त्यसैगरी बिहान ५ देखि ६ बनजेसम्म ५९६ मेगावाट, ६ देखि ७ बजेसम्म ३१६ मेगावाट, ७ देखि ८ बनजेसम्म ६६६ मेगावाट, ८ देखि ९ बजेसम्म ६४१ मेगावाट, ९ देखि १० बजे र १० देखि ११ बजेसम्म ६५६ मेगावाट आयात गर्दै आएको छ ।
बिहान ११ देखि मध्यान्ह १२ बजेसम्म ६४१, १२ देखि १ बजेसम्म ६१६ मेगावाट, १ देखि २ बजेसम्म र २ देखि ३ बजेसम्म ४९६ मेगावाट आयात हुँदै आएको छ ।
त्यसैगरी अपरान्ह ३ देखि ४ बजेसम्म ३१६ मेगावाट, ४ देखि ५ बजेसम्म ५४६ मेगावाट आयात हुँदै आएको हो । भारतले उच्चतम खपतको समय (पिक आवर) मा भारतीय ऊर्जा विनिमयबाट बिजुली दिन बन्द गरेको छ । उसले सोलार आवर (घाम लाग्ने समय) मा मात्र आईईएक्सबाट बिजुली दिने गर्छ ।
साँझपखको समयमा प्राधिकरणले विद्युत् आदान प्रदान समिति अन्तर्गत १३२, ६६ तथा ३३ केभीबाट आयात गर्ने गरेको छ । यसअनुसार अपरान्ह ४ देखि ५ बजेसम्म आदान प्रदान समितिअन्तर्गत १४० र आईईएक्सबाट ३९० र टनकपुरसमेत गरी ५४६ मेगावाट आयात गरेको हो ।
साँझ ५ देखि ६ बजेसम्म समितिबाट १९०, ६ देखि ७ बजेसम्म र ७ देखि ८ बजेसम्म १४० मेगावाट, साँझ ८ देखि बेलुकी ९ बजेसम्म १९० मेगावाट र बेलुकी ९ देखि राति २० बजेसम्म समितिअन्तर्गत १४० मेगावाट र आईईएक्सबाट ३२५ मेगावाट आयात गर्ने गछए ।
राति १० देखि ११ बजेसम्म भने समितिअन्तर्गतको बिजुली आउँदैन । यो समयमा पुनः आईईएक्सबाट ५ सय मेगावाट र राति ११ देखि मध्यरात १२ बजेसम्म ४०० मेगावाट आयात हुने गर्छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार दिउँसो सोलार आवरको सस्तो बिजुली लिएर दिनभरि प्राधिकरण र यसका सहायक कम्पनीअन्तर्गतका विद्युत् गृहहरु बन्द गरी पानी जम्मा गरिन्छ ।
प्राधिकरण र यसका सहायक कम्पनीका अधिकांश विद्युत् गृहहरु अर्धजलाशय (पीआरओआर) प्रकृतिका भएकाले दिनभर सस्तो बिजुली आयात गरी पानी जम्मा गर्ने र भारतबाट पिक आवरमा बिजुली नआएका बखत त्यही जम्मा गरिएको पानी चलाएर बिजुली उत्पादन गरी व्यवस्थापन गर्ने गरिएको घिसिङले बताए ।
‘सोलार आवरको बिजुली प्रतियुनिट भारु ३ रुपैयाँ पनि पर्दैन,’ घिसिङले जलसरोकारसित भने, ‘साँझ पख भारतीय विनियमको बिजुली नआउने भएकाले हामीले विद्युत् आदान प्रदान समिति अन्तर्गत बिजुली आयात गरेर र स्वदेशकै विद्युत् गृह चलाएर व्यवस्थापन गरेका छौं ।’