प्रधानमन्त्रीले सुरु गरे सगरमाथा संवाद कार्यक्रम
जलसरोकार
काठमाडौं,: प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा हुने सगरमाथा संवाद कार्यक्रमको सुरु गरेका छन् ।
अन्तर्राष्ट्रिय हिमनदी वर्ष, २०२५ का अवसरमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा वन तथा वातावरण मन्त्रालय र परराष्ट्र मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले संवाद कार्यक्रमको ‘लन्चिङ’ गरेका हुन् ।
सरकारले पहिलो पटक जलवायु परिवर्तन, हिमाल र मानव जीवनको भविष्यलाई केन्द्रमा राखेर हरेक दुई वर्षमा यस प्रकारको विश्वव्यापी संवाद आयोजना गर्न लागेको छ ।
प्रधानमन्त्री ओलीले नेपालले किन यस प्रकारको कार्यक्रम गर्न लागेको भन्ने विषयमा सम्बोधन गरे । नेपालले जलवायु न्यायका सन्दर्भमा अन्तर्राष्ट्रिय जगतमा सशक्त आवाज उठाउँदै आएको उनले बताए ।
कार्यक्रममा उपप्रधानमन्त्री, मन्त्रीहरू, सचिवहरू, विशिष्ट अधिकारी र नेपालस्थित कूटनीतिक निकायका प्रमुख र प्रतिनिधिको उपस्थिति रहेको थियो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सात सयले बढ्यो सुन, चाँदीले बनायो नयाँ रेकर्ड : आज कतिमा हुँदैछ खरिद–बिक्री ?
-
भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा दि ओरिएण्टल इन्स्योरेन्सबाट २० लाख सहयोग
-
महाकाली पुल र बस्ती बचाउन तटबन्धकाे काम वर्षायाम अघि नै सम्पन्न गरौं : मन्त्री घिसिङ
-
एउटै वडाका ५३८ घरमा खानेपानीको घारा
-
यस्तो छ आजको मौसम पूर्वानुमान
-
सालासुङ्गी हाइड्रोपावरले प्रभावित स्थानीयलाई शेयर दिने