झापा पुगेर प्रचण्डको ओली लक्षित टिप्पणी : हिजो क्रान्तिको प्रतीक झापा अहिले प्रतिक्रान्तिको बन्ने खतरा देखिँदैछ
जलसरोकार
काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो क्रान्तिको प्रतीक रहेको झापा अहिले प्रतिक्रान्तिको प्रतीक बन्ने खतरा देखिएको टिप्पणी गरेका छन् ।
जनतासँग माओवादी तराई मधेस जागरण अभियानको शुभारम्भ गर्न झापा पुगेका प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् । उनले भने, ‘झापा हिजो एउटा विद्रोहको प्रतिकका रूपमा चिनिन्थ्यो । त्यति बेला क्रान्तिकारी धारकै नेतृत्व तपाईँहरूले गर्नुभएको थियो । तर, अहिले नेतृत्व पुँजीवादी धारतिर गइसकेको छ । क्रान्तिको धार छोडिसकेको छ ।
उनले आज प्रतिक्रान्तिको खतराबाट जोगाउन अपिल गरे । उनले थपे, ‘फेरि नयाँ समाजवादी क्रान्तिका निम्ति नयाँ ढङ्गले सोच्नुपर्ने भएको छ । फेरी नयाँ एकता गर्नुपर्ने आवश्यकता छ ।’
प्रचण्डले नेपाली कम्युनिष्ट आन्दोलनका अग्रज व्यक्तित्वहरू हरि अधिकारी र वेदनिधि निरौलालाई सम्मान पनि गरे।
यस्तै, प्रचण्ड लगायत नेताहरूले नेपालकै होचो भूभाग केचनकवलमा नेपाली झन्डा फहराए । पर्यटकीय स्थानका रूपमा उच्च सम्भावना भएको यो स्थानबाट नेपालका सांस्कृतिक विविधता र ऐतिहासिक सम्पदाहरूको संरक्षण र प्रवद्र्धनका लागि अपिल गरे।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना