वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि कुटपिटमा संलग्न थप एकजना पक्राउ
जलसरोकार
काठमाडौं,: प्रहरीले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिटमा संलग्न रहेको आरोपमा थप एकजनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार झापा बुद्ध शान्ती गाउँपालिका–४ घर भई काठमाडौं शान्तीनगर बस्ने ५५ वर्षीकी शीतल राई भन्ने सितादेवी राईलाई पक्राउ गरिएको हो ।
योसँगै त्रिपाठीमाथि कुटपिट आरोपमा पक्राउ परेका व्यक्तिहरूको संख्या ३ जना पुगेको छ । यसअघि हुम्ला अदानचुली गाउँपालिका– ४ घर भई काठमाडौं सूर्यदर्शन हाइट ३२ वर्षीय महेन्द्र पाण्डे र दोलखा तामाकोशी गाउँपालिका– १ घ भई ललितपुर महालक्ष्मी– ५ टिकाथली बस्ने ४८ वर्षीय ललितकुमार केसी पक्राउ गरिएको थियो ।
पक्राउ परेकाहरूमाथि प्रहरी वृत्त सिंहदरबारबाट थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
यहि माघ २ गते काठमाडौं अदालतको परिसरमा त्रिपाठीमाथि हातपात भएको थियो । सहकारी रकम अपचलनमा रविविरुद्धको मुद्दामा त्रिपाठीले सहकारीपीडितको तर्फबाट बहस गरेका थिए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना