आफू घाममा उभिरहेको हुन्छ र आफ्नो एउटा फल पनि आफै खाँदैन ।
निष्कर्षः
वृक्षरोपण तथा संरक्षणबाट धार्मिक लाभ सबैले लिनुपर्छ । किसानहरु वृक्षरोपण गरी प्राकृतिक खेतीबाट हुने लाभको साथै धार्मिक लाभ पनि प्राप्त गर्न सक्छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
"बिजुली आफैं उत्पादन गर्नुस्, प्रसारण लाइन पनि आफैं बनाउनुहोस्, अनि बजार पनि आफैं खोज्नुस्" — नेविप्राका कार्यकारी निर्देशक शाक्यको कड्को
-
दोहोरो आइजिन खारेजको माग गर्दै इप्पानको चार निकायमा ध्यानाकर्षण
-
पानीको स्रोत खोज्दै वीरगञ्ज महानगर
-
तनहुँ जलविद्युत आयोजना निर्माणमा प्रगति, समयमै सम्पन्न गराउने लक्ष्य
-
देशभर साधारण बदली, चारवटा प्रदेशका पहाडी भू-भागमा मेघगर्जनसहित वर्षाको सम्भावना
-
अब ढिलो गर्नु भनेको जनताको भरोसा गुमाउनु हो : ऊर्जामन्त्री खड्का