संसद्को हिउँदे अधिवेशन बस्नुअघि विपक्षी दलहरूले साझा धारणा तय गर्छौ : प्रचण्ड
जलसरोकार
काठमाडौं,: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद्को हिउँदे अधिवेशन बस्नुअघि विपक्षी दलहरू बैठक बसेर साझा धारणा तय गरिने बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित समाजवादी मोर्चाको सभालाई सम्बोधन गर्ने क्रममा उनले भने, संसद्को हिउँदे अधिवेशन आगामी १८ गते बस्दैछ । उक्त बैठकअघि विपक्षी दलहरूको बैठक बसेर सामूहिक ढंगबाट कसरी अघि बढ्ने भन्नेबारे छलफल गरिने उनले बताए ।
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले आफूहरूले विशेष अधिवेशन बोलाउने चेतावनी दिएपछि मात्रै सरकारले हिउँदे अधिवेशन आह्वान गरेको दाबी पनि गरे ।
‘हामीले तुरुन्तै सदन बोलाइँदैन भने हामी विशेष अधिवेशन बोलाउँछौं भनेपछि मात्रै सरकारले सदन बोलाएको छ । हामी पर्सि १८ गतेको सदन बस्नुभन्दा अगाडि विपक्षी दलहरूको पनि बैठक बसेर सामूहिक ढंगले कसरी प्रस्तुत हुने ? सरकारले पछिल्लो ६ महिनामा गरेका जनविरोधी क्रियाकलापहरू,’ प्रचण्डले अघि भने, ‘राष्ट्रविरोधी क्रियापकलाहरू, देशमा आर्थिक संकट झन चर्काउनका लागि अरबौं अरब ऋण बढाउने जो काम गरेको छ, आफ्ना जतिसुकै अपराध गरेका भए पनि तुरुन्तै चोख्याउने र राजनीतिक विरोधीलाई प्रतिशोध साँध्ने जो काम गरेको छ, विपक्षी दलहरूलाई पनि सामूहिक रुपमा अगाडि बढाउने कोसिस पनि गरेका छौं ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित स्थानीयवासीले मागे मुआब्जा
-
राहुघाट जलविद्युत् आयोजनाको काम ९० प्रतिशत सकियो, मार्चमा परीक्षण उत्पादनको तयारी
-
ठेक्का तोडिएका सडक–पुल योजनामा तत्काल नयाँ टेण्डर प्रक्रिया अघि बढाउन मन्त्री घिसिङको निर्देशन
-
देशभर आंशिक बदली, तराई र उपत्यकामा हुस्सु/कुहिरो
-
स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड
-
निःशुल्क सेयर र अवैध रकम मागले ऊर्जा क्षेत्रमा निजी लगानीलाई जोखिम