वन तथा वातावरण मन्त्रालयको सुस्तता, वर्षभरिमा ३७ प्रतिवेदन मात्र स्वीकृत
जलसरोकार
काठमाडौं वन तथा वातावरण मन्त्रालयले वातावरणीय परीक्षण एवं मूल्यांकनका लागि दर्ता पश्चात् पत्राचार तथा प्रमाण संकलन गर्न २३८ दिन लगाएको महालेखापरीक्षकको ६१ औं प्रतिवेदनले औंल्याएको छ । हालै सार्वजनिक भएको उक्त प्रतिवेदनमा उक्त मन्त्रालयले गत वर्ष जम्मा ३७ वटा प्रतिवेदन मात्र स्वीकृत गरेको थियो । यति प्रतिवेदन स्वीकृत गर्न वन तथा वातावरण मन्त्रालयलाई एक हजार २४५ दिनसम्म लगाएको महालेखाले उल्लेख गरेको छ ।
‘दर्तापश्चात् पत्राचार तथा प्रमाण संकलन गर्न २३८ दिनसम्म लागेको एवं पेश भएपश्चात् सिफारिस गर्न ३०५ दिनसम्म र सिफारिसपश्चात् स्वीकृत गर्न २७८ दिनसम्म लागेको देखिन्छ,’ महालेखापरीक्षकको प्रतिवेदनमा छ । महालेखाले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन स्वीकृत नगरी ठेक्का व्यवस्थापन गर्ने एवं विविध कारणले स्वीकृतिमा समेत ढिलाई हुँदा परामर्श सेवा र निर्माण कार्यको समय र लागत बढ्ने गरेको उल्लेख गरेको छ ।
महालेखाले सरोकारवालासँग समन्वय गरी वातावरणीय प्रभाव मूल्यांकन स्वीकृतिमा देखिएका विद्यमान समस्या निराकरण गरी सुधार गर्न पनि मन्त्रालयलाई सुझाएको छ ।
वातावरण ऐन, २०७६ को दफा ३ मा वातावरणीय परीक्षण एवं मूल्यांकन गरी प्रतिवेदन स्वीकृतिका लागि सम्बन्धित निकायमा पेश गर्नुपर्ने व्यवस्था छ ।
वातावरण संरक्षण नियमावली, २०७७ को नियम ९ मा वातावरणीय प्रभाव मूल्याकन मन्त्रालयले २५ दिनभित्र स्वीकृत गर्नुपर्ने उल्लेख छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्ज नाकाबाट विद्युतीय सवारी आयात १४४ प्रतिशतले बढ्यो, १० महिनामै चार अर्बभन्दा बढीको कारोबार
-
प्रतिनिधिसभामा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
सानिगाड हाइड्रोको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला
-
देशका विभिन्न भूभागमा मौसम बदली र केही स्थानमा वर्षाको सम्भावना
-
जीडीपीको अनुपातमा बजेट सानो, विद्युत् पूर्वाधार विस्तारका लागि कर आवश्यक : अर्थमन्त्री वाग्ले
-
विद्युत् प्रणाली अपग्रेड नगरी विद्युतीय युग सम्भव छैन : प्रधानमन्त्री शाह