पोतमारा साना जलविद्युत् आयोजनाको पुनर्निर्माण हुँदै


कालीकोट,: जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका–७ स्थित पाँच सय किलोवाट क्षमताको पोतमारा साना जलविद्युत् आयोजना पुनर्निर्माण हुने भएको छ । विसं २०७७ मा अविरल वर्षापछि आएको बाढीले आयोजनाको नहरमा क्षति भएको थियो ।
नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेश कार्यालयले पुनर्निर्माणका लागि ठेक्का प्रक्रिया अगाडि बढाएको सान्नीत्रिवेणी गाउँपालिकाका अध्यक्ष मोहनबहादुर केसीले बताए । “लामो समयको प्रयासपछि आयोजनाको काम अगाडि बढ्न लागेको छ”, उनले भने,“बाढीले आयोजनाको नहर पूर्ण क्षति पु-याएको थियो । सोको पुनर्निर्माण भए विद्युत् उत्पादनको काम हुन्छ ।”
जिल्लामा विद्युत्काे राष्ट्रिय प्रसारण लाइन जोडिए पनि वैकल्पिक व्यवस्था गर्न उक्त आयोजना आवश्यक पर्ने भएकाले गाउँपालिकाले पुनःसञ्चालनका लागि पहल गरिएको अध्यक्षले केसीले जानकारी दिए । “यहाँ लामो दूरीबाट राष्ट्रिय प्रसारण लाइन जडान भएको छ । सोही कारणले जिल्लामा नियमित विद्युत्को समस्या छ”, उनले भने,“त्यसको विकल्पका रूपमा पनि पोतमारा साना जलविद्युत् आयोजना पुनर्निर्माण गर्न आवश्यक छ ।”
उक्त आयोजना पुनर्निर्माणका लागि रु तीन करोडको ठेक्का प्रक्रिया अगाडि बढेको जिल्लास्थित नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रका प्रमुख हरेन्द्रराय यादवले बताए । “ठेक्का भएर निर्माण चाँडै भएमा कालीकोटमा नियमित विद्युत् आपूर्ति हुनेछ ।”
जिल्लामा प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन जडान नहुँदा पोतमारा साना जलविद्युत् आयोजनाको विद्युत्बाट सान्नीत्रिवेणी गाउँपालिका, रास्कोट नगरपालिका र खाँडाचक्र नगरपालिकामा विद्युत् आपूर्ति हुँदै आएको थियो ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाको पिपिए दर प्रतिस्पर्धी बनाउनुपर्छ : ऊर्जामन्त्री घिसिङ
-
ऊर्जामन्त्री घिसिङ र जर्मन राजदूत भोल्जबीच भेट, ऊर्जा रुपान्तरण र हरित त्रिकोण परियोजनामा सहकार्यका विषयमा छलफल
-
२८ महिनादेखि सेयर निष्काशन रोकिँदा ऊर्जा क्षेत्र संकटमा, इप्पानको सरकार र धितोपत्र बोर्डलाई कडा चेतावनी
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता