एक टोल एक सिँचाइ पोखरी अभियान


भोजपुर,: सिँचाइका लागि पानीको समस्या भएपछि भोजपुरको पूर्वी अरुण गाउँपालिका–७ सिक्रेटारले पोखरी निर्माण सुरु गरेको छ । वडाले अहिले एक टोल एक सिँचाइ पोखरीको अवधारणा अनुसार काम गरिरहेको वडाध्यक्ष कुमार थापाले बताए ।
उनले भने,“सिँचाइका लागि पानी अभाव भएपछि पानी सङ्कलनका लागि पोखरी प्रभावकारी हुने देखिएको छ, यो अभियान एक टोल एक सिँचाइ पोखरीको अवधारणा अनुसार भइरहेको छ ।”
पोखरी निर्माणले किसानको सिँचाइ आवश्यकतालाई सम्बोधन गर्ने लक्ष्य वडाले राखेको छ । पोखरीको लम्बाई १५ मिटर, चौडाई ८ मिटर, र गहिराई दुई दशमलब ३० मिटर तोकिएको छ ।
पोखरी निर्माण उपभोक्ता समितिमार्फत भइरहेको छ । अवको केही दिनभित्रमा नै निर्माण पूरा गर्ने गरी काम भइरहेको जनाइएको छ । स्थानीय स्रोतसाधनको दिगो उपयोगलाई प्रोत्साहन गर्ने र सिँचाइ प्रणालीलाई प्रभावकारी बनाउने बताउँदै वडाध्यक्ष थापाले पानीको अधिकतम उपयोगका लागि पूर्व तयारीस्वरूप पाइपहरूकोसमेत व्यवस्था गरिएको बताए ,।
पानी सङ्कलनमा समस्या भइरहेको अवस्थामा बन्दै गरेको सिँचाइ पोखरीले सहयोग मिल्ने भएपछि स्थानीय वडावासीमासमेत उत्साह देखिएको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
नेपालको अर्थतन्त्रमा सुधारका चम्किला संकेतहरू, चुनौतीहरूलाई सामना गर्दै
-
ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित
-
भीषण बाढीले १० भन्दा बढी जलविद्युत आयोजना प्रभावित : इप्पानद्वारा गहिरो दुख व्यक्त, सरकारलाई अविलम्ब कदम चाल्न आग्रह
-
आगामी २४ घण्टामा देशभर आंशिकदेखि साधारणतया बदली रहने, केही स्थानहरूमा भारी वर्षाको सम्भावना
-
बुधबार २२ अङ्कले बढ्यो सेयर बजार
-
आगामी आवको मौद्रिक नीतिको अन्तिम तयारी गर्दै राष्ट्र बैंक