एनएआईएमए अटो एक्स्पोमा एनएमबी बैंकको ईभी कर्जा, आधार दरमा थप ०.५ प्रतिशत ब्याज
जलसरोकार
काठमाडौं । एनएमबी बैंकले एनएआईएमए अटो एक्स्पो २०२६ लाई लक्षित गर्दै नयाँ विद्युतीय सवारी साधन (ईभी) खरिदका लागि विशेष कर्जा योजना सार्वजनिक गरेको छ।
बैंकले नयाँ विद्युतीय सवारी साधन खरिदका लागि आधार दरमा थप ०.५ प्रतिशत ब्याजदरबाट सुरु हुने गरी विशेष कर्जा सुविधा ल्याएको जनाएको छ। वातावरणमैत्री यातायात र दिगो बैंकिङ प्रवर्द्धन गर्ने उद्देश्यले यो योजना ल्याइएको बैंकको भनाइ छ।
बैंकका अनुसार सीमित अवधिका लागि उपलब्ध हुने उक्त कर्जा नयाँ विद्युतीय सवारी साधनका विभिन्न वर्गमा लागू हुनेछ। कर्जा प्रक्रियालाई सरल र छिटो बनाइएको तथा ग्राहकको सुविधालाई प्राथमिकता दिइएको बैंकले जनाएको छ।
एनएआईएमए अटो एक्स्पोमा सहभागी ग्राहकले एक्स्पो परिसरमा रहेको एनएमबी बैंकको स्टल नम्बर ०५ बाटै कर्जाका लागि आवेदन दिन सक्नेछन्। साथै, देशभर रहेका बैंकका शाखामार्फत पनि आवेदन दिन सकिनेछ।
बैंकले हरित तथा वातावरणमैत्री वित्तीय सेवामा जोड दिँदै आएको जनाएको छ। हाल एनएमबी बैंकका देशभर १९८ शाखा, १७६ एटीएम र ९ वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
कुलेखानीमा पानीको सतह बढ्न नदिन विद्युत् उत्पादन बढाइयाे
-
रोशी खोलाको बाढीले डाइभर्सन बगाएपछि बीपी राजमार्ग अवरुद्ध, सयौँ यात्रु अलपत्र
-
४० मेगावाटको राहुघाट जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडियो
-
सुन र चाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
उपत्यका जोड्ने प्रमुख राजमार्ग बन्द हुँदा सार्वजनिक सवारी काठमाडौंमै होल्ड
-
पृथ्वी राजमार्गकाे कृष्णभिरसहित सात ठाउँमा पहिरो, दुई स्थानमा सडक पूर्ण अवरुद्ध