रासायनिक खेती बाट उत्पादित खाद्यान माथि भारतिय बैज्ञानिक हरुको शोधः
भारतमा पहिलोपटक भारतिय कृषि अनुसंधान परिषद् (आई.सी.ए.आर) को वैज्ञानिकहरुले आधुनिक किस्मको गहुँ र चामलको पोषण मूल्य (Nutrient Value) को जाँच गरेका छन् । यसमा आई.सी.ए.आर को साथै पश्चिम बंगालको विधान चन्द कृषि विश्वविद्यालय एवं तेलंगानाको राष्ट्रिय पोषण संस्थानको ११ जना वैज्ञानिकहरुको समूहले महत्वपूर्ण शोध प्रकाशित गरेको छ । उनी हरुले ‘हरित क्रान्तिले भारतको खाद्य सुरक्षा हासिल गर्नमा मद्दत गर्यो तर यसबाट पोषण सुरक्षा कमजोर भयो’ भनेका छन् । बिरुवाहरुको अनुवांशिक बनावटमा यति बदलाव भएको छ कि यो माटोबाट अनाजसम्म पोषण पुर्याउन आफ्नो मुख्य कार्य गर्न सकिरहेको छैन । फसलको अनाजको पोषण गुणस्तरको मूल्यांकनबाट पत्ता लाग्यो कि भारतमा मानिसहरुको दैनिक ऊर्जाको ५० वर्षमा आफ्नो ४५ प्रतिशतसम्म पोषण तत्वको कमी भएको छ । वैज्ञानिकहरुले अनुमान गरेको छ कि यस रफ्तारमा आगामी सन् २०४० सम्म यो अनाज मानव उपयोगको लागि असमर्थ हुनेछ । योसँगसँगै चिन्ताजनक कुरा यो छ कि पोषण तत्व कम हुनुको साथै यसमा विषादि तत्वहरुको मात्रा पनि बढेको छ । गत ५० वर्षभित्रमा चामलको जिंक तथा आइरनजस्ता प्रमुख तत्वहरु क्रमशः ३३ र २७ प्रतिशतले घटेको छ । त्यस्तै गहुँको जिंक र आयरन क्रमशः ३० र १९ प्रतिशतले घटेको छ । विषादि तत्व आल्मुनियम र आर्सेनिक तत्व सय गुणाले बढेको छ ।
उपरोक्त शोधअनुसार वर्तमान रासायनिक खेतीबाट पोषक तत्वविहीन अनाजको प्रयोगबाट पोषणको संकट निश्चित रुपले आउने भयो । नेपालको आयातीत खाद्यान्नहरु प्रायः भारतबाट आयात हुन्छ । यस विषयमा नेपाल सरकारले गंभीर रुपमा सोच्नुपर्ने अवस्था आएको छ । नेपाल सरकार, सम्बन्धित नेपाली कृषि वैज्ञानिक एवं बुद्धिजीविहरुले चिन्तन मनन गरी खाद्य सुरक्षा एवं पोषण सुरक्षालाई ध्यानमा राखी वर्तमान कृषि पद्धतिमा बदलाव लानु पर्नेमा तल्लीन हुनुपर्छ ।
जैविक खेती को प्रारम्भः
उपरोक्त शोधभन्दा पहिलादेखि नै सन् १९९० को दशक मानै कृषि वैज्ञानिकहरुले रासायनिक खेतीबाट उत्पादित कृषिजन्य वस्तुमा पौष्टिकतालाई दृष्टिगत गर्दै रासायनिक खेतीलाई जैविक खेती (organic agriculture) मा रुपान्तरण गर्न प्रयास गरेको देखिन्छ ।
जैविक खेतीमा रासायनिक मलको सट्टा जैविक मल र रासायनिक औषधी (विषादि) को सट्टा जैविक घोलको स्प्रे गर्न सुझाव दिएको छ । जैविक खेतीलाई खेती (Sustainable agriculture) को रुपमा लिइन्छ । यसले माटोको उर्वरतालाई बढाउनुको साथै यसको जैविक विविधता कायम गर्नमा पनि सघाउ पुर्याउँछ । जैविक खेतीबाट अनाजमा पौष्टिक तत्वको भरपुरताको साथै यो स्वादिलो पनि हुन्छ । यसको माग विश्वमा बढी छ र यसबाट किसानले राम्रो आम्दानी लिन सक्दछ भनी विभिन्न पत्र पत्रिकामा उल्लेख भएको पाइन्छ । तर वास्तविकता अर्काे देखिन्छ ।
जैविक खेतीमा प्रयोग गरिने जैविक मलः
जैविक मलको सम्बन्ध त्यो सवै कार्वनिक पदार्थसँग छ जो सङेर वा गलेर जीवांश पदार्थमा परिणत हुन्छ । यसअन्तर्गत विभिन्न बायोमास, वनस्पति सामग्री र पशुपंक्षीहरुको मल मूत्र आउँछ । सडेगलेको कार्वनिक पदार्थको कम्पोष्ट, उच्च मात्रामा नाइट्रोजन भएको पशुको ब्लडमील, पशुहरुको मेन्युर, फीस मील वा इमलसन सीवीड, उच्च स्तरमा पाइने एन.पी.के. को लागी चीकेन लीटर, स्वेज स्लज, म्युनिसपल बायो सोलिड, वाइल केक, बोनमील, वर्मी कम्पोष्ट, रक फास्फेट, हारियो मल आदि अनेकौँ जैविक मलको श्रेणीमा आउँछ । योसँगसँगै राइजोवियम (Rhizobium), एजोटोवेक्टर (Azotobacter), एसीटोवैक्टर, वैस्लिस, राइजोविया, एक्टोमाइक्रोराजा जस्ता अनेकौ जीवाणु पनि जैविक मलको रुपमा प्रयोग गरिन्छ ।
जैविक खेती पर्यावरणलाई सुहाउने भए पनि, किसानको आम्दानिमा वृद्धि हुन सक्ने भए पनि, माटोको उर्वरतामा वृद्धि हुने भए पनि, संतुलित पौष्टिक तत्व भएको अनाजको उत्पादन भए पनि आखिर जैविक खेती किन व्यापकता लिन सकेन विषयमा समीक्षा गर्नु आवश्यक देखिन्छ ।
क रासायनिक खेतीमा किसानहरु रासायनिक मल युरिया, डि.ए.पी., एन.पी.के, पोटाशहरुको नामसँग बढी परिचित (Famliiar) रहेको छ तर जैविक मल मा व्यापकताको कारण कुन जैविक मल र कति प्रयोग गर्ने विषयमा अलफलमा पर्ने गरेको देखिन्छ ।
ख) जैविक पेष्टिसाइडको उपलब्धतामा कमी पाइँदै गरेको छ ।
ग) जैविक खेतीमा रासायनिक खेतीभन्दा प्रतियुनिट उत्पादन खर्च बढी हुन्छ ।
घ) प्रसिद्ध निकायबाट व्रान्डिङ्ग गर्न न सक्ने भएकोले निर्यातमा झंझट हुने गरेको पाइन्छ ।
ङ) प्रतियुनिट उत्पादन मूल्य वृद्धिको कारण कृषि उत्पादन बिक्री न हुँदा जैविक खेतीमा प्रवेश गरेको किसानहरु पुनः रासायनिक खेतीमा फर्केको पाइन्छ ।
च) सबै किसानहरु जैविक खेतीमा प्रवेश गर्दा जैविक खेतीको उत्पादन क्षमता कम भएकोले जैविक खेतीबाट उत्पादित अनाजवाट पोषण सुरक्षा भए पनि खाद्य सुरक्षा हुन नसक्ने देखिन्छ ।
छ) तरकारी फलफूलको लागि जैविक खेतीले प्रवेश पाए पनि महँगा जैविक मलको कारण धान गहुँको जैविक उत्पादन हुन नसकेको देखिन्छ ।
उपरोक्त समीक्षाबाट वर्तमान अवस्था उपरोक्त महँगो जैविक मल र कम उत्पादन क्षमताको कारण रासायनिक खेतीबाट जैविक खेतीमा छलाङ मार्न असम्भव जस्तो देखिन्छ । हामीले कम लागतमा खाद्य सुरक्षाको साथसाथै पोषण सुरक्षासहितको उपयुक्त खेती पद्धतिको खोजी गर्नु आवश्यक छ । यसको लागि हामी सबै पाठक वर्गसमेत अर्को लेखमा समीक्षा गर्ने छौ र हामीलाई चाहिने उपयुक्त कृषि पद्धतिको सिफारिस गर्ने छौ ।
निष्कर्ष : वर्तमान रासायनिक कृषि पद्धतिबाट मानव सम्यतालाई नै खतरा देखिन्छ । खाद्य सुरक्षा एवं पोषण सुरक्षासहितको कृषि पद्धतिको विकास गर्नु अहिलेको माग हो ।
(६ मेगावाट) रेलेखोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु
पुँजीको पहुँच र उद्यमीहरूको विकासमा राष्ट्र बैंकले सहजीकरण गर्छ : गभर्नर पौडेल
वजेटमा उल्लेख भएको ‘टेक एण्ड पे’ को व्यवस्था सच्चिन्छ : उर्जामन्त्री खड्का
विश्व बैंक समूहको ‘कन्ट्री पार्टनरसीप फ्रेमवर्क फर नेपाल’ सार्वजनिक
तोलामा ४२ सयले बढ्यो सुनको भाउ
दोस्रोपटक थपिएको समयमा पनि पूरा भएन (४० मेगावाट) राहुघाट जलविद्युत् आयोजना