एक टोल एक सिँचाइ पोखरी अभियान
जलसरोकार
भोजपुर,: सिँचाइका लागि पानीको समस्या भएपछि भोजपुरको पूर्वी अरुण गाउँपालिका–७ सिक्रेटारले पोखरी निर्माण सुरु गरेको छ । वडाले अहिले एक टोल एक सिँचाइ पोखरीको अवधारणा अनुसार काम गरिरहेको वडाध्यक्ष कुमार थापाले बताए ।
उनले भने,“सिँचाइका लागि पानी अभाव भएपछि पानी सङ्कलनका लागि पोखरी प्रभावकारी हुने देखिएको छ, यो अभियान एक टोल एक सिँचाइ पोखरीको अवधारणा अनुसार भइरहेको छ ।”
पोखरी निर्माणले किसानको सिँचाइ आवश्यकतालाई सम्बोधन गर्ने लक्ष्य वडाले राखेको छ । पोखरीको लम्बाई १५ मिटर, चौडाई ८ मिटर, र गहिराई दुई दशमलब ३० मिटर तोकिएको छ ।
पोखरी निर्माण उपभोक्ता समितिमार्फत भइरहेको छ । अवको केही दिनभित्रमा नै निर्माण पूरा गर्ने गरी काम भइरहेको जनाइएको छ । स्थानीय स्रोतसाधनको दिगो उपयोगलाई प्रोत्साहन गर्ने र सिँचाइ प्रणालीलाई प्रभावकारी बनाउने बताउँदै वडाध्यक्ष थापाले पानीको अधिकतम उपयोगका लागि पूर्व तयारीस्वरूप पाइपहरूकोसमेत व्यवस्था गरिएको बताए ,।
पानी सङ्कलनमा समस्या भइरहेको अवस्थामा बन्दै गरेको सिँचाइ पोखरीले सहयोग मिल्ने भएपछि स्थानीय वडावासीमासमेत उत्साह देखिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सुन–चाँदीको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
२३ बुँदे प्रतिवेदन : निजी क्षेत्रमाथि प्रश्न, सरकारी कमजोरीमाथि मौनता
-
‘सिक्टा सिँचाइले २४ हजार हेक्टरमा पुर्यायो पानी, बाँकेका किसान समयमै धान खेतीमा’
-
देशका अधिकांश भूभागमा मौसम सफा, पहाडी क्षेत्रमा वर्षाको सम्भावना
-
‘चुनावको बेला जे भयो, सकियो । अब हामी एकढिक्का भएर काम गर्नेछौं’ : पदभार ग्रहणपछि डाँगी
-
जेन-जी आन्दोलनका शहीद परिवारका १६ सदस्यले पाए नेपाल विद्युत् प्राधिकरणमा जागिर