हिउँद सकिनै लाग्दा उपत्यकामा हल्का वर्षा र अन्य जिल्लामा हिमपात
जलसरोकार
काठमाडौं: हिउँदयामको अन्तिम अवधिमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले काठमाडौं उपत्यकासहितका जिल्लामा वर्षा भएको छ ।
सुदूरपश्चिम र कर्णाली प्रदेशमा बढी प्रभाव रहेकाले बढी पानी परिरहेको छ । पूर्वतर्फ कम प्रभाव रहेकाले पानी पनि कम परेको छ ।
सबैभन्दा बढी वर्षा बैतडीमा भएको छ । गत २४ घण्टामा बैतडीको डिलासैनीमा ३९ मिलिमिटर र गोठालपानीमा ३४ मिलिमिटर वर्षा भएको छ ।
यसैगरी बाजुरामा ३८, जुम्लामा ३३ र कालिकोटमा ३० मिलिमिटर वर्षा मापन भएको छ ।
यस्तै कास्कीको माछापुच्छ्रे क्याम्पमा २४.८ मिलिमिटर वर्षा मापन भएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार ‘सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानहरुमा र गण्डकी, बागमतीका पहाडी भूभागका एक÷दुई स्थानमा वर्षा भइरहेको छ ।’
उच्च पहाडी तथा हिमाली भेगमा हिमपात पनि भइरहेको छ । रुकुमपूर्वमा भारी हिमपातका कारण मध्यपहाडी लोकमार्गको लुकुम–पातीहाल्ना सडकखण्ड अवरुद्ध भएको छ ।
त्यस्तै हुम्लामा पनि बाक्लो हिउँ परेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंमा आज दिनभर नै पानी पर्ने र रोकिने क्रम जारी रहने छ । तर धेरै पानी भने पर्ने छैन । ‘काठमाडौंमा आज सिमसिम पानी पर्छ र दिनभर नै डिस्टर्ब होलाजस्तो देखिन्छ,’ महाशाखाले जनायो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता