नीति तथा कार्यक्रम : सरकारले कर संरचनामा पुनरावलोकन गर्ने
जलसरोकार
काठमाडौं : सरकारले कर प्रणाली तथा कर संरचनामा पुनरावलोकन गर्ने घोषणा गरेको छ ।
सोमबार प्रतिनिधिसभामा आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले समयानुकूल कर संरचना सुधार गर्दै अर्थतन्त्रअनुकूल कर प्रणाली विकास गरिने बताए ।
सरकारले कर प्रणालीलाई थप व्यवस्थित, प्रभावकारी तथा लगानीमैत्री बनाउने लक्ष्यसहित आवश्यक नीतिगत सुधार अघि बढाउने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।
नीति तथा कार्यक्रममा राजस्व प्रणालीलाई सुदृढ बनाउने, कर प्रशासनलाई आधुनिक र पारदर्शी बनाउने तथा आर्थिक गतिविधिलाई प्रोत्साहन गर्ने गरी कर नीतिमा सुधार गरिने उल्लेख छ ।
सरकारको यो घोषणालाई निजी क्षेत्र तथा व्यवसायीहरूले चासोका साथ हेरेका छन् । पछिल्ला वर्षहरूमा करको दायरा, दर तथा प्रशासनिक जटिलताबारे व्यवसायी क्षेत्रबाट व्यापक पुनरावलोकनको माग हुँदै आएको थियो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
साताको अन्तिम कारोबार दिन नेप्से ११.७७ अंकले बढ्यो, कारोबार रकम घट्यो
-
फोहरमैला व्यवस्थापन विधेयक कार्यान्वयनमुखी बनाउन सांसद न्यौपानेको जोड
-
बबई लिफ्टिङ आयोजना छिटो सक्न तुलसीपुरवासीको हारगुहार
-
४१० मेगावाट प्रणालीबाहिर, हिउँद व्यवस्थापनमा प्राधिकरणको तयारी
-
डेढ दशकपछि परीक्षण उत्पादनमा पुग्यो राहुघाट जलविद्युत् आयोजना
-
देशभर बदली, कोशीदेखि लुम्बिनीका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना