वन तथा वातावरण मन्त्रालयको सुस्तता, वर्षभरिमा ३७ प्रतिवेदन मात्र स्वीकृत


काठमाडौं वन तथा वातावरण मन्त्रालयले वातावरणीय परीक्षण एवं मूल्यांकनका लागि दर्ता पश्चात् पत्राचार तथा प्रमाण संकलन गर्न २३८ दिन लगाएको महालेखापरीक्षकको ६१ औं प्रतिवेदनले औंल्याएको छ । हालै सार्वजनिक भएको उक्त प्रतिवेदनमा उक्त मन्त्रालयले गत वर्ष जम्मा ३७ वटा प्रतिवेदन मात्र स्वीकृत गरेको थियो । यति प्रतिवेदन स्वीकृत गर्न वन तथा वातावरण मन्त्रालयलाई एक हजार २४५ दिनसम्म लगाएको महालेखाले उल्लेख गरेको छ ।
‘दर्तापश्चात् पत्राचार तथा प्रमाण संकलन गर्न २३८ दिनसम्म लागेको एवं पेश भएपश्चात् सिफारिस गर्न ३०५ दिनसम्म र सिफारिसपश्चात् स्वीकृत गर्न २७८ दिनसम्म लागेको देखिन्छ,’ महालेखापरीक्षकको प्रतिवेदनमा छ । महालेखाले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन स्वीकृत नगरी ठेक्का व्यवस्थापन गर्ने एवं विविध कारणले स्वीकृतिमा समेत ढिलाई हुँदा परामर्श सेवा र निर्माण कार्यको समय र लागत बढ्ने गरेको उल्लेख गरेको छ ।
महालेखाले सरोकारवालासँग समन्वय गरी वातावरणीय प्रभाव मूल्यांकन स्वीकृतिमा देखिएका विद्यमान समस्या निराकरण गरी सुधार गर्न पनि मन्त्रालयलाई सुझाएको छ ।
वातावरण ऐन, २०७६ को दफा ३ मा वातावरणीय परीक्षण एवं मूल्यांकन गरी प्रतिवेदन स्वीकृतिका लागि सम्बन्धित निकायमा पेश गर्नुपर्ने व्यवस्था छ ।
वातावरण संरक्षण नियमावली, २०७७ को नियम ९ मा वातावरणीय प्रभाव मूल्याकन मन्त्रालयले २५ दिनभित्र स्वीकृत गर्नुपर्ने उल्लेख छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
प्राइम, प्रभु र कुमारी बैंकका सीइओहरुको सुनकोसी मरिन डाइभर्सनको ठेकेदारसँग साँठगाँठ, अदालतले आदेश दिंदा पनि सरकारको रकम फिर्ता गरेनन्
-
खानेपानी, जलस्रोत तथा सिँचाइका क्षेत्रमा वैज्ञानिक प्रणाली अपनाउनु अहिलेको आवश्यकता : मन्त्री यादव
-
साताको चौथो कारोबार दिन घट्यो सेयर बजार, कारोबार रकममा समेत कमी
-
बुधबार प्रतितोला १६ सय रुपैयाँले घट्यो सुनको भाउ
-
सरकारसँग अध्यक्ष ढकालको आग्रह : युरो–६ भन्दा कम सवारी एकपटक आयात गन अनुमति दिनुहोस्
-
बुधबार यी नदीमा बाढीको जोखिम, सतर्क रहन आग्रह