वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि कुटपिटमा संलग्न थप एकजना पक्राउ
जलसरोकार
काठमाडौं,: प्रहरीले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिटमा संलग्न रहेको आरोपमा थप एकजनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार झापा बुद्ध शान्ती गाउँपालिका–४ घर भई काठमाडौं शान्तीनगर बस्ने ५५ वर्षीकी शीतल राई भन्ने सितादेवी राईलाई पक्राउ गरिएको हो ।
योसँगै त्रिपाठीमाथि कुटपिट आरोपमा पक्राउ परेका व्यक्तिहरूको संख्या ३ जना पुगेको छ । यसअघि हुम्ला अदानचुली गाउँपालिका– ४ घर भई काठमाडौं सूर्यदर्शन हाइट ३२ वर्षीय महेन्द्र पाण्डे र दोलखा तामाकोशी गाउँपालिका– १ घ भई ललितपुर महालक्ष्मी– ५ टिकाथली बस्ने ४८ वर्षीय ललितकुमार केसी पक्राउ गरिएको थियो ।
पक्राउ परेकाहरूमाथि प्रहरी वृत्त सिंहदरबारबाट थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
यहि माघ २ गते काठमाडौं अदालतको परिसरमा त्रिपाठीमाथि हातपात भएको थियो । सहकारी रकम अपचलनमा रविविरुद्धको मुद्दामा त्रिपाठीले सहकारीपीडितको तर्फबाट बहस गरेका थिए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
उज्यालो नेपाल पार्टीमा २०० भन्दा बढी नेता–कार्यकर्ता प्रवेश
-
ऊर्जा क्षेत्रका मुद्दा संसदमा उठाउन निर्वाचनमा होमिएँ : भरत पराजुली
-
नवीकरणीय ऊर्जाका लागि सशक्त कानुन बनाइँदै
-
सुन–चाँदीको भाउमा नयाँ रेकर्ड कायमै, आज कतिमा हुँदैछ खरिद–बिक्री ?
-
रसुवा भन्सारबाट छ महिनामा रु १ अर्ब १६ करोड राजस्व सङ्कलन
-
पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो